यस्तो बन्दैछ धौलागिरी अञ्चलको पुर्नसंरचना (थप विवरण सहित)

कुशुम समाचार/पर्वत २४ पौष, स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा धौलागिरी अञ्चलमा २७ वटा स्थानीय तह प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा बागलुङमा ९ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । जसमा चार नगरपालिका र ५ गाउँपालिका प्रस्तावित छ । गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका सहित काठेखोला गाउँपालिका,तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका रहेका छन् ।

हिमाल पारिको जिल्ला मुस्ताङमा ५ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । जसमा घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका रहेका छन् ।

म्याग्दीमा एक नगरपालिका सहित ६ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । बेनी नगरपालिका सहित पाँच गाउँपालिकामा अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका रहेका छन् ।

उता, पर्वत जिल्लामा ७ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । दुई नगरपालि कुस्मा नगरपालिका, फलेवास नगरपालिका सहित जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका प्रस्ताव गरिएको आयोगले जनाएको छ ।

You might also like More from author

Leave A Reply