पर्वतको अर्मादी–बनौ सडक निर्माण कार्यको ,प्रजिअ ढकालद्वारा अनुगमन

पर्वत  पर्वतको कुश्मा नगरपालिका वडा नं. २ अर्मादिस्थित मध्पहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडानं. ९ बनौ जोड्ने अर्मादी–बनौ सडक निर्माण कार्य एक बर्षको ३० प्रतिशत सकिएको छ ।कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वटा वडालाई जोड्नेगरी निर्माण कार्य भैरहेको सडक कालोपत्रे गर्ने काम बर्षाका कारण प्रभावित भएपछि एक बर्षमा ३० प्रतिशत भौतिक प्रगति भएको हो । सडक निर्माण कार्य गएको असारमा सम्झौता भएर शुरु भएको थियो ।एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झण्डै १२ किलोमिटर लामो सडको अहिले सम्म चक्लाबन्दी गर्ने काम सकिएको छ भने स्टक्चर निर्माणको काम भैरहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजना पर्वतले जनाएको छ । ‘निर्माण कार्य सोचे अनुसार नै अगाडी बढेको छ ’आयोजनाका जिल्ला कार्यालय प्रमुख बिजय राना मगर भन्नुहुन्छ‘ काम ढिलो शुरु हुने र हिउँदमा भएको बेमौसमी झरी तथा समय अगाबै प्रि मनसुन शुरु भएका कारण सोचे अनुसार कामको प्रगति केही कम भएको मात्र हो ।’ अहिले सम्म ३७ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको थियो ।


निर्माणका लागि असारमा सम्झौता भएपनि डिजाईन र सर्बेमा दुई महिना थप समय लागेका कारण पनि समयमा काम अगाडी बढाउन नसकिएको आयोजनाका इन्जिनियर प्रेमहरी पराजुलीले जानकारी दिनुभयो । आगामी दुई वर्ष भित्र कालोपत्रे सम्पन्न हुने लक्ष्य.सहित काम भएको र अहिलेको अबस्था रहेमा समयमा काम गर्न कठिनाई नहुने उहाँकाृ भनाई छ । झण्डै ३० करोडको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डि कन्ट्रक्सन प्रालिले निर्माण कार्य गरिरहेको छ । सडकको चौडाई नाली सहित झण्डै ७ मिटर हुनेछ ।
सडक कालोपत्रे भएपछि पर्वतको साविक खुर्कोट, पाङ्ग र बनौ गाविसका बासिन्दाहरु लाभान्वित हुने भएका छन् । हिउँदमा धुलाम्मे र बर्षायाममा हिलाम्मे सडकबाट कठिनपुर्ण यात्रा गर्दै आएका यस क्षेत्रका बासिन्दाहरु सडक कालोपत्रे भएपछि सहज रुपमा यात्रा गर्न पाउने जलजला गाउँपालिका वडा नं. ९ का अध्यक्ष गौबहादुर पुर्जाले जानकारी दिनुभयो । बनौ चिसो ठाउँ भएका कारण सडक कालोपत्रे संगै पर्यटनको बिकास गर्न सकिने र त्यहाँबाट जलजला, हम्पाल क्षेत्रमा पदयात्रामा जाने पर्यटकलाई समेत सहज हुने छ । आलु उत्पादनको पकेट क्षेत्र समेत भएका कराण यहाँ उत्पादित आलुले सहज रुपमा बजार पाउनेछ ।
पर्वतका दोविल्ला–फलेवास, मुडिकुवा– लुंखु सडक पनि कालोपत्रे हुने चरणमा रहेका छन् । दोविल्ला–फलेवास र मुडिकुवा–लमाए सडकको अधिकांस भाग कालोपत्रे भैसकेको छ भिने लमाए–लुंखु सडकपनि कालोपत्रेको चरणमा रहेको छ ।

प्रजिअ ढकालद्वारा अनुगमन 
यसैबिच सडक निर्माण कार्यको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । सडक निर्माणका क्रममा स्थानियबासीका घर संरचनाहरुको क्षतिपुर्ती दिने तथा बिबाद भएका बिषयहरुलाई समाधान गरेर अगाडी बढ्न प्रजिअ ढकालले निर्देशन दिनुभयो । उहाँले सडकको काम तोकिएको मापदण्ड अनुसार तोकिएकै समयमा सम्पन्न गर्न निर्माण गर्न निर्देशन समेत दिनुभयो । आवश्यक समन्वय गरि गतिरोध हटाउने र जनताले सहज ढंगले बिकासको प्रतिफल लिने वातावरण बनाउन आफु सधै अग्रसर हुने आश्वासन समेत दिनुभयो । प्रजिअ ढकालले स्थानियबासीहरु संग समेत अन्तरकृया गर्नुभएको थियो । अनुगमनका क्रममा प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक श्यामु अर्याल, सहायक प्रजिअ छबिलाल सुबेदी, आयोजना जिल्ला कार्यालय प्रमुख बिजय राना मगर , इन्जिनियर प्रेमहरी पराजुली सहितको टोली पुगेको थियो ।

You might also like More from author

Leave A Reply