कुस्मा खरेहाका रामु शर्माले फलाए गाउँमै हिमाली स्याउ

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

पर्वत । पर्वतको फलेवास लिमीठानाका शिक्षक विजयराजले रुख स्याउ फलाएको केही महिना पछाडी सदरमुकामका कृषक रामु शर्माले पनि स्याउ फलाउन सफल भएका छन् । कुस्मा नगरपालिका ७ खरेहाका रामु शर्माले हिमाली उच्च भेगमा फल्ने स्याउ फलाउन सफल भएका हुन् ।

करिव ४ वर्ष अगाडी स्याउको विउ जमाएर शर्माले विरुवा हुर्काएका थिए । विषेश गरी उच्च हिमाली भेगमा फल्ने स्याउ खरेहामा फलेपछाडी हेर्न जानेहरुको संङ्ख्या अत्याधिक रहेको भड्खोरे सामुदायिक वन खरेहा ७ का अध्यक्ष तेज गिरी कान्छाले जानकारी दिए । गाउँमा नै स्याउ फलाएकोमा वन समुहको तर्फवाट तेज गिरी कान्छाले धन्यवाद समेत दिए । हिमाली भेगमा फल्ने स्याउ शर्माले ४ वर्षको अथक प्रयासमा फलाउन सफल भएका हुन् ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.