पर्वतकी चेली सरस्वति लामिछाने सासुकी प्यारी बुहारी (लौ हेर्नुस भिडियोमा )

पर्वत/ लोकप्रिय सञ्चारकर्मी तथा दोहोरी गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको स्वर रहेको तिज गीत ‘बतासे पानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।लामो समय देखि लोकिप्रय तीज गीत बजारमा ल्याउँदै आएका अखेली र लामिछानेले यस पटक गण्डकी धौलागिरी क्षेत्रमा लोकप्रिय भाकामा अर्को तिज गीत बतासे पानी बजारमा ल्याएका हुन ।
‘बतासे पानी’मा सर्जक शिव अखेलीको शब्द र गायक कृष्णको लय रहेको छ। गीतको एरेन्ज कृष्ण विक ‘भाञ्जा’ले गरेका छन्। गायक अखेलीको आधिकारिक युट्युव च्यानल कृष्ण अखेलीमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
यसअघि लामिछाने र अखेलीले ‘आउने जाने बसैको भाडा तिरम्ला’, ‘उपन्यास’ लगायतका गीत ल्याएका थिए।‘आउने जाने बसको भाडा तिरम्ला गीतले दुबै कलाकारलाई स्थापित गरिदिएको थियो । पर्बतकि चेली लामिछाने र अखेलिले पारिवारिक बिषयबस्तु लाई उठायका छन् बतासे पानीको म्युजिक भिडियो निर्देशन शंकर बिसीले गरेका छन् भने महेन्द्र गौतम र दिपाशा बिसीले अभिनय गरेका छन्। भिडियोको छायाँकन दुर्गा पौडल, सम्पादन नवीन घर्तीमगरले गरेका छन्।
गायक तथा सञ्चारकर्मी अखेली पर्वतको कुस्मामा सञ्चालित रेडियो कुुसुमका स्टेसन् म्यानेजर समेत हुन ।

https://youtu.be/otxxK4A068E 

You might also like More from author

Leave A Reply