शंकरपोखरीमा घरघरमा आकाशे पानी संकलन गर्न घैंटा निर्माण

पर्वत / चैत्र बैषाखको महिना, दिनभर मेलापातमा गएर फर्के महिला रातपरेपछि राम्रो संग सुत्न पनि नपाउने अबस्था थियो । राती १ बजे नै उठेर कुवामा जाँदा पानी लिन जाने महिलाहरुको भीड जम्मा भैसक्यो । एक गाग्री पानी लिएर फर्कदा बिहान भैसक्थ्यो । पर्वतको फलेबास नगरपालिका वडा नं ३ शंकरपोखरी पुर्कोट गाउँमा अहिले महिलाका दुःख फेरिएका छन । हरेक परिवारका घरघरमा आकाशे पानी संकलन गर्न घैंटा निर्माण गरिएको छ । आकाशे पानी संकलन गरेपछि महिलाहरु रातभर ढुक्कले निदाउन थालेका छन । ‘पानी लिन जानुछ भनेपछि राती सुत्न पनि पाइएन’ स्थानिय आशा खत्री भन्नुहुन्छ ‘‘धेरै रात अनिदो बसेर एक गाग्री पानी ल्यायो, अहिले रातभर जाग्रम बस्नु परेको छैन।’ यो बस्तीमा पानी संकलनका लागि घैंटा बनेपछि सात बर्ष देखि महिलाका समस्या धेरै घटेका छन ।

डाडाँमा रहेको यो बस्ती मात्रै होइन साविक शंकरपोखरी गाँउ बिकास समिति वडा नम्वर १ , ५ र ९ का बासिन्दाका लागि पानी संकलनका घैंटा बनेका छन । अहिले गाँउका १ सय ३८ घर मध्ये १ सय ३२ वटा घरमा पानी संकलनका लागि घैटो बनेका छन । घरमा २ हजार लिटर क्षमताका दुई वटा पानीका घैंटा निर्माण भएका छन । कसैको घरमा एउटा घैंटो र दुई वटा घैंटा देखि धेरै घैटा छन । घैंटा बनेपछि गाईभैसीलाई खुवाउन, भाँडा धुन समस्या नभएको तारा खत्री बताउनुहुन्छ । ‘बर्षामा पानीको अभाब छैन भने हिउँदमा पनी जम्मा गरेर राख्दा धेरै समस्या टरेको छ’ उहाँले भन्नुभयो ‘ उहाँले भन्नुभयो ‘कुवामा पानी नपाएर फर्कुपरेको पुरानो दिन अब हटेका छन, कम्तीमा पानी आउन थालेको छ।’ गाउँबाट आधा घण्टा तल पर्ने कुवाबाट पानी ल्याउने गरेका थिए ।
गाँउमा खानेपानीको गतिलो स्रोत नहुँदा शंकरपोखरीका बासिन्दाले दिनमा डेढ घण्टा खानेपानी ल्याउन कै लागि छुट्याउनु पथ्र्यो । बर्खामा पानीको समस्या नभएपनि पुष देखि जेठसम्म शंकरपोखरी को १ र ५ नंबर वडाका बासिन्दाको अवस्था काकाकुलको थियो । गाउँमा पानीको दुःख छ भनेर बुहारी खोज्न पनि सात डाँडा पारी जानुपथ्र्यो’ स्थानियबासी भन्छ ‘अहिले घरमै छोरी दिन आउँछन’ गाउँमा पानीको समस्या छ भनेपछि घरको दलान माटोले पुर्दैनन रे भनेर वल्लो पल्लो गाउँका बासिन्दाले समेत जिस्काउँथे । खानेपानीको समेत समस्या भएको ठाउँमा माटो भिजाउने पानी नुहँदा घरमा आँटीमा माटो राख्दैनन भन्ने चलन थियो । त्यसमा पनि पानीको समस्याले रातमा सिठा बालेर उज्यालोको साहरामा पधेँरामा पुगेर पानी लिन जाने गरेको र पानीका लागि एक बिहान फाल्नु परेको अनुभब छ उनीहरुको । ‘पानी लिन जाँदा अध्याँरो हुन्थ्यो, घर फर्कदा एक जुवा घाम गइसकेका हुन्थे ’ स्थानिय सिता क्षेत्रीले भन्नुभयो ।
फलेबासका नगरप्रमुख पदमपाणी शर्मालाई भुरेटाकुरे राजाका पालामा खनिएको इनार संरक्षणको माग गदैै स्थानियबासीशंकरपोखरीमा खानेपानी आयोजना बनेको छ भने फेरी अर्को निर्माण चरणमा छ । घर नजिकको धारमा दिनमा एक पटक आधा घण्टा पानी आउँछ । १२ घरका लागि एउटा धारा भएकाले पिउने पानी पु¥याउन पनि मुस्किल छ । एक दुई बर्ष अघि सम्म बिहान बेलुका पानी आएपनि अहिले एक पटक मात्रै आउँछ । घैंटा र धारोले उनीहरुको पँधेरो कुर्ने समस्या हटेको स्थानिय अगुवा शेरबहादुर खत्री बताउनुहुन्छ ।

‘पधेँरामा रातभर जाग्राम बस्ने दिन सकिए तर अहिले पनि पानीको सबै समस्या सकिएको छैन’ उहाँले भन्नुभयो ‘गाउँमा पानीको दिर्घकालिन समस्या अन्त्यका लागि पहल गर्न जरुरी छ’ भुरेटाकुरे राजाको पालामा खनिएको इनार रहेको छ गाउँको सिरानमा । त्यसलाई मर्मत गर्न सकेमा लिप्mटिङ्ग गरेर माथि लैजाँदा थप स्रोत जुटाउन सकिन्छ । गाउँमा असिनाले यस बर्ष मकैबाली सोत्तर बनाएपछि स्थलगत अनुगमनका क्रममा पुग्नुभएका फलेबासका मेयर पदमपाणी शर्मा संग इनार संरक्षणका लागि आग्रह गर्नुभएको थियो । मेयर शर्माले इनारको मर्मतका लागि आवश्यक बजेट ब्यबस्था गर्ने र मर्मतको काम थाल्न आग्रह गर्नुभएको थियो ।

नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ।

You might also like More from author

Leave A Reply