फलेवासमा आयोजित मेयर कप धुमधामका साथ् सम्पन्न

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

लकास सुबेदी फलेवास  पर्वतको फलेवास ६ देविस्थान माझीगाउँ चौरमा संचालित राष्ट्रपति रनिङ सिल्ड बिधालय स्तरीय खेलकुद प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । “खेलकुद बिकासमा सबैको साझेदारी,समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी” भन्ने मुल नारासंगै फलेवास नगरपालिकाको आयोजनामा यही बैशाख २७ गतेदेखि संचालित प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।राष्ट्रपति रनिङ सिल्ड वार्ड न ५ खानीगाउँ स्थित भवानी बिधापिठ माबिले जित्न सफल भएको छ भने प्रथम मेयर कप वार्ड न ६ देविस्थानले जितेको छ ।बिधालय स्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फ जनता माबि देविस्थान प्रथम, थापाठाना माबि थापाठाना दिर्तिय र सिद्ध माबि पाङराङ तिर्तिय भएका छन । छात्रातर्फ धुर्व नमुना माबि प्रथम, भवानी बिधापिठ माबि दिर्तिय र फलेवास मोडेल अंग्रेजि आवसिय माबि तृतीय भएका छ्न ।प्रतियोगितामा प्रथम,दिर्तिय र तृतीय हुनेले क्रमशः १५ हजार,१२ हजार र ९ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा जनता माबिका समिर कुवर र धुर्व नमुना माबिका मनिषा सुनार उत्कृष्ट खेलाडी हुनुभयो भने सिद्ध माबिका सुशान्त बिक र भवानी बिधापिठ माबिका सुरक्षा नेपाली अनुशासित खेलाडी छनोट हुनुभयो ।मेयर कप वार्ड स्तरीय भलिबल प्रतियोगितामा वार्ड न ६ देविस्थान प्रथम, ७ लिमिठाना दिर्तिय र ८ ठानामौला तृतीय भएका छन् । फुटबलतर्फ देविस्थान प्रथम, ठानामौला दिर्तिय र मुडिकुवा तृतीय भएका छ्न । प्रथम,दिर्तिय र तृतीय हुनेले क्रमशः ३० हजार,२० हजार र १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
मेयर कपमा भलिबलतर्फ देविस्थानका गिरिराज शर्मा र फुटबलमा रोशन श्रेष्ठ उत्कृष्ट खेलाडी बन्नुभयो भने भलिबलमा लिमिठानाका सुमन परियार र फुटबलमा ठानामौलाका मनोज कुवर अनुशासित खेलाडी छनोट हुनुभयो ।प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाको सहभागिता रहको थियो । प्रतियोगितामा विद्यालय स्तरीय फुटबल,भलिबल, एथलेटिक्स,तेक्वान्दो लगाएका खेलहरु भएका थिए ।

एथलेटिक्स तर्फ प्रथम,दिर्तिय र तृतीय हुने बिद्यालय र बिद्यार्थीहरु ज्याभलिन थ्रो छात्रातर्फ धुर्व नमुना माबिका सुस्मा सुनार प्रथम, फलेवास मोडेलका खुसी श्रेष्ठ दिर्तिय, र त्रिभुवन माबिका डिल कुमारी थापा तृतीय हुनुभयो भने छात्रतर्फ थापाठाना माबिका सबिन थापा मगर प्रथम, जनता माबिका भिम नेपाली दिर्तिय, भवानी बिधापिठ माबिका सुदिप नेपाली तृतीय भएका छन ।
समग्र एथलेटिक्समा जनता माबिकी सरस्वती कुवर र सबिन थापा मगर उत्कृष्ट खेलाडी बन्नुभयो भने राम माबिका सुमित्रा नेपाली र भवानी माबिका निकेश परियार अनुशासित खेलाडी बन्नुभयो ।सटफुट थ्रो छात्रतर्फ थापाठाना माबिका सबिन थापा मगर प्रथम, भवानी बिधापिठ माबिका रन्जित परियार दिर्तिय, ग्रामोदय माबिका रबिन नेपालि तृतीय हुनुभयो भने छात्रातर्फ धुर्व नमुना माबिका सुस्मा सुनार ,भवनी बिधापिठ माबिका समिक्षा नेपाली र शारदा माबिका सीता कुवर र फलेवास मोडेलका मुस्कान कुवर क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो ।त्रिपलजम्प छात्रातर्फ त्रिभुवन माबिका कोपिला भुसाल,भवानी बिधापिठ माबिका स्नेह बिक र राम माबिका आकृति सुनार क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो । छात्रतर्फ माटेदेवल जनसहयोगी माबिका सन्देश नेपाली, भवानी बिधापिठ माबिका निकेश परियार र थापाठाना माबिका नविन क्षेत्री क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो लङजम्प छात्रतर्फ भवनी बिधापिठ माबिका निकेश परियार, जनता माबिका समीर कुवर र थापाठाना माबिका विशाल थापाक्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो भने छात्रातर्फ त्रिभुवन माबिका सोनिया कार्की, अन्नपूर्ण माबिका सबिता सुवेदी र माटेदेवल जनसहयोगी माबिका ममिता नेपाली क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो ।हाईजम्प छात्रातर्फ अन्नपूर्ण माबिका सबिता नेपाली,भवानी माबिका रन्जिता परियार धुर्वनमुना माबिका सुनिता सुनार र छात्रतर्फ ग्रामोदय माबिका बिष्णु बहादुर क्षेत्री, जनज्योति माबिका सुजन नेपाली र थापाठाना माबिका नविन नेपाली क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो ।१००=४ रिलेदौड छात्रातर्फ जनता माबि,धुर्व नमुना माबि,अन्नपूर्ण माबि, माटेदेवल जनसहयोगी माबि र छात्रतर्फ थापाठाना माबि, भवानी बिधापिठ माबि र जनता माबि क्रमशः प्रथम,दिर्तिय र तृतीय भए ।
१५०० मि. दौड छात्रातर्फ जनता माबिका सरस्वती कुवर, त्रिभुवन माबिका सम्झना पौडेल, धुर्व नमुना माबिका र पुष्प शर्मा तथा छात्रतर्फ भवानी बिधापिठ माबिका जिवनाथ रिजाल, ग्रामोदय माबिका युवराज क्षेत्री र जनता माबिका विजय कुवर क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो ।त्यस्तै ८०० मिटर दौड छात्रतर्फ भवानी माबिका महेन्द्र परियार, थापाठाना माबिका आशिष कुवर र शारदा माबिका हरि चपाई तथा छात्रातर्फ जनता माबिका सरस्वती कुवर, अन्नपूर्ण माबिका सविता कुवर र जन सहयोगी माबिका नविना लामिछाने क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो ।त्यस्तै ४०० मिटर दौड छात्रतर्फ थापाठाना माबिका शिव थापा, शारदा माबिका टेक बहादुर गुरुङ र धुर्व नमुना माबिका प्रदिप सुवेदी तथा छात्रातर्फ त्रिभुवन माबिका करिना परियार, जनता माबिका समिता थापा र सिद्ध माबिका शिला कुवर क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो ।२०० मिटर दौड छात्रतर्फ शारदा माबिका अनिल थापा, भवानी बिधापिठ माबिका भरत उप्रेती र अन्नपूर्ण माबिका देवेश श्रेष्ठ तथा छात्रातर्फ राम माबिका सुमित्रा नेपाली, जनता माबिका संचिता नेपाली र भवानी बिधापिठ माबिका क्रमशः प्रथम,दिर्तिय र तृतीय हुनुभयो ।

तेकवान्दो प्रतियोगितर्फ प्रथम,दिर्तिय र तृतीय हुने बिद्यालय र बिद्यार्थीहरुविद्यालय स्तरीय तेकवान्दो खेलको पुरुषतर्फ १८–२२ केजी तौल समुहमा मोडल अंग्रेजी आवासिय मा.वि. स्कुलमा अध्ययनरत छात्र समिप थापा प्रथम भएका छन् । द्धितीय सोही विद्यालयका सोनु माझी, तृतिय भवानी विद्यापीठ खानीगाउँका साईल राना भएका छन् ।
तेकवान्दो २४–४८ केजी तौल समुहमा शिशु निकेतन प्रा.वि.का छात्र मन्दीप श्रेष्ठ, द्धितीय मोडल अंग्रेजी आवासिय मा.वि.का सस्विन श्रेष्ठ, शिशु निकेतन प्रा.वि.का प्रवेश चापागाई तृतिय भएका छन् ।२८–३० केजी तौल समुहमा शिशु निकेतन प्रा.वि.काआरुष सुनार, द्धितिय भवानी विद्यापीठका सञ्जय नेपाली, मोडल अंग्रेजी आवासिय मा.वि.का रञ्जिल घिमिरे तृतिय भएका छन् ।
यस्तै ३०–३२ केजी तौल समुहमा प्रथम शिशु निकेतन प्रा.वि.का दिपेश सुनार, द्धितिय मोडल अंग्रेजी आवासिय मा.वि.का सौगात कुँवर र तृतीय सोही विद्यालयका अजित श्रेष्ठ भएका छन् ।
३४–३६ केजी तौल समुहमा भवानी विद्यापीठ माविका अमित परियार, शिशु निकेतन प्रा.वि.का मौसम थापा द्धितिय र जनता मा.वि. देविस्थानका सफल माझी तृतिय भएका छन् ।४३–४५ केजी तौल समुहमा जनता माविका अनिश कुँवर, मोडल अंग्रेजी आवासिय माविका मिलन कुँवर द्धितिय भएका छन् ।यस्तै ५०–५४ केजी तौल समुहमा भवानी विद्यापीठका सन्दिप परियार प्रथम, जनता माविका दिपक परियार द्धितिय र जनता माविकै विजय कुँवर तृतिय भएका छन् ।५८–६२ केजी तौल समुह माटेदेवल प्राविधक तथा व्यवसायिक मावि मुडिकुवाका अमृत सुनार प्रथम, जनता माविका भिम नेपाली द्धितिय र माटेदेवलकै राम सुनार तृतिय भएका छन् ।८०–८५ केजी तौल समुहमा मोडल अंग्रेजी आवासिय माविका अमित थापा प्रथम, मोडलकै ईम्रोज श्रेष्ठ द्धितिय भएका छन् ।
तेकवान्दो महिलातर्फ १८–२२ केजी तौल समुहमा चन्दनी प्र.वि. देविस्थानकी विनिता कुमाल प्रथम, मोडल अंग्रेजी आवासिय माविका स्वस्तिका क्षेत्री द्धितिय भएका छन् ।२८–३० केजी तौल समुहमा मोडल अंग्रेजी आवासिय माविकी छात्रा विविसा श्रेष्ठ प्रथम, भवानी विद्यापीठका स्मृति सुनार द्धितिय भएका छन् ।
३६–४० केजी तौल समुहमा जनता माविका छात्रा समितिा थापा प्रथम भवानी विद्यापीठका नन्दनी परियार द्धितिय र जनता माविकै प्रतिभा पन्त तृतिय भएका छन् ।४७–५० केजी तौल समुहमा भवानी विद्यापीठका स्नेहा सुनार प्रथगम, जनता माविकी खुस्वु माझी द्धितिय र भवानी विद्यापीठका रञ्जिता परियार तृतिय भएका छन् ।तेकवान्दा पुरुषतर्फ १८–२२ केजी तौल समुहका समीप थापा उत्कृष्ठ खेलाडी भएका छन् भने महिला तर्फ २८–३० केजी तौल समुहकी विविसा श्रेष्ठ उत्कृष्ठ भएकी छन् ।

खेलकुद र खेलाडीहरुको विकासमा जुट्छौ -नगरप्रमुख शर्मा

समापन कार्यक्रम बोल्दै नगरप्रमुख पदमपाणी शर्माले फलेवासको खेलकुद विकासमा यो प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै उत्कृष्ट खेलाडी छनोटमा मद्दत पुगेको बताउनुभयो । नगरप्रमुख शर्माले भन्नुभयो “ कहि कतै खेलकुद भएर बोलाएपनि नगरबाट कसलाई छनोट गर्ने भन्ने समस्य थियो, अब सबै खेलमा खेलाडी छनोट गर्न सजिलो हुने भएको छ, यो प्रतियोगिताको नतिजाले नगरको उत्कृष्ट खेलाडीहरुको खोजी र पहिचान भएको छ”।
खेलाडीहरुको उत्कृष्ट खेल देखेर खेलाडीहरुको प्रसंशा गर्दै आगमी दिनमा खेलाडिको उच्च सम्मान गर्दै उनिहरुलाई सहि तरिकाले ब्यावस्थापन गर्ने शर्माले बताउनुभयो । उक्त खेलकुद प्रतियोगिता ऐतिहासिक भएको बताउदै खेलाडीहरुले आफ्नो प्रतिभालाई सधैंव क्रियाशिल राख्नुपर्ने बताउनुभयो ।
खेल र खेलाडीहरुको विकासका लागि १ वार्ड १ खेल मैदान स्थापना गरिने बताउदै खेलकुदको विकासका लागि आगामी बजेटमा प्राथमिकता दिइने बताउनुभयो । शर्माको भनाई छ ।
खेलकुदको विकासबाट नै कयौं रास्ट्रहरु विकासित भएको उदाहरण पेस गर्दै खेलकुदको विकासबाट नै मुलुकको समृद्धिको आधार तयार हुने बताउनुभयो ।
नगर प्रमुख शर्माले प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि आफ्नो तवरबाट उल्लेखनीय भुमिका निर्वाह गर्ने खेलकुद संयोजक,उपसमितिहरु लगाएत सम्पुर्ण तह र तप्काहरुबाट सहयोग र्पुयाउनुहुने महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नगरको विकास र समृद्धिका लागि महत्त्वपूर्ण कार्यहरू भैरहेको बताउदै सबैलाई सकारात्मक सहयोग गर्न नगरप्रमुख शर्माले आग्रह गर्नुभयो ।
नगरउपप्रमुख मन्जु अधिकारिले अनुशासन खेलाडीको गहना भएको हुदा खेलाडी सधैं अनुशासित, व्यबहारिक र मर्या्दित भएर खेल खेल्नुपर्ने बताउनुभयो । खेल खेल्ने क्रममा हार जित स्वाभाविक हुने बताउदै खेलाडीहरुले कुनै पनि कुरामा मनमा इख पाल्न नहुने बताउनुभयो ।
देश विकासमा युवाहरूको मुख्य भुमिका रहने बताउदै सबै युवाहरूलाई फलेवासको समृद्धिका लागि एकजुट हुन आह्वान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले शारीरिक तन्दुरुस्त तथा भावनात्मक एकतालाई मजबुत बनाउन खेलकुदले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेकपा फलेवास नगर कमिटी अध्यक्ष पिताम्बर घिमिरे फलेवास नगरभित्रका खेलाडीहरुले जहाँ गएर खेल खेलेता पनि उत्कृष्ट खेल प्रदशन गर्दै सधैं फलेवासको इज्जत राख्नेगरी खेल खेल्नुपर्ने बताउनुभयो ।

प्रतियोगिता संचालनका क्रममा विभिन्न चुनौतीहरु पार गर्दै गौरवमय तरिकाले प्रतियोगिता सम्पन्न गर्न सफल भएको नगर स्तरीय खेलकुद समितिका संयोजक नेत्र बहादुर बिश्वकर्माले बताउनुभयो ।
राष्ट्रपति रनिङ सिल्ड बिधालय स्तरीय खेलकुद प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद प्रतियोगितामा प्रथम,दिर्तिय र तृतीय भएका सम्पुर्ण बिद्यार्थी तथा खेलाडीहरुलाई नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिका सदस्यहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगाएले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।२९ गते समापन गरिने भनिएको प्रतियोगिता खराब मौसमका कारण ३१ गते सम्पन्न भएको हो ।
उक्त प्रतियोगिताको बैशाख २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।
नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको संचालन नगरपालिकाका योजना व्यावस्थापक देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.