जनता माविमा छात्रवृत्तिसँगै पुरस्कार वितरण

बागलुङ

बागलुङको जैमिनी–४, सर्कुवास्थित जनता माविमा शुव्रmबार छात्रवृत्ति र पुरस्कार

एक साथ वितरण गरिएको छ । वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य चव्रm थापाको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि विद्यालयका पूर्व विद्यार्थी तथा जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार गर्न नेपाल सरकारले पहल गरिरहेको बताउनुभयो ।

उहाँले सर्कुवा क्षेत्रबाट उत्पादित प्रतिभाले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सबै विचारका मानिसहरुको सहकार्यले मात्र शैक्षिक उन्नति गर्न सकिने भन्दै पौडेलले शिक्षा मानव विकासको आधारभूत तत्व भएकोमा जोड दिनुभयो । कार्यव्रmममा शैक्षिक सत्र २०७३ का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने जिल्ला शिक्षा कार्यालय बागलुङबाट प्राप्त ९५ हजार ७ सय रुपैयाँ २ सय ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । शिक्षिका कमला चालिसेले सञ्चालन गर्नुभएको कार्यव्रmममा सहायक प्रधानाध्यापक कृष्णप्रसाद शर्मा, शिक्षक रुपिन्द्र प्रभावीलगायतले बोल्नुभएको थियो ।

को जैमिनी–४, सर्कुवास्थित जनता माविमा शुव्रmबार छात्रवृत्ति र पुरस्कार