जिल्लामा एक हप्ताभरी परेको असिनाले करोडौ रुपैंयाको बालीनाली नष्ट

पर्वत    पर्वत जिल्लामा एक हप्ताभरी परेको असिनाले करोडौ रुपैंयाको बालीनाली नष्ट गरेको छ । असिनापानीले पर्वत जिल्लाको सबैजसो भूभागमा ठुलो क्षति पु¥याएको छ । असिनाले सबैभन्दा मकैखेतीमा असर पारेको छ । असिनाको चुटाईबाट भाँचिएका मकै अब पलाउनै नसक्ने गरि माटोमा मिसाईदिएको छ । मकैसखाप बनेपछि बीउ पनि जोगिएको छैन शंकरपोखरी, राम्जा, पकुवा, आर्थर लगायतका गाउँहरुमा । शंकरपोखरीमा सय बर्षपछिे भीषण असिनापानीले क्षति पु¥याएको छ । खेतमा घोगा लागेको र बारीमा हर्लक्क बढेको मकै माटोमा मिलेपछि पिडीतहरुलाई भोकमरीको चिन्ताले सताउन थालेको छ शंकरपोखरीका स्थानियबासीमा । असिनाले शंकरपोखरीको पुर्कोट, चाम्लाखेत, थुम्का, थापाथर, भैरबथान, भलपोखरा, देउपुजा लगायतका बस्तीमा लगाएको मकै, तरकारी, फलफु पुर्णरुपमा नष्ट भएको छ । यी बस्तीहरुमा खाद्यान्न, तरकारीबाली पुर्णरुपमा नष्ट भएको छ भने छिमेकी बस्तीहरुमा पनि ५० प्रतिशत भन्दा बढी क्षति पु¥याएको स्थलगत अनुगमनका क्रममा देखिएको छ । आर्थर, पकुवा, राम्जा, बाजुङ्ग लगायतका गाउँमा पनि मकैबाली र करोडौ लगानी गरेका मोडेल कृषि फर्महरुमा क्षति पु¥याएको छ ।
पर्वत जिल्लामा असिनाले यो बर्ष सबैजसो भूभागमा सबैभन्दा बढी क्षति पु¥याएको छ । असिना पानीको यतिठुलो प्रकोपपछि स्थानिय तहले क्षतिको बिबरण संकलन गर्ने काम समेत पुरा गरेका छैनन । कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका पकुवा, राम्जा, आर्थर, चित्रे लगायतका गाउँमा प्रतिनिधीसभाका सदस्य पदम गिरी, कृषि ज्ञानकेन्द्रका बासुदेब रेग्मी सहितको प्राबिधीक टोली पुगेर क्षतिको स्थलगत अनुगमन ग¥यो । फलेबासको शंरपोखरी र आसपासका क्षेत्रमा पु¥याएको क्षतिाको अनुगमन गर्न मेयर पदमपाणी शर्मा, ज्ञानकेन्द्र, मकै जोन देखि अन्य कार्यालयका प्राबिधीकहरु पनि पुगेर अवलोकन गरे । कृषिका कर्मचारी परिचालन गरेर हरेक घरपरिवारको बालीमा पुगेको क्षतिको बिबरण अझै पनि संकलन हुन सकेको छैन । अझै क्षतिको बिबरण संकलन गर्न नसक्दा कृषकले राहत पाउन सकेका छैनन । सानो बाढी पहिरो आउँदा ब्यानर बोकेर राहत संकलन गर्न संघसस्था देखि राजनैतिक दलका भातृ संस्था समेत लाग्छन तर असिनाले कृषकमा भोकमरी समेत आउने अवस्था हुँदा त्यसलाई हल्का हिसाबले हेर्ने काम भएको देखिन्छ । शंकरपोखरीको पुर्कोटको दलित बस्तीमा गरिब दलित परिवारको भएको खेतीपाती सबै असिनाले लगेको छ । मकैको उत्पादन शुन्य हुने र कोदोको बीउ समेत काम नलाग्ने गरि सोत्तर बनेको छ । उनीहरुलाई तत्कालै नभएपनि खाद्यान्नय आवश्यक छ । न त्यसका लागि स्थानिय तहमा रकम छ न सरकारी तबरबाट क्षतिपुर्ती दिलाउनका लागि अहिले सम्म देखिने गरि काम हुन सकेको छ । ज्ञानकेन्द्रले मोडेल फर्मको क्षतिको मुल्याँकन गर्दा सम्म अहिले ४० लाख क्षति देखिन्छ । मकै, तरकारी र फलफुलको क्षति करोडौंको भएको छ । मुख्यबाली सखाप भएको छ । बाढी पहिरो आउँदा तत्काल उद्दार र राहत संकलन तथा बितरणका लागि जिल्ला दैबीप्रकोप उद्दार समितिको बैठक बसेर क्षतिको मुल्याँकन गर्दै सिफारिस गर्ने काममा ढिलाई भैसकेको छ । क्षतिको बिबरण संकलनमा जति ढिलाई भएकै कारण कृषकले राहत पाउने कुरामा पनि समस्या देखिन्छ ।
मुलुकमा जलबायु परिर्वतनको असर अहिले असिना पर्नुमा पनि भएको बिज्ञहरु बताउँछन । धुवाँ, धुलोका कारण बायुमण्डलमा प्रदुषण फैलिएको छ । लामो खडेरी नपरेका कारण बायुमण्डलमा चिसो मात्रा बढ्ेका कारण अहिले असिनाको प्रकोप बढी भएको देखिन्छ । असिनाले बर्षेनी बालीनालीमा क्षति पु¥याउँछ । कृषकहरुमा बालीको बिमा गर्ने चलन नगन्य छ । ठुला फर्महरुले बिमा गरेपनि आफ्नो खेतबारीमा लगाउने बालीको बिमा नै हुँदैन । सरकारबाट राहतमा दुई चार पोका तरकारीका बीउ पाउने गरेको बिगतको इतिहाँस छ । यसले गर्दा कृषकहरु बर्षेनी मारमा पर्दै आएका छन । कृषकहरुलाई मारमा पर्न नदिनका लागि हरेक पालिकाहरुले राहतकोषको ब्यबस्था गर्नुपर्ने देखिएको छ भने प्रदेश र केन्द्र सरकारले पनि कृषक राहतकोष बनाउन जरुरी छ । बाढी, पहिरो, आगलागी, भूकम्प जस्ता प्रकोपको बेला राहत बितरण गर्न राहत कोषहरु छन तर कृषकलाई मार पर्दा कुनै कोष नै नभएको अबस्थामा कृषक राहतकोषको आवश्यकता देखिएको छ। यसबारेमा सबै निकायले ध्यान दिन जरुरी छ ।
न्युकालीगण्डकी दैनिकको सम्पादकीय साभार गरेका हौ

You might also like More from author

Leave A Reply