अनेरास्ववियु बागलुङद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङले बाल दिवसको अवसर पारी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं – ४ ओडारचौर स्थित श्री देउराली प्राथमिक बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्रीहरु बितरण गरेको हो ।

आजका साना विद्यार्थी बालबालिका भोलिको देश निर्माणका सच्चा पहरेदार रहेको र उनिहरुलाई राम्रो शिक्षा प्राप्त भएमा वा पढ्ने भावना जागेमा देशले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न सकिने भएकाले बालबालिकामा त्यो खालको उत्साह र प्रेरणा मिलोस भन्ने उदेश्यले बाल दिबसको दिन अनेरास्ववियुले बिद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुलाई कापी र कलम बितरण गरेको अनेरास्ववियु बागलुङका सचिब शिव शर्माले बताउनु भयो । उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रममा अनेरास्ववियु बागलुङका अध्यक्ष शेखर खड्का , अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य जीवन शर्मा , अनेरास्ववियु बागलुङका सचिब शिव शर्मा , अनेरास्ववियु धवलागिरी क्याम्पसका विद्यार्थी नेता रोशन कुवर , अनिल शर्मा , प्रकाश कार्की लगायतका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

You might also like More from author

Comments are closed.