पर्वत साहित्य संगमले गण्डकी प्रदेशकै साहित्यलाई अगाडी वढाउन सफल भएको: अध्यक्ष पहाडी

नेपाली भाषा,साहित्य,कला तथा संस्कृतिको जर्गेना गरौ‘ भन्ने मुल नाराका साथ स्थापित पर्वत साहित्य संगम कुस्मा पर्वतको छैटौ साधारण सभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । शनिवार पर्वत सदरमुकाम कुस्माको नमुना आवासिय माध्यमिक विधालयको सभाहलमा साहित्य र सिर्जनाका विविध विषयमा छलफल गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले राजेन्द्र पहाडीको अध्यक्षतामा ११ सदस्यीय नयॉ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा डि.आर.शर्मा. सचिवमा खेमराज शर्मा, सहसचिवमा गोकुल शर्मा,कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मतिले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुन्दरप्रसाद जोशी,निर्मल पौडेल एन.पि घायल, शिव संकल्प, दिवाकर शर्मा पराजुली,नवराज शर्मा, सिता पौडेल रहेका छन् । २ सदस्य पछाडि थप गर्ने वताईएको छ ।

अधिवेशनले ४ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ जसमा लक्ष्मी प्रसाद शर्मा, लक्ष्मी राज शर्मा, याम ढुङ्गाना के.सी. र गोविन्द भुषाल रहनु भएको छ । नवनिर्वार्चित कार्यसमिति गठन पछाडी समापन कार्यक्रलाई सम्वोधन गर्दै अध्यक्ष राजेन्द्र पहाडीले आफुलाई पुन अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउने सम्पुर्ण पदाधिकारी हरुलाई धन्यवाद दिँदै पर्वत साहित्य संगम लाई आगामी दिनहरुमा अझै शसक्त रुपमा अगाडी वढाएर लैजान र साहित्यिक माहोल लाई थप सकृय वनाउनका लागि आँफु दृढ संकल्पका साथ अगाडि वढ्ने वताए । पहाडीले विविध विधाका साहित्य सिर्जना, साहित्यिक पुस्तक तथा पत्रिका प्रकाशन साहित्यिक पुरस्कारको स्थापना सहित कैयन साहित्यसम्वद्ध गतिविध संचालन गर्दै नेपाली भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण प्रर्वदनमा नेपाली भाषा तथा वाङ्मयको वृद्धि र विकाशमा पर्वत साहित्य संगमले गण्डकी प्रदेशमै अतुलनिय योगदान पु¥याउन सफल भएको वताए ।

You might also like More from author

Leave A Reply