सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला सम्पन्न

कुशुम समाचार/ पर्वत २६ पौष, रोट्रयाक्क क्लबका अध्यक्ष समेत रहेका स्वर्गीय सन्तोष पौडेलको स्मृतिमा रोट्रयाक्क क्लबको संयोजनमा स्थापीत सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा सम्पन्न भएको छ । उक्त भेलाले स्वर्गीय पौडेलका काका नारायण पौडेल कोsantosh-parthithana अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन गरेको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा रमेश पौडेल, सचीवमा दिपक पौडेल, कोषाध्यक्षमा भाइ लक्ष्मण पौडेल, सह सचिवमा रोट्रयाक्क क्लब अफ पर्बतका पुर्ब अध्यक्ष अच्युत तिवारी सदस्यहरुमा समाजसेवी मानकुमारी गिरि, सीता कुमारी शर्मा पौडेल, सर्मिला बराल पौडेल, बिष्णु पौडेल, नरेस पौडेललाई चयन गरेको छ । भेलाले रोट्रयाक्क क्लब अफ पर्बतलाई पदेन सदस्य समेत हुनेगरी ब्यवस्था गरेको छ । साथै कानुनी सल्लाहकारमा अधिबक्ता भोलानाथ शर्मालाई चयन गरेको छ ।
भेलामा बोल्दै पौडेलका काका नारायण पौडेलले क्लबको पहलमा ५ लाख रुपैंया संकलन भएको र उक्त रकममा परिवारको तर्फबाट थप्न गर्ने गरी प्रतिबद्धता ब्यक्त गरेका थिए । भेलामा गुप्तेश्वर बहुमुखी क्याम्पसका पूर्ब क्याम्पस प्रमुख सुबास पन्त, रोट्रयाक्क क्लब अफ पर्बतका अध्यक्ष आर सि पौडेल, पुर्ब अध्यक्ष अच्युत तिवारी, संस्थापक अध्यक्ष मोहन आचार्य, रेडियो कुशुमका अध्यक्ष गोबिन्द पहाडीले स्वर्गीय पौडेलको सामाजिक योगदानको चर्चा गरेका थिए ।
रोट्रयाक्क क्लबको अध्यक्ष पदमा रहेकै बेला पौडेलको santosh-parthithana-jpg-2२६ बर्षको उमेर गत साल मोटरसाइकल दुर्घटना परी मृत्यु भएको थियो । क्लबका अध्यक्षको स्मृतिमा क्लबकै पहलमा झण्डै ५ लाख रुपैंया विभिन्न ब्यक्तिहरुबाट स्मृति कोष स्थापनार्थ सहयोग संकलन भएको क्लबका अध्यक्ष आरसि पौडेलले जानकारी दिए । उक्त रकमबाट स्वर्गीय पौडेलको सामाजिक कार्यलाई निरन्तरता दिदै सामाजिक अभियानका कार्यहरु सञ्चालन गर्ने गरी स्मृति प्रतिष्ठानको क्लबको परिकल्पना गरेको हो । स्वर्गीय पौडेलले क्लबको अध्यक्ष रहेको बेला विभिन्न निकायसंग समन्वय गरी विपन्न, दलित, बालबालिका, जेष्ठ नागरिकहरुको सहयोगमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । स्वयम्सेवी रुपमा विवाहको खर्च कटाएर विद्यालयलाई सहयोग गर्ने देखि आफनै रकम खर्च गरेर विभिन्न क्षेत्रमा सहयोग समेत गर्दै आएका पौडेल पर्वतको कुश्माका स्थायी बासिन्दा हुन ।

You might also like More from author

Leave A Reply