विधेयकको आज पर्बतका पत्रकारले पनि बिरोध कार्यक्रम गर्दै छौ :सचिब गिरी

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

पर्वत । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै पर्वतका पत्रकारहरु आन्दोलीत बनेका छन । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले घोषणा गरेको विरोधका कार्यक्रमलाई साथ दिदै पर्वतका पत्रकार पनि आन्दोलनमा उत्रेका हुन । पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीका अनुसार आज दिउँसो ११ बजे जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम तय भएकोछ ।

सञ्चारकर्मीहरुले आफ्ना आफ्ना सञ्चार सामाग्रीहरु सहित जिल्ला प्रशासन कार्यालयको गेट अगाडि विधेयकका केहि बुँदाहरु प्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको सचिव गिरीले बताए । उनले पत्रकारहरुको लेखकीय अधिकार प्रति हस्तक्षेप हुने गरी ल्याइएको विधेयकलाई सच्चाउनका लागि माग गर्दै पत्रकारहरु आन्दोलीत बनेको बताए ।पत्रकारले समाचार लेखेकै भरमा २५ हजार देखि १० लाख रुपैंया जरिवाना तोकिनु स्वतन्त्र प्रेस माथिको कुठराघात भएकोले पत्रकारहरु आन्दोलनमा होमिनुपरेको गिरीको भनाई छ । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अगुवाईमा पहिलो चरणको आन्दोलन बमोजीम उक्त विरोध प्रदर्शन हुन लागेको हो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.