जैमिनिमा नेकपा र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

बाग्लुङ्ग ,,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटीको आयोजनामा पार्टी र जनप्रतिनिधि बिच अन्तरकृया कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य श्री प्रसाद शर्मा काे प्रमुख अातिथ्यतामा कुश्मिसेरामा सम्पन्न भएको छ । कार्यक्रममा जैमिनी नगरपालिका अन्तरगत पर्ने सम्पुर्ण वडा कमिटी बाट आर्थिक बर्ष 2076/77 मा नगरपालिकामा प्रस्तावित योजना पेश गर्ने गरि रिपोर्टिङ गर्नु भएको छ । वडा कमिटी बाट प्रस्तावको रुपमा आएका योजनाहरु लाई नगर कमिटीले प्राथमिकताको आधारमा नगरपालिका समक्ष पेश गर्ने र त्यसलाइ पुर्णता दिनका लागि निरन्तर पहलकदमी गर्दै समग्र जैमिनी नगरपालिकाको बिकासका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा सधै अग्र मोर्चामा उभिने नगर कमिटी अध्यक्ष इन्द्र थापाले प्रतिबद्धता गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रथम बैठकमा सपथ लिन छुट्नु भएका नगर कमिटी सदस्य हरुलाइ सपथ ग्रहण गराँउदै पार्टीकाे निति ,सिद्धान्त विधिमा आधारित भै जनहितमा काम गर्न, पार्टीको गोपनियता लाई कायम गर्दै सुखी नेपाली समृद्ध नेपाल निर्माण जुटनका लागि सम्पुर्ण कमिटी तथा जनप्रतिनिधि हरुलाइ निर्देशनात्मक दिशानिर्देश गर्नु भयो ।
जिल्ला कमिटी सचिब ज्ञामनाथ गैरेले पार्टीको संगठानिक तथा दार्शनिक पक्षमा स्पष्ट पार्दै आफ्नो मन्तव्य राख्नु भयो । प्रदेश कमिटी सदस्य तथा जैमिनी नगरपालिकाका उप प्रमुख लिला रानाले नेकपाको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ आत्मसात गर्दै जनताको पक्षमा र जैमिनी नगरपालिकाको समग्र बिकासमा दृणपुर्बक काम गर्ने प्रतिबद्धता सहित आफ्ना भनाइ राख्नु भयो । साथै प्रदेश कमिटी सदस्य लाल बहादुर परिवारले शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर कमिटी अध्यक्ष इन्द्र थापाको अध्यक्षता , सचिब झमन पाण्डेको संचालन र नगर कमिटी सदस्य तथा जैमिनी नगर कार्यपालिका सदस्य क लक्ष्मी किसान नेपालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको नेकपा जैमिनी नगर कमिटी सदस्य शिव शर्माले जानकारी गराउनु भयो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.