महाशिला ५ लुँखुमा करिब ८ सय ५० घरधुरीलाई विउ बिजन वितरण

Share on Facebook10Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

20770464_1869828736669736_7784112542316314796_n     

दिपेश विश्वकर्मा, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा न.५ लुँखुमा कृषकहरुलाई व्यवसायिक बनाउने उद्देश्यका साथ वडाका करिब ८ सय ५० घरधुरीलाई तरकारीका बिउबिजन वितरण गरिएको छ । शुत्रबार वडा कार्यलयमा एक दिने तालिमको आयोजना गरि घर बगैँचाका लागि ताजा तरकारी उत्पादन गर्ने अभियानका सगै मुला, साग, गाजर, धनिया, काउली, बन्दा समि, प्याज लगायतका बिउ बिजन वितरण गरिएको हो । बिउ बिजन वितरण गर्दै वडा अध्यक्ष जिवन उच्चै ठकुरीले लुंखु कृषिका लागि भरपुर सम्भावना बोकेको क्षेत्र भएकाले हरेक कृषक कृषिबाट आत्मानिर्भर बन्न सकिने भन्दै जमिन बाजो नराख्न आग्रह गर्नुभएको थियो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.