पर्वतको ठुलीपोखरीमा पोखरी संरक्षणका लागि बन्यो संरक्षण समिति

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको मानव निर्मित ऐतिहासिक ठुलो पोखरीको संरक्षण गर्न थालिएको छ ।पोखरी संरक्षणका लागि चालु आर्थिक वर्षमै गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयवाट रकम बिनीयोजन भएपछि काम शुरु गर्न लागिएको हो । पोखरीलाई ममंत संभार गरी बाह्रै महिना पानी अडाउनका लागि चालु आर्थिक वर्षभित्रै काम सक्नेगरी तयारी भैरहेको छ ।यसैबीच ठुलीपोखरीमा सम्पन्न सरोकारवालाहरुको भेलाले ढाकाराम सापकोटाको अध्यक्षतामा ११ सदस्यीय ठुलीपोखरी संरक्षण समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा युगनाथ पौडेल, सचिबमा बाबुराम पौडेल र कोषाध्यक्षमा सर्मिला सुवेदी रहनुभएको छ । समितिका सदस्यहरुमा गुमाकुमारी शर्मा, लक्ष्मी सुनार, विनबहादुर विक, नारायण विक, टंक लामिछाने, भिमबहादुर विक र राजेश्वर सुवेदी रहनुभएको छ ।त्यसैगरी मेघनाथ सुवेदीको संयोजकत्वमा सल्लाहार समिति समेत चयन गरिएको छ । जसमा वडा अध्यक्ष राजेन्द्र पौडेल, हरिप्रसाद लामिछाने, हेमराज सापकोटा, कुमार सुवेदी र गणेश पौडेल रहनुभएको छ ।
करिब एक सय वर्ष भन्दा अघि निर्माण भएको उक्त पोखरी संरक्षणको अभावमा पुरिदै जान थालेको थियो । पोखरीलाई मर्मत गरी बाह्र्रैमास पानी रहने, मन्दिर निर्माण गर्ने लगायत पर्यटकीय दृष्टिकोणले विकास गर्ने लक्ष्य राखिएको छ । उक्त पोखरीको संरक्षण कार्यको शिलन्यास जेठ १० गतेदेखि शुरु गर्ने तयारी भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलन्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । पोखरी सँगै ठुलीपोखरी खानेपानी तथा सरसफाई आयोजनाको पनि शिलन्यास गर्ने कार्यक्रम रहेको ठुलीपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

You might also like More from author

Leave A Reply