महोत्सवको तेस्रो दिन दशर्कको घुइचो : विगतको भन्दा ब्यवस्थित र सफलता उन्मुख बन्दैछ पर्वत महोत्सव

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

कुशुम समाचार/१३ माघ दर्शकका अगाडी राजन ठकुरी, राजन गुरुङ्ग, प्रकाश सपुत र भुमिका गिरी उफ्रन थालेपछि दर्शकहरुलाई पनि ननाची सखै भएन । शुक्रबार पानी परेर निर्थुक्क भिजेको थियो पर्वतको कुस्मा र पर्वत महोत्सबस्थल ।

तर शनिबार बिहानै देखि पारिलो घाम लागेपछि हजारौ र्दशकले खचाखच भरिएको थियो महोत्सबस्थल । माघमा लागेको पारिलो घाममा भरिएका दर्शकलाई ख्यातीप्राप्त गायकहरु राजन ठकुरी, राजन गुरुङ्ग, प्रकाश सपुत र भुमिका गिरीले छमछमी नचाए ।

लोकदोहोरी गायक राजन ठकुरीले ‘सिमसिम पानी रैछौ बेइमानी’ ‘एउटा चिठ्ठी लेख्न मन लाछ’ गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए ।

उनको भर्खर बजारमा आउन लागेको कौडागीत ‘मनै छोयो बुट्टे चोलीले’ गीत गाएर दर्शकलाई नचाएका थिए । अर्का कलाकार तथा सञ्चारकर्मी प्रकाश सपुतले माकुर माकुर घुर गाएर नचाए भने यस्तै छ कहानी परदेशीको गाएर प्रदेशमा श्रीमान पुगेका महिलाहरुलाई निक्कै भावुक पनि बनाए ।

पछिल्लो समय गायन सँगै मोडलिङबाट पनि आफुलाई स्थापित गराएका सपुतले ‘हेरेहरे नारायण, ‘तोरि भएछ’, सनाईको पेपे, लगायतका गीत गाए ।

महोत्सबमा भमिका गिरी र तुलसा जिसीले पनि दर्शकलाई भरपुर आनन्द दिलाए । त्यसपछि शुरु भएको दोहोरीमा झनै दर्शकलाई मनमोहक गर्ने गरि गित गाएर कलाकारहरुले धुम नै मच्चाए ।

 

You might also like More from author

Leave A Reply

Your email address will not be published.