फलेवासमा मेयर कप सुरु ,मेयर कप जित्ने समुहलाई ३० हजार पुरस्कार

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

पर्वत,, पर्वतको फलेवास नगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम संचालन भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता वैशाख २७ देखि २९ गतेसम्म संचालन गरिने भएको हो ।  प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाको सहभागिता रहने बताईएको छ । नगर भित्र रहेका खेल प्रतिभाहरुको खोजी गर्ने तथा उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताले सहयोग पुग्ने नगरप्रमुख शर्माको भनाई छ । प्रतियोगितामा प्रथम लाई ३० हजार दितिय लाई २० हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार राशि रहेको छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.