समय र परिवेशका गित गाउने गायक बिष्णु खत्रीको बर्खाले चर्चा पाउदै

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

चर्चित गायक एबम जनताको पक्षमा गीत गाउदै आएका लोक गायक बिष्णु खत्रीको असारे गीत ‘बर्खा’ सार्वजनिक भएको छ । किसानी दाईको हलो र जुवा, बेशी खोला खेत जस्ता बर्खे गीतहरुबाट चर्चा कमाएका गायक खत्रीको पछिल्लो गति ‘बर्खा’ले पनि बजारमा माहोल तताएको छ । त्यसो त पछिल्लो समय असारे भाका भएका गीतहरु बजारमा कमै मात्रामा आउँछन् ।

उनले ल्याएको ‘बर्खा’ले असारको अवस्थालाई टपक्क टिपेको छ । गीतले नेपाली किसान दाजुभाइका पीडा र मर्म तथा भावनालाई समेट्ने कोशिस गरेको छ । गीतमा बिष्णु खत्री र जुना श्रीषको श्वर रहेको छ । स्वयं खत्रीकै लय तथा शब्द रहेको गीतमा उनी आफैले अभिनय गरेका छन् । उनलाई मोडेल अप्सना थापाले साथ दिएकी छिन्। गायक खत्री लामो समयदेखि लोक दोहोरीको क्षेत्रमा स्थापित कलाकार हुन् ।बर्खाले अहिले छोटो समयमा चर्चा बटुलेको छ

हेरौ भिडियो 

You might also like More from author

Leave A Reply

Your email address will not be published.