प्रधानमन्त्रीको चासोको बिषय महाशिलाको फलामखानी, आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुने प्रतिबद्धता

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

दिपेश विश्वकर्मा पर्वत,
नेपाल सरकार उद्योग मन्त्रालय खानी विभागको आयोजनामा इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ मा महाशिला गाउँपालिका ५ र ६ मा अवस्थित फलामखानीको फलाम मिश्रित ढुङ्गा प्रदशनीमा राखिएको छ। नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले उद्घाटन गर्नुभएको उक्त एक्स्पोमा महाशिलाको को फलामखानीको बिषयमा निकै चासोको पुर्वक उहाँले अवलोकन गर्नु भएको उक्त कार्यक्रममा सहभागि महाशिला गाउँपालिका वडा न ५ का अध्यक्ष एव प्रवक्ता जिवन उच्चै ठकुरीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि फलामखानीको अनुसन्धान र उत्खनन समेटिएको हुदाँ यस फलामखानीको उत्खननको बिषयमा महाशिला गाउँपालिका निकै उत्साहित रहेको छ । ुउच्चैले भन्नुभयो प्युठाने बन्दुकको नाल देखी पर्वत स्थित मोदिखोलाको पुलको लठामा समेत यस्को प्रयोग गरिएको कुरा पनि सम्माननिय प्रधानमन्त्रीलाई उक्त एक्स्पोमा जानकारी गराएका थियौँ, मन्तव्यको क्रममा उहाँले यसको सम्भाव्य अध्ययन र उत्खननको लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुने प्रतिबद्धता समेत गर्नु भएको छ ।ु ‘फलाम खानी छ भन्ने मात्र थियो, प्रचारप्रसारका कारण यत्तिकै रहँदा उत्खनन हुन्छ, हुँदैन भन्ने अन्यौलमा थियौँ, अहिले सरकारले चासोका साथ आगामी आर्थिक वर्षदेखि नै उत्पादन गर्नेभन्ने सुन्दा हामी खुशी छौँ,’ महाशिला लङखुका स्थानिय गंगा बहादुर विकले भने, ‘अब यो पहाडमा विकास हुने आशा जागेको छ । फलामखानीको उत्पादन शुरु गर्नुपूर्व यस क्षेत्रमा सडक, विद्युत्, खानेपानी रोजगारको सुविधा होला भन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी भएका हुन ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.