ढुक्क हुनुस मैले जिल्लाबासीको शिर झुकाउने एउटा पनि गल्ती गर्दिन -अध्यक्ष तिमिल्सिना

पर्वत / रािष्ट्रय सभाका अध्यक्ष गणेश तिमिल्सिना जिल्लाबासीको शिर झुकाउने गरि आफुले कुनै गल्ती नगरेको बताउनुभएको छ । पर्वतको फलेबास नगरपालिकाले शुरु गरेको ‘क्लिन फलेबास , ग्रिन फलेबास अभियानको बुधबार शंकरपोखरीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जिल्लाबासीले गौरब गर्ने गरि काम गर्ने तर शीर झुक्ने गरि एउटा पनि गल्ती नगर्ने बताउनुभएको हो । पछिल्ला समयमा राष्ट्रिय सभा र अध्यक्ष तिमिल्सिनालाई जोडर आएका समाचारहरुको उहाँले कडा शब्दमा खण्डन गर्नुभयो । ‘मैले जिल्लाबासीले शिर झुकाउने गरि एउटा पनि गल्ती गर्दिन,’ उहाँले भन्नुभयो ‘गलत नियत राखेर भएका हल्लाका पछि नलाग्नुहोला ।’ मिडियाले गलत नियत र उद्देश्य राखेर तथ्यलाई फरक ढंगले प्रस्तुत गरेर हल्ला फैलाउने काम गरेपनि आफुँ एक रति पनि कुनै कुरामा नचुकेर काम भैरहेको उहाँको भनाई थियो ।
पर्वतबासीको माया र स्नेहले राज्यको महत्वपुर्ण जिम्बेबारी पाएको बताउँदै अध्यक्ष तिमिल्सिनाले आफ्नो जीवनभर यसलाई बचाउने र सम्बृद्ध पर्वत बनाउने कुरामा लागि रहने प्रतिबद्धता पनि जनाउनुभयो । ‘मेरो राष्ट्रिय कार्यभारहरु पनि छन ,’उहाँले भन्नुभयो ‘ राष्ट्रिय कार्यभार संगै जिल्लाबासीको कार्यभारलाई पनि उत्तिकै महत्व दिएको छ’ । उहाँले आफ्नो ६ बर्षे कार्यकाल भित्र सबै तहका सरकार संगको सहकार्य र समन्वयमा पर्वत जिल्लाका ६२ वटै वडा सम्म पक्की सडक पुयाउने प्रतिबद्धता पनि जनाउनुभयो । कालीगण्डकी लोकमार्ग पनि यो अबधीमा कालोपत्रे भएर छाड्ने भनाई उहाँको थियो । उहाँ पर्वतका लागि आवश्यक सडक, खानेपानी, सिंचाईका सबै पुर्वाधारहरु यस बिचमा निर्माण भैसक्ने दोहो¥उँदै पुर्वाधार संगै आम्दानी हुने र रोजगारी सृजना गर्ने उद्यमहरु सञ्चालन हुन नसके त्यसको प्रतिफल जनताले लिन नसक्ने चर्चा गर्नुभयो । सडक बनेसंगै कृषि उत्पादन बढाएर निकासी गर्ने योजनाहरु बनाउन उहाँले आग्रह गर्नुभयो ।
‘क्लिन फलेबास, ग्रिन फलेबास’’ अभियान थालेर फलेबासले नमुना कार्य शुरु गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले वातावरण सफा राखे संगै मन, मष्तिष्क पनि सफा राख्न आग्रह गर्नुभयो । उहाँले उत्पादनमुलक वन, वातावरण र समाज निर्माण गर्ने कुरा ब्यबहारमा कार्यान्वयन हुन सके सबै फलेबासीहरु सम्पन्न हुन सक्छन भन्दै त्यसका लागि लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तहरुले रचनात्मक र सृजनात्मक ढंगले बिकास कार्यक्रम अघि बढाउँन जरुरी भएको कुरामा जोड दिनुभयो । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले अब फलेबासमा हरित बिकास शुरु भएको बताउँदै सरसफाई र स्वच्छतालाई आम्दानी र दिगोपन संग जोड्ने काम गर्न थालिएको प्रकाश पार्नुभयो ।कार्यक्रममा फलेबास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी, नेकपा पर्वतका नेता भक्त कुवँर, नेपाली कांग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटा, वडा नं ३ का अध्यक्ष अर्जुनबहादुर क्षेत्री र नगरपालिकाका योजना सल्लाहकार देबीप्रसाद तिमिल्सिनाले बोल्नुभएको थियो ।जेठको काम गर्ने ब्यस्तताका बिचमा ठुलो जनसहभागिता रहेको कार्यक्रममा जनगायक जीवन शर्माले सबैलाई छमछमी नचाउनु भएको थियो । कार्यक्रममा फलेबास नगरपालिकाले नकुहिने फोहोर ब्यबस्थापन गर्न सिक्रेड नेपाल संग समझदारी पत्रमा हस्ताक्षर समेत गरेको छ ।

You might also like More from author

Leave A Reply