विप्लवको बन्दको प्रभाव ।। धौलागिरीका मुुख्य वजारहरु वन्द सवारी साधनहरु एका दुईमात्र सञ्चालनमा ।

Share on Facebook16Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

निर्मल पौडेल पर्वत ३० फागुन २०७५ सामुदायिक रेडियो कुशुम कुस्मा पर्वत ।
नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको समूहले आह्वान गरेको बन्दको प्रभाव धौलागिरमा पनि परेको छ। सरकारले प्रतिबिन्धित गरेको विप्लव समूहले आज गरेको नेपाल बन्दको घोषणाको प्रभाव निकै देखिएको हो । प्रहरीले विप्लवको बन्ददेखि नडराउन सर्वसाधरणलाई अनुरोध गरेको छ । वन्दको प्रभावले संधैजसो एका विहानै खुल्ने पर्वत सदरमुकाम कुस्माका एक दुईवटा पसलहरु खोलेपनि वजारको चोकहरु सुनसान रहेका छन् । त्यस्तै सदरमुकाम कुस्मा वाट देशका विभिन्न ठाउँहरुमा चल्ने लामो तथा छोटो दुरिका सवारी साधन पनि एकादुई मात्र चलेका छन् । मिलनचोक , मालढुङ्गा वजार दोविल्ला,डिम्वुवा वजार ,यसैगरी पर्वत दक्षिणको पैँयु गाउपालिकामा वन्दको प्रभावले हुवास वजार वन्द रहेको छ । विहादी गाउँपालिकामा पनि वन्दको प्रभाव परेको छ , वन्दले सेतीवेनी वजार वन्द छ । महाशीला गाउँपालिकामा पर्ने लुङ्खुको देउराली वजार पनि वन्द रहेको स्थानीयले खवर पठाएका छन् । फलेवास नगरपालिकामा पनि वन्दको प्रभाव उत्तिकै परेको छ । फलेवासमा रहेका मुख्य वजार मानिने राहले वजार, क्याम्पस चोक, ढिक,मुडिकुवा वजार , खानीगाउँ पिप्ले वजार ,खौला वजार , कार्किनेटा वजार लगायतका ठाउँहरुमा वन्दको प्रभाव नराम्रेरी परेको छ भने विधालयहरु वन्द रहेको र सवारी साधनहरु पनि सञ्चालन नभएको स्थानियले जानकारी दिएका छन् । त्यस्तै वाग्लुङ सदरमुकाम वाग्लुङ वजारमा पनि पसलहरु फाट्ट फुट्ट वाहेक सवै वन्द छन् । गलकोट वजार, हटिया वजार , घोडावाँधे, वुर्तिवाङ वजार र यता कुश्मिसेरा वजार र वेलवगरमा पनि वन्दको प्रभाव परेको छ । म्याग्दीवाट हाम्रा संवाददाताहरुले दिएको जानकारी अनुसार वेनी वजारमा वन्दको प्रभाव नराम्ररी परेको वतार्ईएको छ । यस्तै निजि तथा सरकारी विधालयहरु केहि सञ्चालनमा आएपनी अन्य वन्द रहेको खवर प्राप्त छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.