फनपा ४ मुडिकुवालाइ जिल्लाको ४६ औ पुर्ण खोपयुक्त वडा घोषणा

दिपेश विश्वकर्मा

पर्वत १२ असार

पर्वतको फलेबास नगरपालिका वडा न ४ मुडीकुवालाई पुर्ण खोपयुक्त वडा घोषण गरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा आज एक कार्यक्रमको आयोजना गरी पुर्ण खोपयुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि फनपाका प्रमुख पदमपाणी शर्माले वडालाई पुर्ण खोपयुक्त बनाउन सफल भएकोमा धन्यवाद दिदै यस कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । त्यस्तै शर्माले सरकारले बालबालिका निम्ति करौडौ रकम खर्च गरे पनि जनचेतनाका आभावले खोप कार्यक्रम पुर्णरुपमा सफल हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो । कार्यक्रममा राजनितिक दलको तर्फबाट नेपाली काग्रेसका वडा सभापति पुर्णखर गौडेल, नेकपा एमाले प्रदेश नः ४ प्रदेश सदस्य मोति पौडेल, विद्यालयको तर्फबाट माटेदेबल माविका विव्यस अध्यक्ष धनेश्वर रेग्मी, संघ संस्थाको तर्फबाट देवी प्रसाद विलासी लगायतले बोल्नुभएको थियो । पवर्तको ४६ औ खोपयुक्त वडाको रुपमा घोषण गरिएको जानकारी दिदै जनस्वास्थ्य अधिकृत सजिना महर्जन र खोप अधिकृत देबेन्द्र गुरुङले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । १२ महिना देखी २३ महिना सम्मका सबै बालबालिका र एक बर्ष उमेर भएका बालबालिकाले पुर्ण रुपमा खोप पाएसगै वडालाई पुर्ण खोपयुक्त वडा घोषण गरिएको हो । वडा अध्यक्ष टिकाराम गौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मनतव्य स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द घिमिरे र सञ्चालन कोलस्यान अधिकृत जयन्द्र गुरुङले गर्नुभएको थियो ।अभियानलाइ सफल बनाउन सहयोग गर्ने महिला स्वास्थ्यकर्मी, स्वयंम सेवीका, राजनितिक दलका प्रतिनिधि लगायतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।