महेन्द्र ज्योति मावि लंखुको शिक्षक अभिभावक संघ गठन । अध्यक्ष मल्ल

Share on Facebook11Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

20664158_1436792053041811_2372468501918191614_n

दिपेश विश्वकर्मा,पर्वत । महाशिला गाउँपालिका वडा न. ५ लुंखुदेउरालीमा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा बुधबार शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर हमालको अध्यक्षतामा बसेको शिक्षक एवं अभिभावक भेलाले लक्ष्मण मल्लको अध्यक्षतामा शिक्षक अभिभावक संघ सर्वसम्मतिले गठन भएको हो । सदस्यमा धन बहादुर नेपाली, सिता विक, सिता अधिकारी, कमला अधिकारी मुना गुरुङ, तारा पौडेल, हर्क बहादुर क्षेत्री विव्यस अध्यक्ष एक बहादुर हमाल र सदस्य सचिवमा विद्यालयका प्रचार्य टेक बहादुर नेपाली रहनुभएको छ । भेमा वडा अध्यक्ष जिवन उच्चै ठकुरीको विशेष उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालय स्रोत व्यक्ति चेत प्रसाद लामिछानेले गर्नुभएको विद्यालयका शिक्षक रमेश शर्माले जानकारी दिनुभयो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.