आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

मुलुकमा केही दिनदेखि बिग्रिएको मौसम अझै पनि जारी नै रहेको छ । शुक्रबार पनि विभिन्न स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुनेछ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने देखिन्छ।

देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका १–२ स्थानहरुमा अपरान्ह पश्चात मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।शुक्रबार राति देशका पश्चिमी भूभाग लगायत पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सफा हुने देखिएको महाशाखाले बताएको छ ।देशका पश्चिमी भूभाग तथा पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.