कुश्मा १० पिपलटारीमा सार्वजनिक सुनुवाई सम्पन्न

कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा न १० वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाअध्यक्ष अमर सुनारले जनताका सवै खालका अपेक्षा पुरा गर्ने गरी कार्यपालिकाले काम गरीरहेको जानकारी दिए । जनताबाट आएका गुनासाहरु सम्बोधन गर्नु आफ्नो कर्तब्य रहेको उल्लेख गर्दै वडाका सवै विकास योजनाहरुमा पारदर्शीता हुनुपर्ने धारणा राखे ।

उपभोक्ता समितिहरु मार्फत र ठेक्का मार्फत सञ्चालन हुने स्थानीय, प्रदेश र संघका सवै योजनाहरुमा पारदर्शीता र दुरदर्शीता कायम गराउन आफूले निरन्त पहल गरीरहेको सुनारको भनाई छ । उनले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै आफूले नगरपालिकाबाट मात्र नभई संघ र प्रदेश सरकारसंग समेत समन्वय गरी पिपलटारीमा धेरै ठूला योजनाहरु भित्राउनका लागि पहल गरीरहेको उल्लेख गरे । वडा कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालीत योजनाहरुको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो ।

सार्वजनिक सुनु्वाई कार्यक्रमका सहभागीहरु वडा कार्यालयबाट प्राप्त हुने सेवा तथा सुविधाहरुको सन्तुष्टि, वडामा सञ्चालीत विकास योजनाहरुको अनुगमन तथा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका विषयमा प्रश्नहरु सोधेका थिए । सार्वजनिक सुनवाई कार्यक्रम वडा कार्यालयको प्राङगणमा सम्पन्न भएको थियो ।

You might also like More from author

Comments are closed.