अमलाचौरका युवाहरुले सुरु गरे बनमारा फडानी गरेर ,ब्यबसायिक टिमुर खेति

बागलुङ नगरपालिका १२ अमलाचौरमा स्थानिय युवाहरु मिलेर सामुहिक रुपमा ब्यबसायिक टिमुर खेति सुरु गरेका छन् गाउमा घरहरु खालि छन् सबै जना बसाइ सरेर बजार झरेका छन् खेतबारी सबै बनमाराले र पातिले ढकमक्क ढाकेको छ र पनि विदेश गयर विदेशको दुख भोगेर आयका स्थानिय युवाहरु हातमा कोदालो बोकेर बनमारा र पाती फाडेर जग्गा ब्यबस्थापन गरेर ब्यबसायिक टिमुर खेतीको लागि कम्मर कसेर लागेका छन् ।स्थानिय युबा राजु शाहीको नेतृत्वमा करिब ८० ओटा बिरुवा हरु रोपेर खेतीको को सुरुवात गरियको हो ।
नेपाल सरकारले कृषि लाइ बिसेष प्राथामिकता दियर अनुदानको ब्यबस्था गरे पछि स्थानिय युवाहरु खाडीमा बगाउने पशिना गाउघरमानै बगाउन तयार भयका हुन् , गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रि बिकाश लम्साल को सहयोगमा स्याङ्जा बाट उन्नत जातको बिरुवा मगायर खेतीको ब्यबसायिक रुपमा सुरुवात गरियको स्थानिय युबा कृष्ण अखेलिले बताउनु भयो ।स्थानिय युवाहरुको कृषि ब्यबसाय प्रतिको मोह देखेर आफु असाध्यै खुसि भयको बानपा १२ का वार्ड अध्यक्ष गुरुदत पाठकले बताउनु भयो ,साथै स्थानिय सरकार को तर्फ बाट सक्दो सहयोग गर्ने र सबै विदेशिने युवाहरुलाई गाउमै फर्कायर गाउमै रोजगारी अवसर सिर्जना गर्ने पाठकले बताउनु भयो ।समुन्द्री सतह बाट १००० देखि २५०० मिटर सम्मको उचाईमा फल्ने टिमुर उक्त ठाउमा राम्रै संग फल्न सक्ने बिज्ञहरुको भनाइ छ ,

You might also like More from author

Leave A Reply