रायडाँडामा सहकारीमार्फत कृषकलाई समुहमा आवद्ध गराएर कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण सुरु

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

बागलुङ,  कृषि र पशुजन्य उत्पादनको बजारीकरणका लागि यहाँको एक वडा कार्यालयले सामूहिक प्रयास थालेको छ । बागलुङ नगरपालिका–११ रायडाँडाले सहकारीमार्फत कृषकलाई समुहमा आवद्ध गराएर कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण थालेको हो । रायडाँडाका किसानले उत्पादन गर्ने तरकारी बिक्रीका लागि घण्टौं समय खर्चेर बागलुङ बजार आउनुपर्ने बाध्यता छ । नजिक बजारको सुबिधा नभएका कारण यहाँका किसानको उत्पादन हुने मुख्य बजारनै सदरमुकाम हो । सानो परिणाममा कृषिजन्य उत्पादन बजारसम्म पु¥याउँदा किसानहरु मर्कामा पर्ने भएकाले सहकारीमार्फत संकलन केन्द्र बनाएर उनीहरुको उत्पादनको बजारीकरण थालिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

जैविक साना किसान कृषि सहकारी संस्था स्थापना गरेर किसान सँगको सहकार्य थालिएको हो । बिषादी प्रयोग नगरी जैविक उत्पादनमा प्रोत्साहन गर्ने र किसानको उत्पादनलाई बजारमा पु¥याउने जिम्मेबारी अहिले सहकारीले लिएको छ । वडाका प्रत्येक घरबाट एक जना शेयर सदस्य रहने गरीसहकारीले काम थालेको केही महिना भएको छ । रायडाँडाका टोल–टोलमा संकलन केन्द्र स्थापना गर्ने र त्यहाँको उत्पादनलाई बागलुङ बजारमा बिक्री वितरणका लागि बागलुङ बजारमा बिक्री केन्द्र स्थापना गरी सकिएको सहकारीका प्रबन्धक राजेन्द्र थापाले बताए । रायडाँडामा उत्पादन हुने रायोको सागदेखि टमाटर र खसीबोका तथा कुखुरा अब किसानले सहकारीमार्फत बिक्री गर्न पाउने छन् ।

‘बजारमा पाउने मुल्य घर–घरमै पु¥याउने प्रयास थालेका छौं’ थापाले भने ‘थोरै उत्पादनको ढुवानीमा समस्या खेप्ने किसानले अब सुबिधा पाउँछन् ।’ सहकारीले सबैखाले जैविक उत्पादन किसान सँगबाट लिने र बजारको खोजी आँफै गर्ने जनाएको छ । ‘हामीले किसानलाई हौसला दिने र उत्पादन बढाउनका लागि सहकार्यको वातावरण बनाएका हौं’ वडा अध्यक्ष ज्ञानेन्द्र गोतमले भने ‘जैविक उत्पादन रायडाँडाको पहिचान बनाउने अभियानमा छौं ।’ खाद्यान्न बाली कम उत्पादन हुने रायडाँडामा तरकारी बाली राम्रो उत्पादन हुने गरेको छ । भिरालो जमिन धेरै रहेको वडामा बाख्रा र कुखुरा पालनको समेत प्रसस्त सम्भावना रहेको गौतमले बताए ।
‘गत बर्ष ६० हजारको गोलभेँडा फलाएर बेचेँ’ स्थानीय किसान लक्ष्मी केसीले भनिन् ‘कुखुरा र बाख्रा पालेकी छु, राम्रै आम्दानी हुन्छ ।’ लक्ष्मी जस्तै थोरै जमिनमा तरकारी, केही कुखुरा र बाख्रा पाल्नेहरुको संख्या रायडाँडामा धेरै छ । आँफुले जस्तै धेरथोर उत्पादन गर्नेहरुका लागि सहकारीले थालेको प्रयासले सजिलो हुने केसीले बताईन् । ‘डोकामा गोलभेँडा बोकेर बजार जान नपरे बचेको समय काममा लगाउँथ्यौं’ उनले भनिन् ‘अहिले सहकारीले लिने भएपछि त खुवै सजिलो भएको छ ।’ सामान्य घर खर्च चलाउन तरकारी र खसीबाख्रा तथा कुखुराको भर पर्ने किसानहरु हौसिएका छन् । झण्डै २६ सय जनसंख्या रहेको वडामा अधिकांश घरमा घरायासी प्रयोजनबाहेक बिक्रीका लागि तरकारी, माहुरी, खसीबोका, कुखुरा, घिउ, दुध लगायतका उत्पादन हुने गरेका छन् ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.