पर्वतको जलजला गाउँपालिकाको जीपमा आगजनी

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले भाडामा लिएको जीपमा आइतबार राती आगजनी भएको छ । गाउँपालिकाले मासिक भाडामा लिएको ग १ ज ६५५४ नम्बरको जीपमा आइतबार राती आगजनी भएको हो ।
जलजला गाउँपालिका वडा नं ४ को वडा कार्यालय नजिक फड्के ढुंगामा पार्किङ्ग गरि राखिएको अबस्था राती आगजनी भएको हो । जुटको बोरामा पेट्रोल भिजाएर गाडीमा आगो लगाएको पाइएको छ । आगजनीबाट गाडीको तीन वटा टायरमा क्षति पुगेको छ ।
स्थानिय लालबहादुर मल्लको नाममा रहेको जीप गाउँपालिकाले मासिक भाडामा लिएको थियो । जीप भाडामा लिने क्रममा पनि लामो समय बिबाद भएको थियो । आगजनीको कारण अहिले सम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । आगजनीको कारणबारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
न्युज डबली अनलाइन बाट साभार

You might also like More from author

Leave A Reply

Your email address will not be published.