पोखरा आएका पर्यटकलाई गाउँ पुर्याउने हो :मन्त्रि लम्साल

पर्वत / गण्डकी प्रदेशले ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बताउनुभएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कमा सञ्चालित तीन वटा घरबास(होमस्टे)को अवलोकन गर्दै मन्त्री लम्सालले प्रदेशको सम्बृद्धिको आधार पर्यटन भएकाले ग्रामिण पर्यटन प्रर्बद्धनलाई पहिलो प्राथमिकता दिएको बताउनुभएको हो । गण्डकी प्रदेशको सम्बृद्धिको पहिलो आधार पर्यटन भएकाले पोखरामा आउने पर्यटकहरुको बसाई लम्ब्याउन र नयाँ गन्तब्य बिकास गर्न ग्रामिण पर्यटनलाई जोड दिइएको भनाई मन्त्री लम्सालको छ । ‘पोखराले मात्रै अब आउने पर्यटकको चाप धान्न सक्दैन’ उहाँले भन्नुभयो ‘पोखरा नजिक रहेका बस्तीहरुमा पर्यटक पु¥याउन सक्दा पर्यटनको बिकास संगै स्थानियमा रोजगारीको अवसर समेत सृजना गर्न सकिन्छ’ पोखरा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालन पछि पोखरा आउने पर्यटकको संख्या २० लाख पुग्ने अनुमान सहित थप ग्रामिण पर्यटकीय गन्तब्य बिकास गर्न लागिएको छ । ग्रामिण पर्यटनले रोजगारी समेत सृजना गर्दा गरिवी घटाउन र बिदेश पलायन रोक्न सकिने भनाई उहाँको छ ।

गण्डकी प्रदेशसले यस बर्ष पहिलो चरणमा १ सय ९० होमस्टेलाई सुधार गर्न प्रदेशले १०,१० लाखका रुपमा अनुदान दिएको छ भने थप ८४ वटा होमस्टेलाई समेत अनुदान दिई २ सय ७४ होमस्टे प्रर्बद्धन गरिसकेको छ । अनुदान लिएका होमस्टेहरुले पर्यटकमैत्री स्थल, पुर्वाधार तथा बिभिन्न क्षेत्रमा खर्च गर्दै आइरहेका छन । सन २०२२ लाई गण्डकी प्रदेशले अन्तराष्ट्रियस्तरको प्रदेश भ्रमण बर्ष मनाउन लागेको छ । त्यस त्यस अबधी सम्म प्रदेशले ३ सय ५० भन्दा बढी होमस्टेको बिकास गर्ने लक्ष्य राखेको छ । ग्रामिण पर्यटनको बिकास हुँदा होमस्टे सञ्चालक देखि स्थानियबासी सम्मले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने तथा गाउँ छाडेर गएकाहरु समेत फर्केर ग्रामिण बस्ती गुल्जार बन्ने बिश्वास प्रदेशले लिएको उहाँको भनाई छ ।
अहिले पनि ग्रामिण होमस्टेहरुले स्थानिय उत्पादन, स्थानिय परिकार र स्थानिय संस्कृति पर्यटकका लागि पस्कन नसकेकोले अब प्रदेश सरकारले स्थानिय मौलिक संस्कृति र पहिचान स्थापित गराउन होमस्टेहरुको सुधार गर्न थप लगानी गर्ने मन्त्री लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तालिम, अनुदान र पछि बिशेष प्याकेजकै आधारमा कार्यक्रम ल्याइने छ । पर्वतको कुस्मा नगरपालिका १४ आर्थरमा सुनाखरी, पञ्चकोशी र पञ्चासे काहुले होमस्स्टे सञ्चालनमा छन । यी होमस्टेले अहिले आन्तरिक पर्यटकलाई सुबिधा दिने र पञ्चासे नजिक भएका कारण बाह्य पर्यटक ल्याउने वातावरण बनेपछि त्यसका लागि पुर्बाधारको बिकास गर्न थालेको पञ्चासे काहुले होमस्टेका अध्यक्ष मेखबहाुर गुरुङ्गले बताउनुभयो । सो अवसरमा मन्त्री लम्सालले तीन सय बर्ष पुरानो सङ्ग, दङ्ग दोर्जे छोलिङ्ग गुम्बा, पञ्चकोशी आमा समुहले निर्माण गर्दै आएको सुबिधा सम्पन्न पाहुना घर लगायतका पर्यटकीय पुर्बाधारको अनुगमन गर्नुभएको थियो । स्थानियले गुरुङ्ग संग्रालय, भञ्याङ्ग देखि साइकललेन सहितको पक्की सडक, फुलबारी आर्थर सडक, पञ्चासेबाट आर्थर सम्म प्याराग्लाईडिङ्ग उडान गराउन आवश्यक पहल गर्न सके पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने जानकारी गराएका थिए ।

You might also like More from author

Leave A Reply