पर्वतलाई अन्तराष्ट्रियस्तर सम्म चिनाउने पन्तको उद्घोष !

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

पर्वत पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष कस्तुप पन्तले कला साहित्य र पत्रकारिताको माध्ययमवाट जिल्लालाई अन्तराष्ट्रिय जगतमा चिनाउने वताएका छन् । जिल्लाका लोक कला ,साहित्य ,संस्कृति र पत्रकारितालाई संवोधन गर्ने गरि पर्वत कलाकार समाज स्थापित गरिएको र यसै संस्था मार्फत जिल्लालाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने वताएका हुन् ।
मंगलवार सदरमुकाम कुस्मामा पत्रकारहरु संगको अन्र्तकृयामा पन्तले पर्वत लोक कला र साहित्यको खानी भएको भन्दैे पर्वतमा जन्मेर विभिन्न क्षेत्र र विधामा योगदान पु¥याउने तथा कलम चलाउने हरेक व्याक्तिहरुलाई संस्थामा एकिकृत गर्दै पहिचान दिलाउने वताए । लोक गित संगित,आधुनिक गीत संगीतको मात्र नभएर भाषा कला साहित्य हाँस्यकला पत्रकारिता लगयातका विभिन्न विधाका व्याक्तित्वहरु लाई समेटेर अगाडि वढ्ने पन्तको भनाई रहेको छ । पूर्ण स्वतन्त्र र साझा संस्थाका रुपमा स्थापित गर्दै समग्र पर्वत र पर्वतहरुको हित लाई केन्द्रमा राखेर पर्वत कलाकार समाज गठन भएको जानकारी दिँदै पन्तले यत्रतत्र रहेर कला साहित्य र पत्रकारीता गर्ने हरु त्यस्तै विशिष्ट प्रतिभा भएर पनि ओझेलमा परिरहेकाहरु लाई संस्थामा आवद्ध गर्दै अगाडि वढ्ने वताए ।

यस्तै उनले काठमाण्डौमा पर्वत साँगितीक साँझ कार्यक्रम गर्ने योजना रहेको सुनाउँदै उक्त कार्यक्रममा पर्वते अग्रज तथा अनुज कालाकारहरु कोहिपनी नछुट्ने वताए । काठमाण्डौ पछाडी पर्वतमा पनि सांगितिक कार्यक्रम गर्ने योजना रहेको जानकारी गराएका थिए । केहि समय अगाडि राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पर्वत कलाकार समाजका संस्थापकहरु लाई सम्मानित गरिएको जानकारी दिँदै पन्तले आगामी दिनहरुमा अन्य व्याक्तिहरुलाई सम्मानित गर्दै जाने वताए । शिव दाईको खाजाघरमा गरिएको अन्र्तक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा,पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरी, सूचनाकेन्द्र डटकमका प्रधान सम्पादक वैकुण्ठ गिरी, रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली, सर्जक निर्मल पौडेल एन.पि घायल, प्रेस युनियन पर्वतका सचिव साजन परियार, गायक सुदिप क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.