विद्यालयमा शिक्षकको हाजिर विद्युतिय मेसिनबाट

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

दिपेश विश्वकर्मा, पर्वत । पर्वत कुश्मा नगरपालिकाका समुदायिक विद्यालयमा विद्युतिय हाजिर मेसिन जडान गरे सगै अव वाहिरी विद्यालयहरुमा पनि विद्युतिय हाजिर मेसिन जडान गर्न थालिएको छ । यसै विच पर्वतको खानीगाउ स्थित भवानी विद्यापिठ माध्यमिक विद्यालयमा पनि विद्युतिय हाजिर मेसिनद्धरा शिक्षक तथा कर्मचारीहरुको हाजिर गर्न थालिएको छ ।

शिक्षकलाई नियमितता गराउन एक हप्ता देखी विद्युतिय प्रविधिबाट हाजिर गर्न सुरु गरिएको विद्यालयका प्रार्चाय अर्जुन कुमार रेग्मीले जानकारी दिनुभयो । मेसीनमा औठाले छोएको आधारमा शिक्षक उपस्थित भएको र बाहिरिएको हाजिर रेकर्ट गर्ने व्यवस्था मिलाईएको रेग्मीले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाका विद्यालयहरु बाहेक जिल्लामा पहिलो पटक शैक्षिक संस्थामा विद्युतिय हाजिर मेसिन प्रयोगमा ल्याइएको विद्यालयका शिक्षक राजेन्द्र रिञ्जालले जानकारी दिनुभयो ।
विदयुतिय मेसिनबाट हुने हाजिरमा समय देखिने भएकाले विद्यालयमा शिक्षक समयमा उपस्थित हुने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विद्यालयले दावी गरेको छ । यो प्रविधि जडान गरे सगै शिक्षक नियमित उपस्थित नहुने, समयमा नआउने जस्ता समस्या विस्तारै सुधार हुदै गहिरेको विद्यालयले जनाएको छ ।विद्यालयले समय समयमा यस्ता रचंनात्मक कार्यहरु गर्दै आईरहेको छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.