पर्वतका जुझारु बिधार्थी नेताहरु ,सेनिटरी प्याड बोकेर बिधालयमा पुगे

सेनिटरी प्याड बोकेर बिद्यार्थी नेता पुगे बिद्यालयमा

पर्वत  विद्यार्थी नेताहरु संगठन निर्माणका लागि बिद्यालय तथा शिक्षण संस्थामा पुग्ने गर्दछन । तर पर्वतका बिद्यार्थी नेताहरु बिद्यालयमा सेनिटरी प्याड र शैक्षिक सामाग्री बोकेर पुगेका छन । महिनाबारी हुँदा छात्राहरु बिद्यालयमा आउनै छाड्ने आएका बिद्यार्थीहरु पनि समस्यामा परेको देखेपछि बिद्यार्थी दिवसको अवसर पारेर नेकपा निकट विद्यार्थी नेताहरुले सेनेटरी प्याड वितरण गरेका हुन् । अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटासहितको टोलीले पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको ध्रुव माविमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।अनेरास्ववियू९क्रान्तिकारी० र अनेरास्ववियु पर्वतको संयुक्त आयोजनामा शैक्षिक जागरण अभियान तथा ५४ औं विद्यार्थी दिवसको अवसर पारि शैक्षिक तथा सेनेटरी प्याड वितरण गरिएको हो ।अनेरास्ववियू ९क्रान्तिकारी०का केन्द्रीय सचिव क्षितिज सापकोटाले अझै पनि समाजमा महिनावारी भएको बेला छात्राहरूले विद्यालय छाड्नु पर्ने अवस्था रहेको भन्दै त्यसको अन्त्यका लागि प्रगतिशिल विद्यार्थीहरुको संगठनले शैक्षिक जागरण अभियान अन्तरगत शैक्षिक सामाग्री तथा सेनेटरी प्याड वितरण गरेको बताए । उनले विद्यार्थी दिवसको औचित्य र यसको इतिहास बारे पनि बताए ।
विद्यार्थी भनेको देशको आधार खम्बा भएका कारण सहि समयमा विद्यार्थी नेताहरुले गरेको निर्णयले नै देशको नेतृत्व गतल मार्गमा हिडेको अवस्थामा सहि मार्गमा आउने उनले बताए । उनले सबै विद्यार्थीहरु मिले मात्रै शैक्षिक अभियान र विद्यार्थी दिवस मनाउनुको सार्थकता रहने बताए ।

कार्यक्रममा अनेरास्ववियू ९क्रान्तिकारी०पर्वतका इन्चार्ज तथा केस विजयप्रकाश सापकोटाले राज्यले निशुल्क रुपमा कण्डम वितरण गर्ने तर सेनेटरी प्याड वितरण नगरेको प्रति दुख व्यक्त गरे । उनले महानावरी महिलाहरुको लागि अनिवार्य रुपमा चल्ने प्रक्रिया भएको र यसमा ध्यान नदिदाँ रोगको जोखिम उत्तिकै बढ्ने भएका कारण बेलैमा सजग हुनुपर्ने बताए । साथै शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यक छ भनेका छन्। संविधानमा शिक्षा निःशुल्क गुणस्तरीय शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकारको रुपमा दस्तावेज भएकोले , राज्यले अब सम्पूर्ण शिक्षा क्षेत्र अपनत्व लिन पर्नेमा जोड दिए। गुणस्तरीय तथा बैज्ञानिक शिक्षाले मात्र समाजवादको आधार तय गर्छ। सरकारी बिद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा ( सार्वजनिक पदमा रहेका ब्यक्ति , कर्मचारी र शिक्षकहरूले दलालिकरण गर्नु नै हो। उनले जोड दिदै भने ू आफुले सरकारी बिद्यालयमा शिक्षण गर्ने तर आफ्ना छोराछोरीहरु निजी बिद्यालय मा पढाउने शिक्षकहरु ( अपराधी र शैक्षिक माफिया हुन।ू

पोखरा महानगरपालिका ईकाई अध्यक्ष विशाल तामाङ विद्यार्थीहरु एक जुट हुन सकेमा नै शैक्षिक क्षेत्रमा हुने गरेको अराजकतालाई अन्त्य गर्न सकिने बताए । उनले परिर्वतनका लागि परिर्वतनशिल विद्यार्थीहरु एक हुनुपर्ने बताए ।
अनेरास्ववियु पर्वतका तेज शर्मा को अध्यक्षतामा भएको कार्यक्रमको संचालन लकास सुवेदीले गरेका थिए।

You might also like More from author

Leave A Reply