भुतपुर्व बिद्यार्थी मञ्च श्री स्वधर्म माबिको ९ औ वार्षिक उत्सब भव्यताका साथ सम्पन्न । फेरी बाड्यो शैक्षिक सामाग्री

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

पर्वत महाशिला, स्थपना देखी बिद्यालयको चौतर्फी बिकाशको लागि कृयाशिल हुँदै आएको सस्था भुतपुर्व बिद्यार्थी मञ्च श्री स्वधर्म माबि पाखापानी पर्वतको ९ औ वार्षिक उत्सब कार्यक्रम बिद्यालयमा भब्यरुपमा सम्पन्ह भएको छ ।
मञ्चका कार्यबाहक अध्यक्ष राजु अधिकारि को सभापतित्व र बिद्यालयका शिक्षाक सेसकान्त शर्माको सञ्चालनमा भएको कार्यक्रम मा महाशिला गाउँ पालिका का प्रमुख राजु पौडेल को प्रमुख आथिथ्यता रहेको थियो । पालिकामा ५ वटै वार्ड अध्यक्ष सहित बिभिन्न संघ सस्था ब्यक्ती बिशेष हरुलाई निमन्त्रणा गरी मनाईएको वार्षिक उत्सब कार्यक्रम दिप प्रज्वलन गरी उदघाटन गरी पालिका प्रमुख राजु पौडेल ले ब्यानर खोली मञ्चको आर्थिक सहयोग मा मञ्चले सञ्चालन गरेको अतिरिक्त कश्याको औपचारिक उदघाटन गरेका थिय । स्थापना देखी उल्लेख्य रुपमा बिद्यार्थीहरुलाई शैक्षिक पुरस्कार दिदै आएको सस्थाले २० जना बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो भने अतिरिक्त कश्याको लागि पुन झन्डै १० हजार बराबर को शैक्षिक सामाग्री बिद्यालयलाई हस्तान्तरण गरेको थियो ।

60347346_354575185197197_6481204627185336320_n

बिद्यालयकी शिक्षिका एबम पुर्व बिद्यार्थी मातृका भण्डारीले स्वागत मन्तब्य दिएको कार्यक्रम मा प्रमुख अतिथी राजु पौडेल वार्ड अध्यक्ष पूर्ण मल्ल ब्याबस्थापन समितिका अध्यक्ष भक्तराज सुबेदी प्र अ अमृत प्रशाद सुबेदी राम बहादुर रेग्मीले मञ्चले बिद्यालयको बिकाशमा गरेको उल्लेख्य कार्यको प्रसम्शा गर्दै आगामी दिनमा मञ्च अझै कृयाशिल भएर काम गरोस् भन्ने धारणा राख्दै वार्षिक उत्सबको शुभकामना दिएका थिए । मञ्चको सामाजिक अभियान मा सहयोग प्रदान गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको कार्यक्रम मा मञ्चले हरेक साल प्रदान गर्ने शैक्षिक पुरस्कार यो बर्ष २० जनालाई प्रदान गरिएको थियो । कार्यक्रम मा मञ्च ले सञ्चालन गरेको गुणात्मक शिक्षाको लागि अतिरिक्त कक्ष्यालाई सबैले राम्रो कार्य भनी सहयोग र प्रसम्शा गरेका थिए भने शैक्षिक सामाग्री प्रदान गरेर उक्त कक्ष्याको औपचारिक उदघाटन गरिएको थियो ।
वार्षिक उत्सबको अबसर पारेर मञ्चलाई राम बहादुर भण्डारी ले चार हजार र ब्रदर्स युवा क्लब ले २००५ आर्थिक सहयोग प्रदान गरेका थिए ।बिद्यालयमा भुपु बिद्यार्थी मञ्चले आयोजना गर्ने रचनात्मक कार्यक्रम र अध्यापनको क्रम मा कर्तब्य निस्ठ शिक्षकको रुपमा भूमिका निभाएकोमा शिक्षक सुनिल छेत्रीलाई सम्मान पत्र,मायाको चिनो र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.