महिलाहरुमाथि हुने सवै प्रकारका विभेद अन्त्य गरिनुपर्नेमा नेकपाका नेता कुँवरको जोड ।

निर्मल पौडेल पर्वत २४ फागुन २०७४ सामुदायिक रेडियो कुशुम कुस्मा पर्वत ।
आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम गरी मनाएका छन् । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् ।
यसै अवसरमा नेपाल ट्रेड युनियन महासंघ कुस्मा नगर कमिटीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टि नेकपाको पार्टि कार्यलयमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि ने क पा का जिल्ला नेता भक्त कुवँरले अन्तराष्ट्रिय श्रमिक महिला दिवशको एतिहासिक पृष्ठभुमी वारे वताउँदै महिलाहरुले राजनैतिक आर्थिक तथा सांस्कृतिक अधिकार संविधानमा नै प्राप्त गरेको ऐतिहासिक दिन भएको वताए । कुवँरले भने “यो दिनमा समान कामको समान ज्याला महिलाहरुमाथि हुने सवै प्रकारका विभेद अन्त्य गरिनुपर्छ भनेर आन्दोलन गरेको दिन हो । आजको दिन खुशीको दिन र महिलाहरुको चाड हो ।”कुवँरले संविधानमा लेखिएका महिलाहरुका अधिकार लाई समान न्यायको पहुँच हुनेगरी नेकपा सरकारले लागु गर्ने समेत जिकिर गरे ।

कार्यक्रममा विशिष्ट अतिथी तथा जिफन्ट गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष नन्दलाल अधिकारीले श्रमिक महिला दिवशको सन्दर्भ जोडेर जिफन्टले महिलाहरु लाई उच्च प्राथामिकतामा राखेर नियमित रुपमा दिवश मनाउँदै आएको जानकारी दिए । त्यस्तै अधिकारीले वर्तमान अवस्थामा महिलाहरुको दायित्वको वारेमा वोलेका थिए । जिफन्ट कुस्मा नगर कमिटीका अध्यक्ष खगेश्वरी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य प्रदेश कमिटी सदस्य रमा श्रेष्ठले र क्युसेक अध्यक्ष वावुराम सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सचिव कृष्ण वहादुर नेपालीले गरेका थिए ।

You might also like More from author

Leave A Reply