म्याग्दीका प्रवासी हाँस्यव्यङ्ग साहित्यकार नवराज कार्कीको एकल साँझ कुस्मामा सम्पन्न।

निर्मल पौडेल २० जेष्ठ २०७६ रेडियो कुशुम कुस्मा पर्वत
म्याग्दीका हाँस्यव्यङ्यात्मक प्रवासी साहित्यकार नवराज कार्कीको एकल साहित्यिक साँझ शनिवार कुस्मामा सम्पन्न भएको छ । म्याग्दीमा जन्मेर अमेरीकामा रही साहित्यमा निरन्तर लागिपरिरहेका साहित्यकार कार्कीको एकल साहित्यिक साँझ कुस्माको नमुना आवासिय माविमा सम्पन्न भएको हो।म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ शिखा घारमा जन्मेका कार्की हाँस्यव्यङ्गात्मक साहित्यमा प्रवल मानिन्छन् । कार्कीले आफ्नो एकल साँझमा धाराप्रवाह रुपमा आफ्ना लामा तथा छोटा कविता गरी करिव डेढ दर्जन कविताहरु वाचन गरेका हुन् ।

61768995_439215390211233_5058993303094034432_n

निवर्तमान अध्यक्ष इन्द्रकुमार खत्रीले स्रष्टा परिचय दिएर शुरुवात गरिएको कार्यक्रममा साहित्यकारहरु कार्कीका मार्मिक व्यङ्गात्मक कवितामा रमाएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठले आफ्ना मौलिक सिर्जनाहरु ,मुक्तककार डि. आर. शर्माले मुक्तक प्रस्तुत गरेका थिए भने युवा गजलकार निर्मल पौडेल एन पि घायलले गजल प्रस्तुत गरेका थिए ।
साहित्यिक साँझमा विशिष्ट व्याक्तित्वहरु पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष एवं संरक्षक इन्द्रकुमार विकल्प ,पर्वत साहित्य संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्री, वर्तमान उपाध्यक्ष डि.आर शर्मा,सचिव ख्यामराज शर्मा चापागाईँ, याम ढुङ्गाना केसी आजिवन सदस्य दिपसागर पौडेल लगायत साहित्यप्रेमी साहित्य अनुरागी व्याक्तित्वहरु तथा विधालयका विधार्थी शिक्षहरुको वाक्लो उपस्थिती रहेको थियो ।
पर्वत साहित्य संगमको आयोजना तथा नमुना आवसिय माविको व्यवस्थापनमा कार्कीको एकल साँझ भव्यताका साथ सम्पन्न भएको हो ।

You might also like More from author

Leave A Reply