रानीपानीको नेपाल तारा माविमा महायज्ञ हुँदै

कुशुम समाचार/पर्वत ३ माघ, दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेबाट हुने श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सवको तयारी तीब्र बनाइएको छ ।

यही माघ १५ गते देखि २२ गतेसम्म सो महायज्ञ रानीपानी स्थित नेपालतारा माविमा हुँदै छ । उच्च शिक्षा अध्यन गर्न गाउँ भन्दा बाहिर जान बाध्य विहादी क्षेत्रका विद्यार्थीलाई उच्च स्तरको शिक्षा गाउँमै विहादी क्याम्पसको संचालन गर्ने र नेपाल तारा मावि रानीपानीमा संचालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञ संचालन गर्नको लागि उक्त महायज्ञ आयोजना गरिएको विद्यालयका शिक्षक राजेन्द्र पौडेलले जानकारी दिएका छन् । विहादी क्षेत्र मै पहिलोपटक हुन लागिएको ज्ञान महायज्ञमा नेपालकै प्रसिद्ध कथावाचक दिनबन्धु पोख्रेल प्रमुख वाचकको रूपमा हुनेछन भने सहवाचकको रूपमा ध्रुवचन्द्र बस्याल रहेका छन् ।

प्राविधिक शिक्षा मार्फत बेरोजगारी व्यक्तिलाई पनि स्वरोजगारको अवसर प्रदान गर्दै आएको नेपाल तारा माविले महायज्ञ मार्फत उठेको रकमबाट प्राविधिक शिक्षालाई व्यवस्थित गर्न सजिलो हुने अर्का नेपालतारा माविका प्राचार्य गोविन्द शर्माले बताए । विहादी क्षेत्रबाट देश विदेश गई विभिन्न व्यापार, व्यवसाय एवं रोजगार गरेका व्यक्तिहरुलाई महायज्ञमा उपस्थित हुने अवस्था समेत देखिएको महायज्ञ कार्यक्रम संयोजक होमनाथ पराजुलीले बताए । अहिले कलस काट्ने र मुल आयोजक समिति मनोनयन गर्ने कायम भइरहेको बताइएको छ ।  नेपाल परिवेश डट कमबाट

You might also like More from author

Leave A Reply