जसले अरुको लागि आफ्नो ज्यान गुमाए उनै प्रहरी जवानको पर्वतमा सम्मानका साथ आज अन्तिम संस्कर गरिदै

Share on Facebook1Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

पर्वत । पोखराको हर्पन खोलामा डुवेर वेपत्ता भएकालई खोजी गर्न जाँदा आफै डुवेर ज्यान गुमाएका प्रहरी जवान बलबहादुर कुँवरको आज अन्तिम संस्कार गरिने भएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका १२ साविकको ठुलीपोखरी– ७ का कुँवरको आज मोदीवेणी घाटमा अन्तिम संस्कार गरिने भएको हो ।

FB_IMG_1499789335124उनको हिजो नै पोष्टमार्टमसहित जिल्ला अस्पताल पर्वतको शब गृहमा राखिएको थियो । आज प्रहरीले अन्तिम सलामी अर्पण गर्ने कार्यक्रम रहेको र गाउँबाट आफन्तजनहरु आइसकेपछि सलामी अर्पण गरेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रहरी निरिक्षक मधुकरजंग विष्टले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनुभयो । २५ वर्षिय कुँवरको मृत्युले उनको परिवारका साथै सिंगो ठुलीपोखरी शोकमग्न बनेको छ

You might also like More from author

Leave A Reply

Your email address will not be published.