महाशिला गाँउपालिकाको वजेट निति तथा कार्यक्रमको पूर्ण पाठ

आर्थिक वर्ष २०७६÷०७७ को
वजेट निति तथा कार्यक्रम
महाशिला गाँउपालिका
गाउँ कार्यपालिकाको कार्यालय
वालाकोट, पर्वत
४ नम्बर प्रदेश, नेपाल
२०७६असार १०

महाशिला गाउँपालिका गाउँ सभामा प्रस्तुत ०७६÷७७ को वजेट निति तथा कार्यक्रम वक्तव्य
महाशिला गाँउपालिकाका उपाध्यक्ष ज्यू, वडाअध्यक्ष ज्यू, कार्यपालिकाका सदस्य ज्यू, सभासद ज्यू,
प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी मित्रहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार मित्रहरु
सम्पूर्णमा हार्दिक अभिवादन ।।
उपस्थित सम्पूर्ण महानुभावहरुमा महाशिला गाउँपालिकाका तर्फवाट हार्दिक स्वागत गर्दछु ।
आज हामी स्थानिय सरकारको रुपमा निति कार्यक्रम र वजेट निर्माणको तेश्रो वर्षमा प्रवेश गरेका
छौ । साच्चै स्थानिय सरकारको अभ्यासको रुपमा हामी स्वयं आफैलाई समेत परिमार्जन गर्दै आई
रहेका छौ ।
यो अवसर जुटाउनकालागि नेपाली आमाका थुप्रै सपुतहरुले वलिदानी पूर्ण संधर्ष र साहदत प्राप्त
शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै घाईते र अपाङ्गता भएका व्याक्तिहरु प्रति
सम्मान व्यक्त गर्दछु ।
विभिन्न काल खण्डका भएका आन्दोलन र मुलत २००७ को परिवर्तन पछी जनताले आफ्ना
प्रतिनिधीहरुवाट वनाएको विधानवाट शासन गर्ने चाहना दोश्रो संविधानसभाको निर्वाचनवाट
संविधान निर्माणले पुरा गरेको छ ।
हाल मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको चरणमा प्रवेश गरेको छ । अझै केन्द्रीकृत
मानशिकता र शासन व्यावस्थाको ढाँचा परिवर्तन भएपनि सोच परिवर्तन नहुनुले संघियताको
मुलमर्म अनुरुप श्रोत साधन र कर्मचारी समेतको व्यावस्थापन र खटन पटनमा समस्या रहेकोछ ।
अहिले पनि केन्द्रमुखी कर्मचारीतन्त्र सोच र केन्द्र सरकारले संधियताको मर्म वमोजिम सम्पादन गर्ने
कामको ढिलाईले संधिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नमा कमी रहने हो की भन्ने चिन्ता
वढेको छ । दिगोविकास, मानव अधिकार,संस्थागत शुसासन, पारदर्शीता, जवाफदेहीता र कानुनी
राज्य विना सुखी नेपाली, समृद्ध नेपालको कल्पना पनि गर्न सकिदैन । ३ वटा सरकारले गर्ने कामको
देखीने आधार जग भनेको स्थानिय सरकार हो ।
अहिले पनि पूर्वाधार विकासका नाममा निर्वाचित केन्द्र र प्रदेशका सभासदहरुले व्याक्तिगतरुपमा
वजेट वाँड्ने कुराले संधियताको मर्मलाई पुरा गर्न सक्दैन । यो कार्य शोभनिय हुदैन भन्ने कुरा यस
सभा मार्फत केन्द्र र प्रदेश सरकार साथै संसदको ध्यानार्षण गराउन चाहन्छु । सिंहदरवारको
अधिकार गाउँमा आएको हल्ला भएको छ तर मानसिकता केन्द्रिकृत छ । केन्द्र सरकारले समयमा
ऐन, नियम नवनाउनु र पर्याप्त आर्थिक, भौतिक, कर्मचारी व्यावस्थापन, आवश्यक कार्यालय
व्यावस्थापन र श्रोत साधनको व्यावस्थापन नहुनुले काममा समस्या सृजना भएको छ । जनताका
दैनिक दिने सेवाहरु प्रभावित भएका छन्। समयमा सेवा दिन कठिन परेको छ ।
आज विधायकी अधिकार, कार्यपालिका र न्यायपालिकाको अधिकारको प्रयोग गर्ने अधिकार स्थानिय
सरकारमा हुनुले जनताले पाउने सेवा सुविधा सुगमता सृजना भएको छ । तर यो सेवा सुविधा
प्रयाप्त छैन ।
आदरणीय यहाँ उपस्थित् सभासद ज्यूहरु, आज यो अवस्थामा आउनकालागि पनि हामीले एक
दशक लामो राजनैतिक संक्रमणवाट द्धन्दको रुपान्तरण र २०७२ को संविधान घोषणाले आज नयाँ
युगको थालनी भएको छ । संधियताको आफ्नै मौलिक अभ्यासको शुरुवात हामीले गरेका छौ ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी र कमीकमजोरी सच्चाउदै अगाडी वढ्ने प्रण
सवैवाट हुन जरुरी रहेको छ ।
जस अनुरुप यस गाँउ सभाले विगतमा वर्ष देखी नै “महाशिलाको परिकल्पना, दिगो आर्थिक
विकास, जन जनको समृद्धी, हाम्रो चाहना” भन्ने नारालाई सफलिभूत पार्न यस गाँउपालिकाको
समग्र विकासको लागि आ.व.२०७६÷०७७ को वार्षिक नीति, कार्यक्रम सहितको बजेट यस
सम्मानित सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवान्वित छु ।
यस अवसरमा सभासद ज्यूहरु, लगायत गाउँपालिकालाई विभिन्न कार्यमा साथ र सहयोग गर्नु हुने
सम्पूर्ण महाशिला गाँउपालिकाका आदरणीय आम, वुवा,दिदी–बहिनी तथा दाज्यु–भाइहरु, निर्वाचित
सम्पूर्ण जनप्रतिनिधि एवं क्रियाशिल राजनैतिक दलहरु तथा सामजिक विकास अभियन्ताहरु,
( घ (
राष्ट्रसेवक कर्मचारी मित्रहरु र विभिन्न कार्यालय, संघ, संस्था लगायत सम्पूर्ण प्रति स्वागत एवं
हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
उपस्थित आदरणीय सभासद ज्यू हरु, यस महाशिला गाँउपालिकाका विद्यमान्भौगोलिक क्षेत्र एवं
जाती, सम्प्रादय मौलिक कला संस्कृति, भाषा, भेषभुषा, इतिहास, कला, सँस्कृति, प्राकृतिक स्रोत
साधनको सर्वेक्षण, संरक्षण र व्यावसायिक उत्पादन जस्ता विषयलाई ध्यान दिन आवश्यक रहेकोछ ।
यसै सन्दर्भमा महाशिला गाउँपालिकाबासीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनकालागी
हामी प्रयत्नशिल छौ । यो गाउँसभामा प्रस्तुत आय व्यय अनुमान, बजेट, नीति तथा कार्यक्रमले यस
क्षेत्रको विकासकालागि सकारात्मक र महत्वपूर्ण योगदान गर्नेछ भन्ने कुरामा मैले पूर्ण विश्वास
लिएको छु ।
भौगोलिक रुपमा अधिकांश पहाडी अफ्ठ्यारो भूभागहरु दुर्गम तथा पिछडिएको क्षेत्र रहेको,
आन्तरिक श्रोतको न्यूनता कारण जस्ता कठिन अवस्थाका वावजुत पनि यस गाउँपालिकामा भौतिक
पूर्वाधार वाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, वन, कृषि तथा पशुपालन, पर्यटन क्षेत्र, खेलकुद र संचार
लगायतका आदि क्षेत्रमा लगानीकालागि जोड दिन पर्ने छ ।
यस महाशिला गाउँपालिकाले गौरव गर्ने विषयहरु प्नि रहेका छन्। हामीले थालेका अभियान विशेष
कार्यक्रमहरु आज राष्ट्रिय कार्यक्रम वनेका छन् । हामीले यसमा गौरव नै गर्नु पर्दछ । यस
गाउँपालिकामा विद्यमान्आर्थिक विकासका क्षेत्रमा जोड दिई महाशिला विकास स्वयंसेवक कार्यक्रम
विगत वर्ष देखी संचालनमा ल्याएकोमा आज संघ सरकारले पनि यस वर्ष प्रधानमंत्री रोजगार
कार्यक्रमको रुपमा वजेट कार्यक्रम आएको छ । यसै गरी विद्यालय दिवा खाजा कार्यक्रम हामीले
महाशिलामा विगत देखी नै शुरु गरेका थियौ, यस वर्ष देखी संघ सरकारले पनि निति कार्यक्रममा
त्यो कार्यक्रम राखेको छ । हामीले शुरु देखी नै एक घर एक घाराको अवधारणा काम गरेको थियौ ।
आज गण्डकी प्रदेश सरकारले निति कार्यक्रममा ल्याएको छ ।
हामी २ वर्षमा फलामेपोल युक्त गाउँपालिका वनाउने घोषणा गरेका थियौ, हामी सफल भएका छौ।
एकघर एक घाराको काममा सवै वार्डमा कार्यक्रम ग्राभिटी र लिफ्ट गरी कार्यक्रमहरु संचालन
भएका छन्र यो वर्ष सवभन्दा गाह्रो र पिछडिएको भूगोल भएको फलामखानी वार्ड नं. ६ का सवै
घरमा एकघर एक घारा सम्पन्न भएको छ । म सवै सहयोगी निकाय प्रदेश, केन्द्र सरकार र
पश्चिमाञ्चल ग्रामिण खानेपानी आयोजनालाई सम्वद्ध कर्मचारी मित्रहरुलाई धन्यवाट दिन चाहन्छु ।
स्वास्थ्य सेवा विस्तार सवै ६ वटै स्वास्थ्य संस्थाहरुवाट चौविसै घण्टा आकास्मिक गर्भवति सुत्केरी
सेवा एवम् पूर्ण खोपको सुनिश्चिताकालागि कार्यक्रमलाई निरन्तरता दिईनेछ । चालु आवमा सवै
वार्डहरुमा ३ कोठे वर्थिङ्ग सेन्टर भवन निर्माण गरीनेछ । घरमा सुत्केरी गराउने अवस्थाको अन्त्य
गरी पूर्णरुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने गाँउपालिका घोषणा आगामी वर्षमा गरिने छ ।
वालवालिकाको जन्मदर्तालाई स्वास्थ्य संस्थाको जन्मपूर्जाका आधारमा र गर्भवती सुत्केरी जाँचको
कार्डका आधारमा वार्ड कार्यालयमा कागज पेश गर्नु पर्ने अनिवार्य प्रावधानको व्यावस्था लागु गरिने
छ ।
गुणास्तरिय शिक्षाकालागि सवै विद्यालयमा एक शिक्षक एक ल्यापटप साथै विद्यालयमा कक्षा
कोठामा प्रोजेक्टर व्यावस्थाकालागि जोड दिईनेछ । यस वर्ष पनि प्रस्ताव आवहन गरी क्रमशः
मावि, आधारभूत र प्रावि तह सम्म यो कार्यक्रमले निरन्तरता पाउँने छ । सवै कोठामा प्रोजेक्टर
भएका विद्यलयमा यस वर्ष देखी विद्युत व्यावस्थापनकालागि सोलार सहितको वैकल्पिक व्यावस्था
गरिने छ ।
यस वर्ष वार्ड नं. ५ लाई वालमैत्री वार्ड घोषणा गर्ने र सवै वार्ड घोषणाको कार्यक्रम अगाडी
वढाईने छ । यसकालागि स्थानिय गैससहरुलाई परिचालन गरिने छ ।
वाल मैत्रि, अपाङ्ग मैत्रि शिक्षा र विद्यालय पूर्वाधार विकास अभियान साथै महिला, दलित जनजाती
साथै सामाजिक समावेशीकरण र आय आर्जनका कार्यक्रम र व्यावसायिकतामा जोड दिईनेछ ।
मानव स्वास्थ्य, सामाजिक विकृति, महिला हिंसाका घटनालाई मध्य नजर गर्दै लागुपदार्थ,
दुरव्यावसनी, जाँड, रक्सी, जुवा तासलाई नियन्त्रण र निषेधको अभियानमा गाउँपालिका रहेको छ ।
यो अभियानले निरन्तरता पाउने छ । यसको अगुवाई गरेकोमा महाशिला वार्ड नं. ३ लाई जाँड,
( द्ध (
रक्सी मुक्त अभियानको घोषणा गरेको घन्यवाद दिन चाहन्छु । थप उत्प्रेरणाकालागि घोषण गर्ने
वार्डहरुलाई पुरस्कृत गर्ने व्यावस्था भएको जानकारी गराउँदछु । यो अभियान सवै वार्डमा लागु
भएको हुँदा सवै आदरणिय महानुभावहरुले स्वयं लागुपदार्थ, दुरव्यावसनी, जाँड, रक्सी, जुवा
तासलाई नियन्त्रण र निषेधको टोल वस्ति घोषणा अभियान गर्नकालागि आवहन गर्दछु ।
यसकालागि वार्डस्तरमा टोल वस्तिलाई पनि पुरस्कृत गर्ने प्रवन्ध गरेको छु । यस अभियानमा मा
स्थानिय गैसस आमा समुह, महिला समुह, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा
संयन्त्र समेतको परिचालन गरिने छ ।
पूर्ण सरसफाइयुक्त वार्ड अभियान यस वर्ष ३ वार्डमा सम्पन्न हुनेछ र अगामी वर्ष सवै वार्डमा
संचालन गरिने छ ।
खानेपानी तथा पूर्ण सरसफाई, भान्साको धुँवारहित वार्ड तथा पालिका, प्लाष्टिक फोहोर मुक्त
पालिका वनाउनकालागि स्थानिय गैसस र निजि क्षेत्रसंग साझेदारीमा काम गरिने छ । महाशिला
विकास स्वयंसेवक समेत परिचालन गरिने छ ।
यो वर्ष देखी उद्योग ग्राम स्थापनाकालागि वार्ड नं. ३, वार्ड नं. ५ र वार्ड नं. २ को सिमानामा पर्ने
भल्पु सम्मेनी क्षेत्रमा काम अगाडी वढाईने छ ।
वहुउद्धेशिय सभा हल वार्ड नं.५ मा निर्माण गर्ने गरी काम अगाडी वढाईएको छ ।
विगत वर्ष देखी महाशिला चक्रपथको ट्याक ओपन भएकोमा यसको विस्तारको काममा जोड दिईने
छ । महाशिलाको विगतमा ७ मिटरका वाटा वनाउने अभियानलाई निरन्तरता दिईनेछ ।
महाशिलाका सवै वाटाहरु अनिवार्य मर्मतमा श्रमको सम्मान र रोजगारी सृजनाकालागि महाशिला
विकास स्वयंसेवक र प्रधानमंत्री रोजगार कार्यक्रम अन्तरगतका आवेदकहरुलाई नै परिचालन गरिने
छ ।
महाशिला विकास स्वयंसेवक कार्यक्रम, तालिम, र यसका स्वयंसेवकलाई थप सेवा दिन सहकारीको
गठनको काम अगाडी वढाईने छ । यसको नितिगत व्यावस्था अनुसार नै काम गरिनेछ ।
आवश्यकता अनुरुप सरकारी, गैसस तथा निजि क्षेत्रलाई पनि कार्यक्रम र सहकार्यकालागि जोड
दिईने छ ।
गाउँपालिकाका काम र सेवा प्रवाहलाई साथै घटना दर्ताका कामलाई सहज वनाउन कार्यालय
व्यावस्थापन साथै ईन्टरनेट र विद्युत आपूर्तिलाई नियमित गर्न सोलार सहितको व्यावस्थापन गरिने
छ ।
महाशिलाको शिला क्षेत्रको विकास र घार्मिक पर्यटनकालागि केन्द्र, प्रदेश र स्थानिय सरकार, अन्य
सहयोगी दाता र निजि क्षेत्र समेत परिचालनमा जोड दिईने छ ।
वार्ड स्तरमा एक वार्ड एक उत्पादनमा आधारित भई व्यावसायिक कृषि तथा पशुपालनकालागि वा
अन्य उद्यम गर्ने वार्डले योजना वनाई माग भएमा पूर्ण वा आंशिक रोजगारी सृजना गर्ने भएमा
गाउँपालिकाले अनुदानको व्यावस्था वजेटमा गर्ने व्यावस्था गरिने छ ।
यसै गरी एक घर एक व्यावसाय वा उद्यम संचालन र स्वरोजगार हुनकालागि स्थानिय वित्तिय
संस्था, सहकारी र वैकहरुसंग समन्वय गरी ऋणकालागि सहजीकरण रु ३ लाख सम्मको ऋणको
आधा व्याज अनुदान दिईने र व्यावसाय विमाको आधा रकम अनुदानको रुपमा दिईनेछ ।
जसकालागि व्यावसाय संचालन र कामको अनुगमनका आधारमा यो सहुलियत प्रदान गरिनेछ ।
जसमा व्याज दर १२ प्रतिशत भन्दा माथि हुनु हुने छैन । जसकालागि कार्यविधि वनाई अनुदान
दिईने छ ।
एकिकृत नमुना वस्ति विकासकालागि वार्ड स्तरवाट माग भई आएमा सोको पूर्वाधारकालागि
वजेटको प्रवन्ध गरिने छ । जसकालागि वजार विकास र घडेरी व्यावस्थापनको पूर्वाधारमा सहयोग
गरिने छ ।
सामुदायिक वनमा जडिवुटी साथै गैरकाष्ठ वन पैदावारको खेती गर्नकालागि र उद्यम
स्थापनकालागि जग्गा लिजमा उपलव्पालिकालेध गराई दिन स्थानिय सरकारको तर्फवाट निजि
क्षेत्रलाई सहयोग र आवहन गर्ने निति लिएको छ ।
( छ (
स्थानिय समुदायको निजि र विभिन्न संघ संस्थाको नाममा रहेको वाँझो तथा उपयोग नभएको
जमिन लिजमा लिई लगानी गर्न चाहने सहकारी, कम्पनी र निजि क्षेत्रलाई दिने र सो को लागी
गाँउपालिकाले आवश्यक पूर्वाधार वाटो, पानी र वत्ति जस्ता आवश्यकता वमोजिम लगानी गर्ने छ ।
धार्मिक पर्यटन, साहसिक खेल, पर्या पर्यटनकालागि निजि क्षेत्र सहितको साझेदारी गर्ने जस्ता
अभियानमा गाउँपालिकाको श्रोत साधनहरुको परिचालनमा जोड दिईने छ । हामीले यस
गाउँपालिकाको अपेक्षित उपलव्धि हासिल केन्द्र तथा प्रदेश सरकार साथै विभिन्न दातृ
निकायहरुसंग साझेदारीमा जोड दिईने छ ।
हाल पनि यस गाउँपालिकाको आन्तरिक आयका विभिन्न स्रोतहरुको पहिचान, उपयोग, तथा
समूचित व्यवस्थापनकालागि जोड दिन जरुरी रहेको छ । जनता विचमा हामी सुखी विकासको
दायित्व स्थानिय सरकारको हो भने खुसी विकासकालागि समुदायका आम जनताको स्वयं वनाउनु
पर्दछ भन्दै सुखी र खुसी विकास नभई दिगो विकासको परिकल्पना गर्न सकिदैन ।
उपस्थित आदरणीय सभासद ज्यू, यस गाउँपालिकाको समग्र पक्षमा ध्यान दिदै आगामीु
आ.व.२०७६÷०७७ को गाउँपालिकाको आय व्यय अनुमान, बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्दा
लिइएका आधारहरु देहाय बमोजिम रहेको व्यहोरा म यस सम्मानित सभा समक्ष अनुरोध गर्न
चाहन्छु ।
ड्ड नेपालको संविधान २०७२ ले परिलक्षित गरेका निर्देशक सिद्धान्त तथा नीतिहरु,
ड्ड स्थानिय सरकार संचालन ऐन र हाल नेपाल सरकार र गण्डकी प्रदेश सरकारले जारी
गरेका निति नियम, ऐन कानुन साथै हाल यस सभामा प्रस्तुत गरि पास गरिने विभिन्न
कानुन तथा नियम तथा नितिहरु
ड्ड कार्यक्रम तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन,
ड्ड योजनाको आधारपत्रमा उल्लिखित व्यवस्थाहरु
ड्ड नेपाल सरकार, प्रदेश सरकार र विभिन्न मन्त्रालय मार्गदर्शन तथा निर्देशन र सुझावहरु,
ड्ड विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सन्धी संझौता र प्रतिवद्धताहरु
ड्ड वस्तिगत, वार्ड स्तर, विषयगत समिति, योजना तर्जुमा समिति हुँदै सहभागितामूलक योजना
तर्जुमा प्रक्रियाद्धारा प्राथमिकीकरण सहित प्राप्त भएका आयोजना, कार्यक्रम तथा स्थलगत
रुपमा अनुगमनमा जनतावाट आएका सुझावहरु,
आदरणीय सभासद ज्यूहरु, आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन पश्चात
देहायका उद्देश्यहरु हासिल हुने अपेक्षा गरिएको छ ।
ड्ड जेष्ठ नागरिक, महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति लाभवाट वंचित
समुदायहरुको स्रोत र साधनमा पहूँच तथा युवाहरुको सार्थक सहभागिता सुनिश्चत गर्ने
कार्यक्रमहरुमा जोड दिइनेछ ।
ड्ड आन्तरिक आय वृद्धि एवं राजश्व परिचालनमा आम नागरिक र निजी क्षेत्रसँगको सहकार्य
अभिबृद्धि गर्न र स्वच्छिक कर तिर्ने वातावरण तयार गरी घर कर र मालपोत कर
कार्यान्वयन गरिने छ । सो रकम जनताको प्रत्यक्ष विकासमा लगाईने छ ।
ड्ड सामाजिक परिचालनद्धारा स्थानिय तहमा वार्ड मातहतमा विभिन्न कलष्टरमा टोल विकास
संस्था गठन, महिला समुह, क्लव तथा संघ संस्थाहरुसंग सहकार्य गरी सामाजिक
परिचालनलाई संस्थागत रुपमा अगाडि वढाई नागरिकका कर्तव्य र अधिकारवारे बोध गराई
कर्तव्य पालना र अधिकारमा दावी गर्न सक्ने आवस्यक क्षमताको विकास गरिनेछ । साथै
वाल मैत्रि, पूर्ण सर सफाई युक्त गाउँपालिका, सामााजिक विकृति जाँड, रक्सी, जुवा, तास
विभिन्न दुव्यसनी, अपराध र महिला वालवालिका हिंसाको विरुद्धको अभियानमा सहकार्य
गरिने छ । जनसहभागीतामा आधारित योजनालाई उच्च प्राथमिकता दिईने छ ।
( ट (
ड्ड कृषि तथा गैर–कृषि क्षेत्र, उद्यम विकासको क्षेत्रमा जोड दिई, स्थानिय उत्पादनमा जोड दिई
आत्मनिर्भरता तर्फ उन्मुख गरी व्यवसायीकरणको माध्यमद्धारा हाल भइरहेको निकासीमा
कटौती गरी कृषि र पशुपालनवाट गाउँपालिकालाई आत्म निर्भर वनाउन जोड दिईने छ ।
जसकालागि अनुदानको व्यावस्था साथै केन्द्र तथा प्रदेश सरकारसंग सहकार्य गरिने छ ।
ड्ड विभिन्न विषयगत क्षेत्रमा कार्यक्रम संचालन गर्दा संस्थागत विकास साथै सुशासन र
पारदर्शीता भ्रष्टचारमुक्त समाज निर्माणमा जोड दिईने छ । सवै दल तथा सामाजिक
अगुवाहरुसंग सहकार्यमा कार्यक्रम संचालन गरिने छ ।
उल्लिखित उद्देश्यहरु प्राप्त गर्नका लागि बजेटमा निम्न प्राथमिकताका क्षेत्रहरु निर्धारण गरिएको
छ ।
ड्ड आर्थिक विकास
ड्ड सामाजिक विकास
ड्ड पूर्वाधार विकास
ड्ड वातावरण तथा विपद व्यावस्थापन
ड्ड संस्थागत विकास, सेवा प्रवाह र सुशासन
आ.व. २०७६।०७७ का लागि नीति तथा कार्यक्रमहरु यस प्रकार रहेका छन ।

विषयगत नितिहरु
विषयगत नितिहरु
क). आर्थिक विकास समिति

१. कृषि विकास सम्वन्धी आवधिक तथा दीर्घकालिन योजना निर्माण गरि कृषि जन्य तथा पशुजन्य
उत्पादन वढी हुने क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरि सुविधा र अनुदानको रकम उपलव्ध गराउने
नीति लिइने छ । निजि क्षेत्र र स्थानिय समुदाय र अन्य लगानीकर्ता स्वदेशी तथा विदेशीहरुलाई
समेत लगानीकालागि आवहन र वातावरण तयार गरिने छ ।
२. महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिदै एक घर एक रोजगारको नीति
अवलम्वन गरि सवैलाई व्यावसायिक वनाई, लघुउद्यम व्यवसायलाई प्रोत्सहान गरिनेछ ।
३. लिमि, पाराकोटे जातका भैँसी र पाडापाडीहरुको संरक्षण गर्न आवश्यक कार्यक्रम सञ्चालन
गरिनेछ । होश्राङ्गदी र फलामखानीमा विशेष र अन्य सवै वार्डमा गरि भैसी सुत्केरी खर्च र पाडा
पाडी संरक्षण वापत रु.५०० सवै भैसी वापत पशु कार्यालयका प्राविधिकको समन्वयमा वार्ड
कार्यालय मार्फत सुत्केरी खर्च दिने र यदी कसैले पाडा पाडी नपाली काट्न दिने र खाने दुवैलाई
जनही रु. १००० जरीवाना लिईने छ ।
४. महाशिलाका सवै पर्यटकिय क्षेत्रको गुरुयोजना वनाउने काममा तदारुकताका साथ काम गरिने
छ ।
५. कृषिवाली तथा पशु विमा अभियान सञ्चालन गर्ने नीति लिइनेछ । जसमा कृषकलाई लाग्ने
प्रिमियम ५० प्रतिशत खर्च गाउँपालिकाले सहुलियत दिने छ । सो को व्यावस्थापन वार्ड मार्फत
हुनेछ ।
६. अनिवार्य रुपमा १ घर १ पेशा भन्ने नाराका साथ मागमा आधारित आयआर्जन कार्यक्रम लागु
गरेर दलित, महिला, विपन्न र युवाहरुलाई विशेष प्राथमिकता दिई कार्य अगाडी बढाउने नीति
लिइनेछ । जसकालागि आवश्यक तालिमको व्यावस्था गरिनेछ ।
७. एक वस्ती एक उत्पादनमा र सहकारी खेतीकालागि वार्ड कार्यालयले काम गर्ने गरी आवश्यक
सहयोगमा जोड दिइने छ । हाई टेक प्रविधिकालागि प्रदेश सरकारको समन्वयमा घर निर्माणमा
सहकार्य गरिनेछ ।
८. प्रत्येक वडामा कृषि र पशुपालन सहजकर्ता र पशु तथा कृषि जेटीए सेवामा जोड दिईने छ । ।
( ठ (
९. मासु जन्य, दुध तथा तरकारीमा आत्मनिर्भर हुनको लागि कृषकहरुलाई व्यवसायीकरण गर्दै
कोल्डरुम निर्माणको लागि प्रदेश सरकारको सहयोगमा १२ वटा कोल्ड रुप मागका आधारमा
गरिने छ ।
१०. गाउँपालिका भित्रका कृषि उपजको मूल्य निर्धारण गर्न मूल्य निर्धारण समिति गठन गरिनेछ ।
११. पैँयुकोट, चिसापानी, महाशिला, धुँवाकोट, गोल्र्याङ्ग तथा अन्य सम्भाव्य क्षेत्रमा केवलकार साथै
प्यारग्लाइडिङ, क्यानेनिङ, रक क्लाइमिङ्ग संचालन तथा पर्यटन विकासको लागि प्रारम्भिक
सम्भाव्यता अध्ययन र नीजीक्षेत्रको साझेदारीमा लगानी प्रवद्र्धन गरिनेछ ।
१२.सहकारीमा आफ्नो वचत गर्ने सदस्यलाई अनिवार्य रुपमा व्यवसायी बनाउने सहकारीको
क्षमता विकासमा सहयोग गर्ने नीति लिइने छ ।
१३. खेत र अन्य खेती योग्य जमिन बाँझो राख्ने कृषकलाई निरुत्सााहित गर्ने नीति लिइनेछ । यदी
जग्गा धनी साथै सार्वजनिक जमिनको उपयोगकालागि वार्ड मार्फत जग्गा लिजमा लिई
व्यावसायिक उत्पादनकालागि लिजमा दिने निति लिईने छ । यदी कसैको जग्गा उपयोग नगरी
वाँझो पाईएमा सूचना गरिने छ र जग्गा उपयोगकालागि अन्य माग गर्ने व्याक्तिलाई
उत्पादनकालागि दिईने छ ।
१४. मौरी तथा मह उत्पादनमा वृद्धि गरि बजारीकरण गर्ने नीति लिइनेछ । जसकालागि चरन क्षेत्र
विकास र व्यावसायिक उत्पादनमा अनुदानको व्यावस्था गरिने छ ।
१५. कृषिमा यान्त्रिकीकरण गर्न २५ देखि ५०% सम्म व्यवसायिक कृषिक र समूहलाई अनुदानको
व्यवस्था गरिनेछ ।
१६. यस महाशिला गाउँपालिका अन्तरगतका आर्थिक विकास योजना तथा अन्य पूर्वाधार क्षेत्रका
कार्यक्रमहरुमा केन्द्र र प्रदेश सरकार र अन्य साझेदार संस्थासँग साझेदारी गरी कार्यक्रम
सञ्चालन गर्नको लागि आवश्यक समपुरक कोषको व्यवस्था गरिनेछ । जसकालागि गाउँपालिका
स्तरका योजना छनौछ गरिने छ ।
१७. स्थानीय उत्पादनलाई जोड दिइ ग्रामीण अर्थतन्त्रमा सुधार गर्नकालागि मासिक या पर्व बिशेष हुने
गरी विभिन्न कार्यक्रमका साथमा हाट वजार मेला सञ्चालन गर्ने नीति लिईने छ ।
१८. परम्परागत कृषि प्रणालीमा परिवर्तन गर्नका लागि ग्रामीण कृषि व्यवसायलाई जोड दिन एक
सहकारी, एक सहकारी फर्म खेती गर्ने कार्यका लागि संस्थागत सहयोग गर्ने नीतिलाई अगाडि
बढाईने छ । जसकालागि अनुदानको व्यावस्था गरिने छ ।
१९. उद्योगग्राम स्थापना गर्नका लागि प्रदेश सरकारसँग समन्वय गरी उद्योग क्षेत्रको विकास गर्ने गरी
यसै वर्ष देखी भल्पु र सम्मेनी क्षेत्रलाई उद्योगग्राम वनाईने छ ।
२०.महाशिला गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय स्थल पैयूंकोट, चिसापानी लगायतका स्थलमा
केवलकार सञ्चालनको लागि प्रदेश सरकारको सहलगानीमा साम्भाव्यता अध्ययन गरिने नीति
अवलम्बन गरिने छ ।
२१. गाउँपालिकाको विभिन्न चोक र सडक र पर्यटकिय स्थलहरुमा स्थानमा सौर्य उर्जा जडान सडक
वत्तिको व्यावस्थापन गरि उज्यालो महाशिला निर्माणको लागि प्रदेश सरकार र अन्य सहयोगी
निकायसंग सहकार्यको नीति अवलम्बन गरिने छ ।
२२. किवी खेती, एभोकाडो र चियाखेतीको परिक्षणकालागि ईच्छुक किसानहरुलाई आवश्यक
व्यावस्थापनमा सहयोग गरिने छ ।
२३. पक्की र व्यवस्थित सडक र घर छेउमा फुल रोपण पुष्पगाउँ वनाउन टोल विकास संस्थासंग
सहकार्यमा गाउँ विकास र घोषणा गरिेने छ ।
२४. यस गाउँपालिकामा उत्पादित वस्तुहरुको वजारीकरणमा ध्यान राख्दै विशेषत तरकारीकालागि
नजिकको वजार कुश्मा, पोखरा र वालिङ्ग सम्म ढुवानीको व्यावस्था वार्ड कार्यालय मार्फत गरिने छ

२५. यस महाशिलामा दुधलाई प्रवद्र्धन गर्न किसानहरुलाई डेरी स्थापना गर्न लगाई प्रतिलिटर दुधमा रु
३ अनुदानको व्यावस्था गरिने छ । व्यावसायिक फर्म संचालन गर्ने कृषकहरुलाई एकमुष्ट
अनुदानको व्यावस्था गरिने छ ।

( ड (
ख) पूर्वधार विकास समिति
१. समृद्धिको आधार, हरियाली (ग्रिन) सडक हाम्रो पूर्वाधार भन्ने नारा सहित यस महशिला गाउँपालिका
अन्तर्गत (क) वर्गमा रहेका ग्रामिण सडकहरु र महाशिला चक्रपथ सात मिटर चौडा गरि वाह्रैमहिना
सवारी साधन चल्ने गरि क्रमश विस्तार गरिने छ । सडक गुरुयोजना तयार भएका र क वर्गका
सडकहरु स्तर उन्नती ग्राभेल र पिच गर्ने नीति अवलम्वन गरिनेछ । यस वर्ष देखी ५ किमी सडक
लुंखु देउराली देखी गानावाङ्ग सम्मको सडक कालोपत्रे गरिने छ । सडक मापदण्ड विना कुनै घर
टहरा र खानेपानी विजुली अन्य निर्माण निजि वा सार्वजनिक वार्ड र गाउँपालिका सहमती वेगर
वनाएमा भत्काईने छ । सडक छेउमा निर्माण सामाग्री राख्ने सडक अवरोध गर्ने र सडक विगार्ने
कामकालागि जरिवाना गरिने छ । निर्माण सामाग्री डम्पीङ्गको व्यावस्था सहितमात्र निर्माणको काम
गर्नु पर्ने छ ।
२. महाशिला गा.पा. भित्र निर्माण हुने सवै भवन र घरहरु नक्सा पास गरि भू–कम्प प्रतिरोधात्मक
बनाउने नीति लिइनेछ । अव कुनै निजी र सरकारी आवाश पनि नक्सा पास नगरी वनाउन पाईने
छैन ।
३. प्रत्येक वडामा एक वडा एक नमूना वस्ती निर्माणकालागि जग्गा विकास आवाश घडेरी
विकासकालागि प्रस्ताव आवहन गरिनेछ । भू उपयोग निति वमोजिम काम गरिने छ ।
४. हामी सवैको भावना, उज्यालो गाउँ बनाउने हाम्रो चाहना भन्ने नारालाई सार्थक बनाउन फलामे
पोल युक्त महाशिला गाउँपालिका घोषणा गरिने छ ।
५. यस गाउँपालिकाबाट भौतिक निर्माणका कार्यगर्दा १०% जनश्रमदान अनिवार्य जुटाउने तथा वस्ति
टोल स्तरका सडकमा र सडक मर्मतलाई ५०% स्थानिय र ५०% गाँउपालिकाको लगानी निति
लिनेजसमा महाशिला विकास स्वयंसेवक र प्रधानमंत्री रोजगार कार्यक्रमका आवेदकलाई श्रममुलक
र अन्य काममा लगाईने छ । जसमा विद्यालय, खानेपानी, सामुदायिक भवनहरु निर्माणमा
जनसहभागिता वढी जुटाउन जोड दिईने छ । आगामी आर्थिक वर्षमा विकास निर्माण यस पालिका
हुँदा श्रम र रोजगारी सृजना गर्नकालागि योजनाको ल.ई. १००% मा २० % महाशिला विकास
स्वयंसेवक, प्रधानमंत्रि रोजगार कार्यक्रमको आवेदकहरुलाई श्रमको काममा ल.ई. गर्ने, १० % जन
सहभागिता ल.ई.मा थप गरी र ८०% लागत अन्य कामको खर्च ल.ई. गरिने निति लिईने छ ।
पूर्वाधारका क्षेत्रहरुमा वायो इन्जिनियरिङ्ग प्रविधिको प्रयोग गर्ने नीति लिइनेछ । पिच वाटो वरीपरी
महाशिला विकास स्वयंसेवक प्रयोग गरी हरियाली, वाटोको घर वरीपरी फुल गार्डेन सहित र अन्य
सफा सडकको अवधारणा अनुरुप कार्य गरिने छ ।
६. यस गा.पा. भित्र लेन्ड लाइन टेलिफोन सेवा विस्तार गरि सम्पूर्ण सरकारी तथा महत्वपूर्ण बजार
क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याइनेछ । सूचना तथा सञ्चार क्षेत्रलाई आम जनताको पहुँचमा पु¥याउने
नीति अवलम्वन गरिनेछ । ईन्टरनेट व्यावस्थापनकोलागि अप्टिकलफाईवर सहितको नेट
प्रवन्धकालागि दूरसंचार कम्पनीसंग माग समन्वय गरिने छ । फ्रिवाईफाई जोनको सभाव्यता अध्ययन
गरिने छ ।
७. यस गा.पा. भित्रका खेतीयोग्य जमिनबाट वढी उत्पादन लिन सिँचाई सुविधा व्यवस्थित गर्ने नीति
लिइनेछ ।
८. कुनै पनि सडक तथा भौतिक पूर्वाधार निर्माण गर्दा भई रहेको पूर्वाधार नोक्सान नहुने गरी गर्नु पर्ने र
यदी नोक्सान हुने भए सोही योजनावाट मर्मत सम्मार गर्नु पर्ने छ । गाउँपालिकाको योजना र
स्विकृति विना कुनै पनि नयाँ मोटरवाटोको ट्याक खोल्न पाईने छैन ।
ग) सामाजिक विकास समिति
शिक्षा
१. यस महाशिला गाउँपालिका भित्रका वाल कक्षा देखि कक्षा २ हुदै क्रमश मावि सम्म अंग्रेजी माध्यमबाट
पढाउने व्यवस्था मिलाई शिक्षामा सवै विद्यालयलाई क्ष्ऋत् को प्रयोग गर्ने नीति अपनाइने छ । साथै सवै
विद्यालयका बाल कक्षा देखि ३ कक्षाका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम साझेदारीमा गरिने
कार्यक्रम नीति अवलम्वन गरिनेछ ।
( ढ (
२. शैक्षिक सामग्रीको अभावमा शिक्षाको अवसरबाट वञ्चित विद्यार्थीहरुलाई शैक्षिक सामग्री पुर्नवितरण
गरिनेछ ।
३. शिक्षकको क्षमता विकासकालागि कम्प्युटर र अंग्रेजी भाषा शिक्षण तालिमको व्यवस्था गर्ने नीति
लिइनेछ ।
४. शिक्षाको गुणस्तर र समयानुकुल परिवर्तन गर्ने नीति अनुरुप विद्यालय सुधार योजना निर्माण गरि सवै
उमेर समूहका वालवालिकाहरुको विद्यालय पठाउन अनिवार्य गर्ने र विद्यालय नपठाउने अभिभावक तथा
परिवारहरुलाई वडा तथा गाउँपालिकाबाट पाउने सेवा सुविधामा आंशिक वा पूर्ण रुपमा वन्जेद लगाउन
सक्ने नीति लिइनेछ ।
५. वित्तीय शुसासन र पारदर्शीता कायम गर्न विद्यालयको लेखा प्रणालीलाई वार्षिक रुपमा अनिवार्य लेखा
परिक्षण गर्नकालागि अनिवार्य गरिने छ । प्रथम चौमासिक निकाशा अगाडी नै अनिवार्य लेखा परिक्षण
गर्नु पर्ने छ ।
६.सिकाई उपलब्धि कम भएका शिक्षकहरुलाई सुक्ष्म शिक्षणको तालिमको व्यवस्था मिलाइने कक्षा १ देखी
१० सम्माका विद्यार्थीहरुलाई विद्यालयमाज्यmभ धयचप म्बष्चथको प्रयोगलाई अनिवार्य लागु गरिनेछ ।
सवै विद्यालयमा अतिरिक्त कक्षा संचालनको व्यवस्था यसै वर्ष देखी लागु गरिने छ ।
७ विद्यालय सुधार योजना कार्यान्वयनको आधारलाई प्र.अ.को मूल्याङ्कनको आधार बनाई पुरुस्कार र
सचेतनाकोनीति अवलम्वन गरिनेछ । यस वर्षवाट विद्यालय र शिक्षकहरुलाई पुरस्कृत गरिने छ ।
८. विद्यालय क्षेत्र भित्र जंक फुड जस्ता वस्तुहरुको विक्रि वितरण पूर्ण रुपमा वन्देज गरिनेछ । मावि स्तरमा
चमेनाघरको अवधारणा विद्यालय व्यवस्थापन समितिको पहलमा गरिने छ ।
९. यस गाउँपालिका भित्र व्यवसायिक प्राविधिक शिक्षाको घारलाई वहु प्राविधिक कक्षा साथै आवश्यक
पूर्वाधार विकासमा सहयोग गरिनेछ । डिप्लोमा र कलेज खोल्न समेत निजि क्षेत्रसंग समेत सहकार्यमा
पोलिटेक्नीक स्थापनाकालागि पहल गरिने छ ।
११. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकको क्षमता अभिवृद्धि गर्न शैक्षिक तालिम
सञ्चालनको लागि प्रदेश सरकार संग सहकार्य गर्ने नीति अवलम्बन गरिने छ ।
१२.ज्ञान नै शक्ति हो भन्ने भावना जागृत गराउदै सवैमा पढ्ने बानीको विकास गर्न गाउँपालिका स्तरमा
एउटा सार्वजनिक पुस्ताकालय निर्माणको लागि प्रदेश सरकार संग सहकार्यको नीति अवलम्बन गरिनेछ ।
१३.१४.फुर्सदको समयको सदुपयोग गर्दै आपसी भेटघाट र ज्ञानज्ञुनका कुरा साटासाट गर्ने उद्धेश्यले
गाउँपालिकामा एउटा उद्यान निर्माणको नीति अवलम्बन गरिने छ ।
१५.शैक्षिक क्षेत्रलाई व्यवसायिक र प्रविधियुक्त बनाउन एक शिक्षक एक ल्यापटपको र एक कक्षा एक
प्रोजेक्टरको नीति अवलम्बन गरिने छ ।
१६. जाँड रक्सी जुवातास गर्छ सर्वनास भन्ने नाराका साथ महाशिला गाउँपालिकाबाट जाँड रक्सी र
जुवातास नियन्त्रणको नीति अवलम्बन गरिने छ । यो कार्यकालागि स्थानिय समुदाय परिचालन र गैसस
समेतको परिचालन गरिने छ ।
१७.आपतकालीन बाढी पहिरोबाट जोखिममा रहेको बस्तीहरु स्थानान्तरण गर्न प्रदेश सरकारसंग सहकार्य
गर्ने नीति अवलम्बन गरिने छ ।
१८. विद्यालयमा अतिरिक्त क्रियाकलाप संचालन गर्ने र जुनियर र युवा रेडक्रस परिचालन र स्काउट टिम
निर्माणलाई माविमा अनिवार्य गरिने छ ।
१९. विद्यालयमा शिक्षकहरुले कक्षा कोठामा पढाउने समय प्रत्येक पिरियर्डमा कम्तिमा ३५ मिनट कक्षा
कोठामा विताउनु पर्ने छ ।
महिला
१.महिलाको मागका अधारमा उद्यम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरी आय आर्जनमा बृद्धि
गर्ने ।
२.समाजमा रहेका लैंगिक हिंसा तथा विभेदको अन्त्य गर्ने प्रयत्न गरिने छ । वडा स्तरमा मेलमिलाप
सहजकर्ता र केन्द्रको स्थापना गरिने छ ।
३. सूरक्षित मातृ शिशु सेवा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
४.एकल वा विधवा महिलाको जीविकोपार्जनका लागि एक सुरक्षा कोषको सञ्चालनको व्यवस्था गरिने
( ज्ञण् (
छ ।
५. व्यवसायिक आय आर्जनको क्षेत्रमा जोड दिइनेछ ।
६.महिला शहकारी मार्फत परिचालित रकम आय आर्जन र सामाजीक क्षेत्रमा रकम परिचालन गर्न जोड
दिइनेछ ।
७.सकारात्मक विभेदको नीति अवलम्वन गरी व्यवसायि महिलालाई प्राथमिकता दिइने छ ।
८. विगतको जि.स.स. तथा अन्य संघ संस्थाबाट प्राप्त हुने सामाजिक क्षेत्र विकासको (सहकारी तथा अन्य
स.सं.) रकम सामाजिक क्षेत्रबाट सार्वजनिक गराउने व्यवस्था गराइनेछ ।
९. यस महाशिला गाउँपालिका क्षेत्रभित्र अवैधरुपमा सञ्चालित मदिरा व्यवसायि तथा हुने सेवनका कारण
महिला, बालबालिका तथा बृद्ध बर्ग समेत पिडीत भएको भनी ठूलो गुनासो आएको हुँदा यसका
नियन्त्रणका लागि “जाँड रक्सी, जुवा तास, गर्छ यसले सर्वनाश” भन्ने नाराका साथ सबैलाई सचेत गर्दै
यसको नियन्त्रणका लागि महिला समुह र आमा समुह परिचलानको निति लिईने छ ।
१०. सुत्केरी स्याहार कार्यक्रमलाई प्रभावकारी वनाउन अध्यक्ष सुत्केरी भेटघाट कोसेली कार्यक्रममा लोकल
कुखुरा वा ध्यू कोसेली दिई शुरु गरिेने छ ।
बालबालिका
१ प्रत्येक वडामा बाल सञ्जाल पुर्नगठन वालमैत्री वडा घोषणा गरिनेछ । यस वर्ष देखी वार्ड नं. ५ लाई
वालमैत्रीवार्ड धोषणा गर्दै सवै वार्डमा कार्यक्रम विस्तार गरिने छ । सो कामकालागि वालवालिकाको
क्षेत्रमा काम गर्ने स्थानिय गैससलाई परिचालन गरिने छ ।
२.बालविवाह, बालशोषण जस्ता गैरकानुनी प्रथाको अन्त्य गर्ने प्रयत्न गरिने छ । कानुनी सचेतनता
कार्यक्रम संचालन गरिने छ ।
३. सवै तहका बालबालिकालाई शिक्षाको मुल धारमा ल्याउने व्यवस्था मिलाइने छ ।
४. सवै वार्डमा घरमा सुत्केरी गराउने नभई स्वास्थ्य संस्थामा सुत्केरी गराउने व्यावस्था गर्ने सो को
घोषणा गर्ने र स्वास्थ्यको जन्म कार्डका आधारमा मात्र वार्ड कार्यालयले जन्म दर्ता गर्ने निति लागु
गरिने छ ।
अपाङ्ग लक्षित कार्यक्रम सम्बन्धि नीतिहरु
१. घर तथा सवै भौतिक स्ररचना निर्माण गर्दा अपांग मैत्री बनाइनेछ ।
२. अपाङ्गको वर्ग पहिचानगरि क्षमता अनुसार व्यावसायिक बनाउने जस्तै ः घुम्तीपसल, खुद्रा पसरल,
कुखुरापालन, तरकारी खेती, रेडियो प्रस्तोता, उद्घोषण, घडी, रेडियो, मोवाइल मर्मत सिलाई, कटाई,
वुटिक, व्युटिपार्लर जस्ता सीपहरुको प्रवन्ध गराई आत्मनिर्भर बनाईनेछ ।
३. अपाङ्गहरुको सहज आवातजावत गर्तको लागि आवश्यकता अनुसार ह्वील चियरको व्यवस्था गरिनेछ ।
४. “क” वर्ग वाहेकका अपाङ्गहरुलाई आन्तरीक आयबाट व्यहोर्ने गरी एक अपाङ्ग सामाजिक सुरक्षा कोष
स्थापना गरिनेछ ।
५. अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि अपाङ्गता परिचय पत्र उपलव्ध गराउने ।
६. नियमित शिक्षा, विशेष शिक्षा, र सीपमा अपाङ्गताको प्रकृति र उमेर हेरेर अनिवार्यता गरिनेछ ।
७. “क” वर्गका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि व्यवसाय तथा आयआर्जनमा घर परिवार एवं
सम्भव भए सम्म सम्वन्धित व्यक्तिहरुलाई संलग्न गराइनेछ ।
जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा संवन्धी नितिहरु
१. जेष्ठ नागरिक, एकल महिला परिचय पत्र र नविकरण वार्ड तथा उपयुक्त स्थानहरुमा शिविर संचालन
गरी उपलव्ध गराईने छ ।
२. सवै वार्डका स्वास्थ्य संस्थाहरुको समन्वयमा मासिक रुपमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण
कार्यक्रम संचालन गरिने छ ।
३. जेष्ठ नागरिकहरुको दिवा स्याहार केन्द्र स्थापनाको शुरुवात २ वार्डवाट शुरु गरिने छ । क्रमश विस्तार
गर्दै लगिने छ ।
४. ६० वर्ष माथिका जेष्ठ नागरिकको उपचार विमा साथै उपचारकालागि एम्वुलेन्स प्रयोगमा २५ प्रतिशत
छुट दिईने छ ।
( ज्ञज्ञ (
५. विपन्न र गरिवको परिचयपत्र वार्ड स्तरमा लागु गरिने छ । यस्ता व्याक्तिहरुलाई विभिन्न रोजगारी र
अवसरमा प्राथमिकता दिईनेछ । सिफारष दस्तुरमा आधा छुट दिईने छ ।
स्वास्थ्य सेवा संवन्धि नितिहरु
१. सवै वार्डहरुमा वर्थिङ्ग सेन्टर भई सकेकोले घरमा सुत्केरी वनाउने कामलाई शुन्य पारिने छ र सो को
पालिका स्तरमा यसै वर्ष गरिने छ ।
२. गाउँपालिका क्षेत्रका सबै नागरिकहरुलाई स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्नका लागि सबै वडामा बर्थिङ
सेण्टर सञ्चालनमा आइ सकेकाले भवन लगायतको पूर्वाधार विकास गरिनेछ । वार्ड नं. ४ को
पाखापानीको वाईकाठमा सामुदायिक स्वास्थ्य ईकाई संचालनमा आएकोमा आवश्यकता अनुरुप अन्य
वार्डमा पनि विस्तार गरि सबै नागरिकलाई १ घण्टाको शुलभ पहुँचमा स्वास्थ्य सेवा पु¥याइने छ । स्वास्थ्य
संस्थाका भवन निर्माणकालागि जग्गाको व्यावस्था भएको हुँदा केन्द्र र प्रदेश सरकारसंग सहयोगकालागि
माग गरिने छ ।
३. विभिन्न विद्यालयहरुमा स्वास्थ्य, शिक्षा, सुरक्षित मातृत्व, पोषण र खोप जस्ता विषयहरुमा विद्यालय र
समुदायहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम स्वास्थ्य कर्मी परिचालन गरी संचालन गरिने छ ।
४. सवै स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधीको आपूर्तिलाई प्राथमिक स्वास्थ्य संस्था मार्फत नियमित
गरिने छ ।
५. गाउँपालिका स्वास्थ्य कर्मी र डाक्टरहरु परिचालन गरी ६÷६ महिना हरेक वार्डमा स्वास्थ्य शिविर
संचालन गरिने छ । सो को व्यावस्थापन वार्ड कार्यालयवाट गरिने छ ।
६. लुंखु प्राथमिक स्वास्थ्य केन्द्रलाई केन्द्र र केन्द्र साथै प्रदेश सरकारको समन्वयमा २५ सैयाको अस्पताल
निर्माणको शुरुवात गरिने छ ।
७. यस गाउँपालिका भित्र कडा रोग लागेका जस्तै ः क्यान्सर, हेपटाइटिस बी, मृगौला पिडित, मुटुरोग
जस्ता बिरामीहरुलाई स्वास्थ्य उपचारमा अवस्था हेरी सहयोग रकम उपलव्ध गराउने नीति लिइनेछ ।
८. सवै व्याक्तिहरुको स्वास्थ्य विमाकालागि पहल गरिने छ । विपन्नकालागि स्वस्थ्य विमाकालागि वार्ड
कार्यालयले विमा शुल्कको व्यावस्थापन गर्ने छ ।
खानेपानी
१. एक घर एक धाराको नीति अवलम्बन गरिने छ जसको लागि प्रदेश सरकार र अन्य निकायहरु संग
समेत सहलगानी गरिने छ ।
२. यस गाउँपालिकाका सवै घरधुरी पूर्ण सरसफाई युक्त हुनेछन्। सो कोलागि वाँकी ३ वार्डहरुमा यसै
वर्ष कार्यक्रम संचालन गरिने छ । यस गाउँपालिकाका सवै घरधुरी पूर्ण सरसफाई युक्त हुनेछन्। सो
कोलागि वाँकी ३ वार्डहरुमा यसै वर्ष कार्यक्रम संचालन गरिने छ ।
३. पुराना मुल साथैकुवा र धाराहरु संरक्षण गरिने छ ।
४. खानेपानीकालागि सवै घरलाई साना साना मर्मत र पाईपको व्यावस्था गरिने छ ।
खेलकुद तथा मनोरञ्जन
१. खेलको माध्यमबाट युवाहरुलाई विकास गर्न गाउँपालिका स्तरीय एउटा खेलमैदानको निर्माण गर्ने प्रदेश
सरकारसंग सहकार्य गर्ने नीति अवलम्बन गरिने छ । सवै वार्डहरुमा खेल मैदानको वनाईने छ ।
२. सवै मावि विद्यालयहरु विचमा प्रतिस्पर्धा गरि राष्ट्रपति रनिङ्गशिल्ड कार्यक्रम अनिवार्य संचालन गरिने
छ ।
३. पालिकास्तरमा खेलकुद विकास समिति र वार्ड स्तरमा समेत गठन गरी विभिन्न विघाका खेलकुदहरु
संचालन गरिने छ ।
४. पालिका स्तरमा अध्यक्ष कप संचालन नियमित रुपमा गरिने छ । अन्य विभिन्न क्लव तथा समुहका
कार्यक्रमलाई सहयोग गरिने छ ।
५. सवै वार्ड मनोरञ्जन पार्क साथै मेला संचालनकालागि सहयोग गरिने छ ।
( ज्ञद्द (
संस्कृति प्रवद्र्धन
१. विभिन्न समुदायहरुको संस्कृति प्रवद्र्धन गुरुङ्ग, मगर, नेवार, ठकुरी, दलित, वाहुनका अन्य समुदायको
संस्कृति प्रवद्र्धनकालागि वार्ड स्तरमा कार्यक्रम गरिने छ ।
२. धार्मिक पर्यटन विकासकालागि लगानि प्रवद्र्धन गरिने छ ।
४. समुदाय विशेषका पुराना लोपहुन लागेका सामाग्री, सिप, पेशा, वाद्यवादन सामाग्री, गित, नाच र
संस्कार संस्कृतिको संरक्षणमा प्रवद्र्धन गरिने छ ।
घ. वन वातावरण विपत व्यावस्थापन
१. खाली रहेको जमीनमा वृक्षरोपण गरि सरकारी तथा सामुदायिक वनमा रहेका जडीबुटीको पहिचान,
उत्पादन र वितराणको व्यवस्था गर्ने नीति अवलम्वन गरिनेछ । जडिवुटी खेतीकालागि सामुदायिक
वन र निजि क्षेत्रको पनि संलग्नतामा सहकारी र निजि फर्मलाई समेत लिजमा दिने निति अख्तियारी
गरिने छ ।
२. मुख्य सडक र शाखा सडकहरुको छेउछाउमा वृक्षरोपण गरि हरीयाली सडक बनाउने नीति
अवलम्वन गरिनेछ ।
३. आवधिक जलवायु अनुकुलन योजना तयार गरि सोही अनुसार कार्यक्रम लागु गर्ने नीति लिइनेछ ।
४. विपद व्यवस्थापन सम्वन्धि आवधिक योजना तयार गरि सोही कार्यक्रम लागु गर्ने नीति लिइनेछ ।
५. पूर्ण सरसफाई युक्त महाशिला गाउँपालिका बनाउन साझेदारी कार्यक्रमलाई अगाडी बढाउने नीति
लिइनेछ ।
६. फोहारहरुको वर्गीकरण गरि फोहोरलाई मोहरमा वदल्ने नीति लिइनेछ । जसकालागि महाशिला
विकास स्वयंसेवक र स्थानिय कल्व र समुहहरुलाई परिचालन गरिने छ ।
७. प्लाष्टिक झोलाको प्रयोगमा नियन्त्रण र सो को वैकल्पिक व्यावस्था गर्न स्थानिय व्यावसायीहरु संग
सहकार्य गरी सफा झोला कार्यक्रम संचालन गरी वातावरण संरक्षण गर्ने नीति लिइनेछ ।
जसकालागि ५० प्रतिशत अनुदानको व्यावस्था गरिने छ ।
८. वन सव डिभिजनसंग सहकार्यमा सामुदायिक वन क्षेत्रमा र अन्य क्षेत्रमा दिगो वन व्याववस्थापन
कार्यक्रम संचालन गरिने छ ।
९. जलवायु परिवर्तनकलागि पालिकास्तर र वन समुहमा भएको समुदाय अनुकुलन योजना
कार्यन्वयनमा प्राथमिकता दिने र जिविकोपार्जनकालागि अन्य सहयोगी संस्था, गैसस र प्रदेश एवं
केन्द्र सरकारसंग कार्यक्रमकालागि सहकार्य गर्ने ।
१०. विपत व्यवस्थापन पूर्व तयारीकालागि विपत व्यावस्थापन कोष परिचालन महाशिला विकास
स्वयंसेवक गाउँ रक्षक, नेपाल प्रहरी र रेडक्रस र आवश्यक औजार सहित वार्ड वार्डमा आवश्यक
राहत सामाग्री र अन्य व्यावस्थापनकालागि कोष नियमित परिचालन गरिने छ ।
११. पहिरो, स साना गल्छी तथा खोलाहरुको भूक्षय रोक्न संरक्षणका कार्यक्रमहरुमा घाँस तथा विरुवा र
तारजाली व्यावस्थापनमा लगानी गर्ने ।
१२. मानव तथा वन्यजन्तु विचकोद्धन्द व्यावस्थापन र खाद्य सुरक्षा कार्यक्रमलाई निरन्तरता दिईने छ ।
जसकालागि स्थानिय समुहस्तरमा व्यावस्थापनकलागि खाद्य सुरक्षा कार्यक्रमकालागि अनुदान
उपलव्ध गराईने छ ।
१३. लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एम्वुलेन्स व्यावस्थापन पालिका भर नै सेवा विस्तारकालागि
जोड दिईने छ ।
१४.विद्युत सेवालाई निरन्तरत दिनकालागि विद्युत मेन लाईन र शाखा लाईनका वरपरीका रुखहरु १०
मिटरको दुरीका सवै रुखहरु कटान गरी विद्युत सेवालाई सुचारु गर्ने र सवै जग्गाधनिहरुलाई सो
जानकारी वार्ड कार्यालय मार्फत गराउने साथै यदी रुख काट्न अटेरी गरेमा रुख काट्ने काम
सामुदायिक विद्युत समिति र विद्युत प्राधिकरण गर्न लगाउने सो रुख काट्ने खर्च संवन्धित
व्याक्तिवाट गराईने छ ।
१६. सवै टोल विकास संस्थाहरुलाई स्टेचर उपलव्ध गराईने छ ।
१७. सिमसार संरक्षणकालागि यस महाशिला गाउँपालिकाका वाह्रै महिना पानी रहने पोखरी
संरक्षणकालागि प्रदेश सरकारसंग सहलगानीमा कार्यक्रम गरिने छ ।
( ज्ञघ (
१८. पैरो जोखिममा रहेको वस्ति लुंखुको कुसुण्डाँडा र होश्राङ्गदीको पहारकुनालाई स्थानान्तरणकालागि
केन्द्र र प्रदेश सरकारालाई अनुरोध गरिने छ । पाहार कुनाको पैरो नियन्त्रणकालागि प्रदेश
सरकारलाई अनुरोध र आवश्यक पहल गरिने छ ।
ङ. संस्थागत तथा सेवा प्रवाह
१. सूचना प्रविधिलाई व्यवस्थित गरि वडा र समुदाय तहमा विद्युतिय सूचना प्रविधी (भ्क्ष्त्) को
प्रयोग सुलभ बनाइनेछ ।
२. सवै विद्यालय र कार्यालयमा विद्युतिय हाजिरीको अनिवार्य व्यावस्था गर्न निर्देशन गरिने छ ।
३. गाउँपालिका तहमा आवश्यक ऐन, कानुन र नीति कार्यक्रम निर्माण परिमार्जन समय अनुकुल
गरिनेछ । जसकालागि कानुनी सल्लाहकारको व्यावस्था गरिनेछ ।
४. दैनिक र समसामयिक कामकालाथि विकास निर्माण साथै अन्य कामकालागि अध्यक्षको
सहयोगकालागि ३ देखी ५ सदस्यको सचिवालयको व्यावस्था गरिने छ । जसकालागि आवश्यक
मानवशंसाधनको व्यावस्थापन गाउँपालिकावाट हुनेछ ।
३. स्थानीय तहमा रहेका र स्वामित्व हस्तान्तरण भई आएका सरकारी भवन, जग्गा जमिन आदिको
लागत निर्माण र उपयोगकालागि सवै वार्डहरुमा वडाअध्यक्षको अध्यक्षतामा ३ सदस्य समिति
गठन गरी लगत तयार गरी सार्वजनिक गर्ने व्यावस्था गरिनेछ ।
४. स्थानीय तहको गैसस, टोल विकास संस्था, आमासमुहहरुको विवरण गाउँपालिका र वार्डतहमा
संकलन र अद्यावधी गरिनेछ ।
५. स्थानीय तहको सवै खाले कार्य सम्पादन गर्न आवश्यकता अनुरुप समिति उप समिति गठन
गरिनेछ ।
६. स्थानीय तहको सम्पूर्ण कार्यालयहरुको स्थापना भौतिक निर्माण, पार्किङ्ग स्थलको निर्माण, फोहोर
विसर्जन स्थल निर्माण गरिनेछ ।
७. गाउँ सभा, कार्यपालिका र वडा तहको निर्णयहरुलाई विभिन्न संचारका माध्यमवाट सार्वजनिक
गरिनेछ ।
८. सूचना प्रविधिको प्रयोग गरी सवैखाले तथ्याङ्क अध्यावधिक तथा संरक्षण गरिनेछ ।
९. सूरक्षा व्यवस्थालाई समेत राखी सामाजिक सुरक्षालाई अवलम्वन गरिने छ । साथै सुरक्षा
निकायलाई उचित ठाउँमा स्थापीत गरी सेवा प्रवाह गरिनेछ ।
१०. व्यक्तिगत घटना दर्ता सवन्धि प्रभावकारी सेवा स्थापित गरिनेछ ।
११. सवै तहमा अनुशासन, सभ्यताको विकास गरि शुसासन तथा पारदर्शिताको प्रवद्र्धन गरिनेछ ।
१२. सवै तहका काम तथा सेवाहरुलाई विद्युतिय सेवा प्रणालि मार्फत सेवा विस्तारमा जोड दिईने छ ।
१३. गाउँपालिकामा स्थापित प्रदेश तथा संघका विभिन्न सरकारी कार्यलय र सुरक्षा निकाय विच
समन्वय सहकार्यमा जनतालाई सेवा प्रदान गरिने छ ।
वित्तिय श्रोत व्यावस्थापन
१. आवधिक योजना, दिर्घकालिन योजना, अल्पकालिन योजना निर्माण गरि सोही अनुसार विकास कार्य
अगाडी वढाउने नीति लिइनेछ । गाउँपालिकको वस्तुगत विवरण तयार भएको हुँदा यसै वर्ष
अनिवार्य आवधिक योजना निर्माण गरिने छ ।
२. यस महाशिला गाउँपालिकाको वेरोगारहरुलाई रोजगारी सृजना गरी प्रतिव्याक्त आम्दानीमा समेत
वृद्धि गरी आर्थिक वृद्धिदर ९% हासिल गर्ने नीति लिइनेछ ।
३. कर प्रणालीलाई व्यवस्थित गरि आन्तिरक आयलाई वृद्धि गर्ने नीति लिइनेछ ।
४. जग्गाको किसिम, प्रकृति र भौगोलिक क्षेत्र अनुसार करको दायरा निर्धारण गरिनेछ ।
५. यस गाउँपालिका भित्र रहेका खानीजन्य उद्योगको सम्भाव्यता अध्ययन, उत्पादन र विक्रि वितरण
गरी आम्दानी बढाउने नीति लिइने छ ।
६. तोकिएको समयमा योजना सम्पन्न गरि गुणस्तरीय कार्य गर्ने उपभोक्ता समितिलाई सम्मान गरिने
छ ।
७. योजनाको पेश्की र वेरुजु निरन्तर कम गर्दै शुन्य पार्ने नीति लिइने छ ।
८. लेखापरीक्षण कार्यलाई व्यवस्थित गर्न आलेप शाखाको स्थापना गरि वित्तीय शुसासन कायम
गरिनेछ ।
( ज्ञद्ध (
९. सहभागिता मूलक ढंगबाट योजना तर्जुमा र कार्यान्वयनमा जोड दिईने छ ।
१०. राजस्वबाट उठेको रकमलाई महाशिला गाउँपालिकाको जनताको लोक कल्याणकारी कार्यको
लागि खर्च गरिनेछ ।
११. राजश्व वृद्धिकालागि धार्मिक, पुरातात्वीक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको पहिचान, प्रवद्र्धन र
विकास गरि आन्तरीक वाह्य पर्यटकलाई आकर्षण गरि आम्दानी बढाइनेछ ।
१२. पुनःप्रयोगीय वस्तुहरुको संकलन तथा विक्रि वितरण कार्यलाई व्यस्थित गरि आन्तरीक
आम्दानीको स्रोत बढाइनेछ ।
१३. राजस्वका दरहरुलाई समयानुकुल परिवर्तन गर्दै लगिने छ । सो वारेमा जनताहरुलाई सचेतिकरण
गरिने छ ।
१४. लक्ष्य अनुरुप राजस्व संकलन गर्ने कर्मचारीलाई प्रोत्सहान स्वरुप सम्मान गरिने छ ।
१५. सरकारी, गैर सरकारी र वित्तीय संस्थाहरुको पारदर्शीताको लागि गाउँपालिकाद्वारा एकद्वार नीति
अवलम्वन गरिनेछ ।
१६. सवै वार्डमा नागारिक वडापत्र र निर्माणाधिन योजना स्थलमा होडिङ्गवोर्डको स्थापना गरिने छ ।
१७. सवै विद्यालय, स्वास्थ्य संस्था, सहकारी संस्थाहरुको अनिवार्य सार्वजनिक परिक्षण र नियमित
लेखापरिक्षण गरी प्रथम चौमासिक भित्र गाउँपालिका अनिवार्य पेश गर्नु पर्ने छ । अन्यथा
गाउँपालिकाले त्यस्ता संस्थाहरुलाई कार्वाही गर्ने छ ।
१८. विद्यमान कर्मचारी संरचनाको संयोजन सकिए पछी पालिकालाई आवश्यक मानव श्रोतको
व्यावस्थापनकालागि स्थानिय सेवा ऐन निर्माण गरी कर्मचारीहरुको ओएनएम गरी आवश्यक
कर्मचारीको व्यावस्थापन गरिने छ ।
आदरणीय उपस्थित सभासद ज्यू,
अव म आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि प्रस्तुत गरिने नीति तथा कार्यक्रम वजेटको
प्राथमिकता वारेमा विस्तृत चर्चा गर्न चाहान्छु ।
स्थानिय तहमा जनतालाई सहज रुपमा सेवा प्रवाहकालागि आवश्यक ऐन नियम कानुनको व्यावस्था
गरिने छ ।
एकिकृत नागरिक वडापत्रको राख्ने व्यावस्थालाई कडाईका साथ लागु गरिने छ । सार्वजनिक आय र
खर्च व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र परिणामुखी बनाईने छ ।
आधुनिक लेखा प्रणाली, प्रतिवेदन र लेखा परीक्षण पद्धति अवलम्बन गर्दै वित्तीय कारोवारको
स्वच्छता र स्तरीयता वृद्धि गरिने छ ।
कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि, व्यवसायीकरण र व्यापार प्रवद्र्धनकालागि
गाउँपालिकाले कृषि क्षेत्रमा विशेष जोड दिएको छ । यस गाउँपालिकाको आम्दानीको मेरुदण्डको
रुपमा रहेको कृषि क्षेत्र अन्तर्गत सुन्तला, अलैची, ताजा तरकारी तथा आलु वीउ र आलु मुख्य
रुपमा यस क्षेत्र चिनाउने कृषिजन्य बस्तुहरु भएकाले यी बस्तुहरुको निकासीमा वृद्धि गर्न कलष्टर
र पकेट क्षेत्रहरुको विकास गरी उत्पादन गर्न जोड दिईने छ । वितरणमूखी कार्यक्रमहरु भन्दा
प्रतिफलमूखी कार्यक्रमहरुमा जोड दिई पशु र कृषिमा व्यवसायिक फर्महरु स्थापना गर्न जोड दिईने
छ । जसकालागि वजेटको प्रवन्ध गरिएको छ ।
दुध, कुखुरा अण्डा, मासु र खाद्यान्न, तरकारी, घाँसखेतीमा आत्म निर्भर वन्न जोड दिईने छ । यस
गाउँपालिकामा विभिन्न सहकारी तथा संघ संस्थाको सहकार्यमा व्यापकता ल्याई “प्लाष्टिक टनेल
सहितको प्रत्येक घरधुरी” को अवधारणालाई कार्यान्वयनमा गर्न वजेट विनियोजन गरिएको छ ।
ल्याइनेछ ।
कृषि यान्त्रीकरण, कृषि पशु विमा कार्यक्रमलाई विशेष जोड दिईने छ । कृषि उपज संकलन तथा
विक्री केन्द्रको स्थापना जोड दिईने छ । सो को लागि वजेट विनियोजन गरिएकोछ ।
संभाव्यताको आधारमा गाई प्याकेज, बाख्रा प्याकेज, सहकारी सञ्चालन, स साना डेरी पसल
स्थापनामा सहयोग, बंगुरपालन, सहकारी खेती, युवा लक्षित कार्यक्रमको सञ्चालनमा विशेष जोड
( ज्ञछ (
दिईएको छ । जसकालागि लघु उद्यम कार्यक्रम मेड्प मोडलको प्रयोग गरी मेड्पा कार्यक्रममा
सहकार्य गरी कार्यक्रम गर्न वजेटको प्रवन्ध गरेको छु ।
सरसफाईको अभावमा दिगो विकासको परिकल्पना गर्न सकिदैन । जसकालागि आगामी वर्ष सवै
वार्डलाई सरसफाईयुक्त वार्ड घोषणा गरिने छ ।
आगामी ३ वर्ष भित्र सम्पुर्ण यस गाउँपालिका भित्र आधारभूत स्तरको खानेपानी तथा सरसफाई
सुविधा उपलब्ध गराउन र नेपाल सरकार, प्रदेश सरकार साथै अन्य दातृ निकायको सहयोगमा
काम गरिने छ । सोही प्राथमिकताका आधारमा ‘एक घर एक धारा’ को अवधारणा अनुरुप काम
गरिने छ । जसकालागि केन्द्र र प्रदेश सरकारवाट वजेट विनियोजन र सहकार्यमा कार्यक्रम गरिने छ
। जसमा प्रदेश सरकारवाट लाम्तुन खानेपानी आयोजना र भोगसिङ्ग खानेपानी आयोजना नयाँ
आयोजनाको रुपमा समेवेश भएकोमा धन्यवाद दिन चाहन्छु ।
समुदायमा हुने विवाद तथा झैझगडाहरुलाई मेलमिलापको प्रक्रियाबाट स्थानीय स्तरमा समाधान
गरी विपन्न र कमजोर वर्गको न्यायमा पहुँच सुनिश्चित गर्न “विवादको साटो मेलमिलापको बाटो”
जोड दिने छौ । जसकालागि वार्ड स्तरमा मेलमिलाप सहजकर्ता र मेल मिलाप केन्द्रहरलाई
प्रभावकारी वनाउन वजेटको प्रवन्ध गरेको छु ।
हामीले बालबालिका, जेष्ठ नागरिक, महिला, दलित आदिवासी जनजाति तथा अपाङ्गता, अतिगरिव,
द्धन्दपिडित र अल्पसंख्यकको क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेका छौं । कार्यक्रमकालागि वजेटको
व्यावस्था गरेका छौ ।
देशमा व्याप्त गरिवी न्यूनीकरण गर्न र बेरोजगारी, सामाजिक बहिष्करण, रोग ब्याधि, अपाङ्गता तथा
वृद्ध अवस्थाका कारण नागरिकहरु सामु आर्थिक तथा सामाजिक रुपमा उत्पन्न जोखिम व्यवस्थापन
गर्न सघाउ पुर्याउने उद्देश्यले नेपाल सरकारबाट व्यवस्था गरिएको सामाजिक सुरक्षा कार्यक्रमलाई
यस गाउँपालिकामा थप पारदर्शी र व्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा कार्यक्रम
अन्तर्गतका लाभग्राहीहरुको विवरण नेटमा समाविष्ट गर्ने, सामाजिक सुरक्षा भत्ता वितरणको लागि
राष्ट्रिय वाणिज्य वैक लुखु सहित पायक पर्ने बैंकहरुमा व्यक्तिगत खाता सञ्चालन गरी बैंक मार्फत
वितरण गर्ने व्यावस्थालाई निरन्तरता दिईने छ ।
सबै बालबालिका र तिनका परिवारले आफ्ना आधारभूत आवस्यकता पूर्ति गर्न समान अवसर र
क्षमताको विकास गर्न “बालमैत्री स्थानीय शासन” सहितको अवधारणालाई कार्यान्वयन गर्न
बालमैत्री वार्ड घोषणा गर्ने योजना, बालबालिकामा लगानी, बाल सहभागिता र बाल आवजको
सम्मान गरी निर्धारण गरिएका ३९ वटा सूचकहरु पूरा गर्नका लागि सरकारी तथा गैर सरकारी
संस्थाहरुसँग समन्वय गरी चालु आ.व.मा वार्ड नं.५ लाई वालमैत्री वार्ड घोषण र थप २ वटा
वार्डवाट बालमैत्री स्थानीय शासन सहितको वार्ड घोषणाको कामको थालनीकालागि वजेट व्यावस्था
गरिएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महिला तथा पुरुष र विभिन्न सामाजिक
समुहहरुबीचको असमान शक्ति सम्बन्धहरुलाई पुनः सन्तुलित गर्न तथा हरेक प्रकारका सामाजिक
पहिचान भएका व्यक्तिहरुका लागि समान अधिकार अवसर एवम् सम्मान सुनिश्चित गर्नका लागि
प्राप्त स्रोतहरुलाई “जसको सवाल उसैको अगुवाई” कालागि टोल विकास संस्था र विभिन्न संजाल
गठन परिचालन गरिने छ ।
हावापानी, माटो, ढुङ्गा, वनजंगल, वनस्पती, वन्यजन्तु, पशुपक्षीं लगायतका प्रकृतिका अनुपम
सम्पदाको अस्तित्व रक्षा आवस्यक छ । हामीले यसको महत्वको वारेमा सर्वसाधरणमा
सचेतनालगायतका कार्यक्रमहरु सञ्चालनको लागि स्थानिय वन समुह र टोल विकास संस्थाको
परिचालन गरिने छ । यस क्षेत्रमा पहिचान भएका जलधार क्षेत्र संरक्षण र श्रोत संरक्षणकालागि
जोड दिई वजेटको प्रवन्ध गरिएको छ ।
सामुदायिक विद्यालयमा हाल कक्षा २ हुदै मावि तह सम्मको अनिवार्य अंग्रेजी, अनिवार्य कम्प्यूटर
मल्टी मिडिया मार्फत पढाई, गुणस्तरिय शिक्षाकालागि जस्तै निरन्तर सिकाई मुल्याङ्कन एकाई,
मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक रुपमा विद्यार्थीहरु परिक्षा लिई अभिभावकहरुको समेत
पृष्ठपोषण लिने, सवै विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुलाई पोसाकको व्यावस्था गर्ने, यदी
( ज्ञट (
विद्यार्थीको पोषाक किन्न नसक्ने विपन्नताको अवस्थामा पहिचान भएमा पुन पोषाक वितरण
गाउँपालिकाले सहयोग गरिने छ । सवै विद्यालयमा गृहकार्य डायरी र कक्षाकोठामा वुक लिष्टको
व्यावस्था गर्न र शिक्षक, विद्याथी र अभिभावक आचारसंहिता अनिवार्य वनाई लागु गरिने छ । सवै
विद्यालयमा अभिभावकको साझेदारीमा टिफिन खाजा व्यावस्थापनलाई लागु गरिने छ, जसमा
जंगफुड निषेध गरिने छ । जसकालागि वजेटको प्रवन्ध गरिएको छ ।
क्रमश सवै विद्यालयमा ईन्टरनेट सुविधा पुर्याईने छ । शिक्षिकहरुलाई अंग्रेजी माध्यम र कम्प्यूटरको
संवन्धि तालिम र स्थानिय शैक्षिक सामाग्री निर्माण तालिम संचालनमा सहकार्य गरिनेछ ।
शिक्षक अभिलेख व्यवस्थापन गरी शिक्षकलाई लियनपदमा फिर्ता गर्ने र विद्यालयमा विद्यार्थी संख्या
२० भन्दा कमभएमा साथै शिक्षक अनुपात एवं विद्यालय मर्जर निति लिईने छ ।
निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका अभियान गरिने छ । पठन
पाठनलाई थप व्यवस्थापन गर्नका लागि शैक्षिक क्यालेण्डर तयार गरी निरन्तर लागु गरिने छ ।
एस.इ.इ. को उत्तीर्ण दरमा वृद्धि गरिने छ । व्यावसायिक शिक्षाको थालनी साथै भै रहेको धुँवाकोट
महाशिला क्याम्पस व्यावस्थापनमा लगानी गरिने छ । शिक्षा क्षेत्रमा ससर्त र वित्तियसमानीकरणको
वजेटवाट पनि वजेटको व्यावस्था गरिएको छ ।
स्थानिय सिप तथा श्रममा आधारित स्वरोजगार सृजना गर्न, कृषि क्षेत्रमा रहेको परनिर्भरतालाई
घटाउँदै स साना व्यवसायहरु तथा लघु उद्यमहरु सञ्चालन साथै विभिन्न विधामा व्यावसायिक
वनाई एक घर एक रोजगार कार्यक्रम महाशिला विकास स्वयंसेवक र प्रधानमंत्री रोजगार
कार्यक्रमका आवेदकहरुलाई र व्यावसयिक तालिम दिई रोजगारी र स्वरोजगार सृजनाकालागि
जोड दिईने छ । जसकालागि केन्द्र सरकारसंग सहकार्य गरी कार्यक्रम संचालन गरिने छ ।
जसकालगि वजेट वजेटको प्रवन्ध गरेको छु।
गाउँपालिकाका सडकहरुलाई ३ तहमा वर्गीकरण गरिने छ । सबै वार्डलाई बा¥है महिना सञ्चालन
हुने सडक को अवधारणा अनुसार काम गरिने छ । यस गाउँपालिकामा ६ वटै वार्डलाई जोड्ने
चक्रपथ निर्माण सुधार विस्तारकामलाई निरन्तरता दिईने छ । क वर्गका सडकहरुको स्तरउन्नती र
चौडाईलाई ७ मिटर वनाउने गरी अनिवार्य व्यावस्था गरिने छ । सडक कालोपत्रे वनाउनकालागि
विस्तृत परियोजना सर्वेक्षण भै यस वर्ष देखी ५ किलो मिटर कालो पत्रे सडक निर्माण
कार्यान्वयनकालागि वजेटको व्यावस्था गरिएको छ ।
यसै गरी प्रदेश सरकारको सहकार्यमा डिपिआर भएको लुंखु मिलन चोक वालाकोट होश्राङ्गदी
सडकको कालो पत्रेको काम अगाडी वढाईने छ । जसकालागि १ करोड ५० लाख रकम विनियोजन
प्रदेश सरकारले गरेकोमा धन्यवाद दिन चाहन्छु । यस योजनामा गाउँपालिका तर्फवाट पनि सह
लगानी गरिने छ ।
केन्द्र सरकार र प्रदेश सरकारको सहकार्यमा मिलनचोक भोगसिङ्ग होश्राङ्गदी सुभद्रीखर्क सडकलाई
पनि कालोपत्रेको शुरुवात गरिनेछ ।
केन्द्र सरकारको वजेटवाट कुर्घा लुंखु सडकको कालोपत्रेको काम यस वर्ष पुरा हुनेछ । लुंखु ज्यामिरे
पाखापानी सडकको कालो पत्रे गर्ने कार्यको शुरुवात गरिने छ ।
ग्रामीण पहुँच कार्यक्रम संचालन गरी सडकहरुको नियमित मर्मत सम्भारको लागि सडक मर्मत
समुह मार्फत कार्य गरिने छ । विकास स्वयंसेवक परिचालन गरी सवै महाशिलाका सडकको
पटके मर्मत वर्षाद पछि अनिवार्य गर्ने वार्ड तहमा व्यावस्था गरिने छ ।
प्रदेश सरकारले महाशिला इन्भेसीगेसन डिप ट्यूवेल सिंचाई प्रणालीकालागि नयाँ कार्यक्रम वजेट
विनियोजन गरेकोमा धन्यवाद दिन चाहन्छु । सम्भाव्य खेती योग्य क्षेत्रमा सिचाई सुविधामा यो
कार्यक्रम लागु गरिने छ ।
आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवाकालागि प्राथमिक स्वास्थ्य केन्द्र लुंखुमा स्तर उन्नती गरी
गाउँपालिका स्तरमा २५ सैयाको अस्पताल वनाउनकालागि केन्द्र र प्रदेश सरकार संग माग गर्ने
साथै अस्पताल वनाउन आवश्यक जग्गा गाउँपालिकाले उपलव्ध गराउने छ ।
नवशिशु तथा आमालाई अकालबाट बचाउनको लागि सवै वार्डमा चौविसै घण्टा भ्इऋ सेवाको
निरन्तरता हुनेछ । सवै स्वास्थ्य चौकीको लागि भवन निर्माणकोप्रदेश र केन्द्र सरकारसंग माग गर्ने
र गाँउपालिकालेसहलगानी गरिने छ । जसकालागि वजेटको विनियोजन गरिएको छ ।
( ज्ञठ (
नेपाल टेलीकम मार्फत ५०० क्षमताको ल्याण्ड लाईन टेलिफोन सेवा व्यावस्थाको पहल गरिने छ ।
माग तथा आवस्यकताअनुसार थप टावरको पाखापानी र होस्राङ्गदी लगायतका आवश्यक स्थानमा
माग गर्ने र ईन्टरनेटको सहज पहुँचकालागि अप्टीकलफाईवरको पहुँचकालागि जोड दिईने छ ।
सवै वार्डमा विद्युतको विस्तारसँगै यसको सेवा भरपर्दो वनाउन जोड दिईने छ “बैकल्पिक उर्जा
प्रवद्र्धन कार्यक्रम” अगाडी वढाईने छ । जसकालागि सार्वजनिक स्थल र सडकमा सौर्य वत्ति
जडानकालागि कामको शुरुवात गरिने छ । जसकालागि वजेटको प्रवन्ध गरको छु ।
पलिकास्तरमा एक व्यवस्थित खेल मैदानको व्यावस्थाकालागि केन्द्र र प्रदेश सरकारसंग सहकार्य
गरिने छ । सवै वार्डमा खेलकुद मैदान साथै खेलकुद प्रतियोगिता आयोजना भएमा सहयोग गरिने
छ । विभिन्न स्थानीय क्लवहरुसँग समन्वय गरी खेलकुद सामाग्रीहरु वितरण गरिने छ । जसमा
वजेटको व्यावस्था गरिएको छ ।
मदिरा नियन्त्रणका कार्यक्रमहरु, वन्य जन्तु तथा मानव विचको द्धन्द व्यावस्थापनमा खाद्य सुरक्षा
कार्यक्रमलाई स्थानिय समुदायपरिचालन गरी कार्यक्रम संचालन गर्न वजेट विनियोजन गरिएको छ ।
१ घण्टा भित्र आधारभूत स्वास्थ्य थपसेवाको पहुँच पु¥याउने कार्यक्रम अन्तर्गत वडा नं. ४ स्थित
सामुदायिक स्वास्थ्य संस्था स्थापना भएकोमा निरन्तर रुपमा संचालन गरिने छ ।
जनताबाट संकलन गरिएको कर रकमलाई पूर्ण सदुपयोग गरी जनताकै प्रत्यक्ष कार्यक्रममा
विद्यालय खाजा कार्यक्रम, जाँड रक्सी नियन्त्रण, महाशिला विकास स्वयंसेवक कार्यक्रम, कृषि तथा
पशुपालनमा अनुदान, खाद्य सुरक्षा वाँदर नियन्त्रण र वार्ड वस्ति तथा टोलका वाटो निर्माण मर्मत
साझेदारीमा लगानी गरिनेछ । मूख्य सडकमध्ये डिपिआर भएका सवैसडक कालोपत्रे बनाउने कार्य
अगाडि बढाईने छ ।
यसै गरी डहरे देखी गोर्ल्यङ्ग सम्मको मनोरेलको संभाव्यता अध्यययनकालागि प्रदेश सरकारलाई
अनुरोध गरिने छ । ८ वटा घरवास होमस्टे दर्ता भै सकेको संचालनमा आएकोमा र हाल प्रदेश
सरकारवाट सहयोग भएकोमा थप सहयोगकालागि प्रदेश सरकारसंग र पर्यटनवोर्ड पोखरासंग साथै
निजि क्षेत्रसंग सहलगानी अनुरोध गरिने छ ।
महाशिला शिलाक्षेत्र नेपाल सय गन्तव्य मध्येमा नेपाल सरकारवाट छनौट भएको र यसको
विकासकालागि जग्गा व्यावस्थापन र शिलालाई कलात्मकरुप दिन प्रदेश र केन्द्र सरकार वाट ५०
लाखका दरले रकम प्राप्त भएको साथै गाउँपालिकावाट पनि ५० लाख वजेटको व्यावस्था गरिएको
छ । यस योजनाकालागि थप यसकालागि वर्ष ४ करोड वजेट व्यावस्थाकालागि केन्द्र र प्रदेश
सरकारलाई अनुरोध गरिनेछ । यसै गरी पैयूकोट र चिसापानी क्षेत्रमा केवलकारको संभाव्यता
अध्यययनकालागि र लगानीकालागि केन्द्र ,प्रदेश सरकार साथै अन्य पालिका र निजि क्षेत्रसंग
सहलगानी गरिने छ । यसै गरी महाशिलामा अर्गानिक खेतीको सम्भाव्यता र कफी खेतीमा लगानी
प्रवद्र्धनकलागी पर्वत जापान समाजसंग सहकार्य व्यावसायिक कामको थालनी गरिने छ । यस
गाउँपालिकाका पर्यटकिय क्षेत्रको चिनारी र महाशिला, पैयुकोट दरवार, धुँवाकोट फलामखानी,
चिसापनी, गोरल्याङ्ग, गंगाधर गुफा, दुक्तान वसाह मन्दिर र क्षेत्रलाई ७ सेभन प्वाईन्ट पर्यटकिय
गन्तव्यका रुपमा विकासगरी पूर्वाधार र प्रचार प्रसार गरिनेछ । जसकालागि वजेटको प्रवन्ध गरिएको
छ ।
यसै गरी फलामखानीको उत्खनन्कालागि संभाव्यता अध्ययनकालागि केन्द्रवाट वजेट विनीयोजन
भएकोमा काम गर्नकालागि केन्द्र सरकारलाई अनुरोध गरिनेछ ।
यसै गरी वार्ड नं. १ र २ को ढुँगा गिट्टी क्रसर उद्योग संचालनका लागि निजिक्षेत्रलाई लगानी गर्ने
वातावरणकालागि प्रदेश स्थित उद्योग,वन वातावरण मंत्रालयलाई अनुरोध गरिनेछ ।
यसलाई सवै वार्ड कार्यालयको व्यावस्थानकालागि र नियमित सेवाकालागि वजेटको व्यावस्था
गरिएको छ ।

You might also like More from author

Leave A Reply