भू पू बिद्यार्थी मञ्च पाखापानीले गरेयो शैक्षिक सामाग्री बितरण, अतिरिक्त कक्षा सुरु ।

बिद्यालयको शैक्षिक र भौतिक सुधारको लागि स्थापना देखी कृयाशिल पुर्व बिद्यार्थी हरुको सस्था भुपु बिद्यार्थी मञ्च श्री स्वधर्म माबी महाशिला ४ पाखापानिले बिद्यालय को सहकार्यमा सन्चालन गर्ने अतिरिक्त कक्षा यही बैशाक १ देखी सञ्चालन भएको छ । प्राबी तहको शैक्षिक गुणस्तर राम्रो बनाउन तल्लिन सस्थाले आफ्नो पुर्व निर्णय लाई कार्यनयन गर्दै यो सञ्चालनमा लियाएको हो ।
यसै शिलशिलामा आफ्नो प्रतिबद्दता अनुसार अतिरिक्त कक्षामा अध्ययन गर्ने सम्पूर्ण बिद्यार्थी लाई पहिलो चरणमा झन्डै दश हजार बराबरको शैक्षिक सामाग्री मञ्चका कार्यबाहक अध्यक्ष राजु अधिकारि को नेत्रित्वमा अन्य पदा अधिकारिले बिद्यार्थी हरुलाई हस्तानतरण गरेका छन । दिर्घकालिन रुपमा यो कार्यक्रम लाई अगाडि बढाउने उदेस्य राखेको मञ्चले अभिबाबक लाई आफ्ना बालबालिका समयमै बिद्यालय पठाउन अपिल गरेको छ भने सम्पूर्ण गुरुहरुलाई अतिरिक्त कक्षा जस्तै १० देखी ४ बजे सम्म अध्यापन बगाउन अनुरोध गरेको छ । स्मरण रहोस मञ्चले हरेक साल बिद्यालय लाई शैक्षिक र खेलकुद सामाग्री बितरण गर्दै आएको छ भने असल र उत्क्रिस्ठ बिद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार १२ जनालाई दिदै आएको छ

You might also like More from author

Leave A Reply