एकनारायण भण्डारीको लय सब्द मा नया गित ‘छिपछिपे पानीमा लेउ’

पर्बत गित संगीतका सदाबहार हिरो गीतकार तथा संगीतकार एकनारायण भण्डारी नयाँ गीतका साथमा स्रोता तथा दर्शक माझ आएका छन् ।छिपछिपे पानीमा लेउ’ बोलको गीत बिहिबार बिहान भण्डारीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । लोक होस् या आधुनिक भण्डारीका शब्द र संगीतले सबैको मन जित्न सफल भएका छन्  ।भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीत बिष्णु माझी र पिताम्बर जिसीले गाएका हुन् । सार्वजनिक गीतमा संगीत संयोजन भने आशिष अबिरको रहेको छ ।

उनको संगीत संयोजनको पक्ष पनि उत्तिकै अब्बल हुने गर्छ । एक पछि अर्को दोहोरी गीतहरु प्रतिस्पर्धामा आइरहेको बेला एकनारायण भण्डारीको सिर्जनामा नयाँ गीत बजारमा आएको हो ।गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्लेशन गरेको हुन् । भिडियोमा अभिनेता दिलीप रायमाझी तथा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।

You might also like More from author

Leave A Reply