भुकम्पबाट पर्वतमा ११ हजार ८ सय ९ घर भत्किएको अन्तिम प्रतिवेदन (भुकम्पले भत्काएको पर्वत फोटो फिचर)

कुुशुम समाचार/पर्वत १९ पौष, पर्वतमा ११ हजार ८ सय ९ घर र संरचनाहरु भूकम्पका कारण क्षतिग्रस्त भएको पछिल्लो तथ्याँक छ ।उक्त तथ्याँक अनुसार टोलीले स्थलगत अवस्थामा क्षतिको अवस्थाका बारेमा लगत संकलन गरेको को तथ्यांक संकलन गर्ने तथ्यांक विभाग लगत संकलन कार्यालय पर्बतका प्रमुख शिब श्रेष्ठले बताउनुभयो ।

महाबिनासकारी भुकम्प गएको २० महिनापछि क्षतिग्रस्त संरचनाको लगत संकलनको काम थालिएको छ । केन्द्रिय तथ्याँक बिभागले जिल्लाका प्रभावित गाउँ बिकास समितिमा प्राबिधीक खटाएर क्षतिग्रस्त संरचनाको लगत संकलनको काम थालेको हो । तथ्याँक संकलनका लागि २९ जना इन्जिनियर र त्यति नै संख्यामा सामाजिक परिचालकहरु खटाइएको छ ।सरकारले भूकम्पबाट कम प्रभावित पर्वत जस्तै जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरुको हो ।

पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८ सय ९ घरपरिवार भूकम्पबाट पीडित बनेका छन् । सबै घरधुरीमा एक जना इन्जिनियर र एक सामाजिक परिचालक परिचालन गर्ने अन्तिम तयारीमा रहेको लगत सङ्कलन कार्यालय पर्वतका प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना इन्जिनियरको भागमा ४ सय १० परेका छन् । घरमुलीसँग अन्तरवार्ता लिने, क्षतिको विवरण अध्ययन गर्ने र तुरुन्तै उक्त तथ्याङ्क प्राधिकरणमा पठाउने काम इन्जिनियरले गर्ने भएका छन् । आगामी फागुन १५ गतेसम्ममा सबैजसो काम सम्पन्न भइसक्ने श्रेष्ठले जानकारी दिनुभयो ।

सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायले समेत जथाभावी तथ्याङ्क आएको भन्दै गुनासो गरेपछि कम प्रभावित जिल्लाको पनि लगत सङ्कलन गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार अहिले सम्म पुर्ण रुपमा भवन क्षतिग्रस्त भएका २ हजार ३ सय ४४ र आँशिक क्षति भएका ६ हजार ७ सय ७७ जनाले राहत बुझेका छन । दुई महिना पहिले थप बिबरण संकलन भएकाले संख्या ११ हजार पुगेको छ । ‘पहिलो चरणमा संकलन भएका क्षतिग्रस्त संरचनाको राहतको काम बितरण गरिसकेका छौ’प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले भने । लामो समयसम्म सरकारले राहत नदिँदा कतिपयले नयाँ घर समेत बनाइ्सकेको अवस्थामा पीडितले फिल्डमा आउने इन्जिनियरलाई जस्ताको त्यस्तै अवस्था भनिदिन पनि सङ्कलन कार्यालयले आग्रह गरेको छ ।

भुकम्पले भत्काएको पर्वत तस्विरमा

bhukampa-parbat-1
भुकम्प पिडित विद्यालयको पुर्ननिर्माणमा सहयोग गर्दै–देउपुर/तस्विर गणेश गिरी
bhukampa-parbat-5
भुकम्पबाट भत्किएको घरको निरिक्षण गर्दै एमाले नेता गणेश तिमिल्सीना–तिलाहार/तस्विर गणेश गिरी
bhukampa-parbat-17
भुकम्पबाट भत्किएको घरको-तस्विर गणेश गिरी
bhukampa-parbat-16
भुम्प पिडित–पकुवा/तस्विर गणेश गिरी
bhukampa-parbat-14
भुकम्पबाट भत्किएको घरको–पकुवा सिल्मी/तस्विर गणेश गिरी
bhukampa-parbat-13
भुकम्पबाट भत्किएको घरको–पकुवा सिल्मी/तस्विर गणेश गिरी
bhukampa-parbat-6
भुकम्पबाट भत्किएको घरको–पकुवा सिल्मी/तस्विर गणेश गिरी
bhukampa-parbat-9
भुकम्पबाट भत्किएको घरको–पकुवा सिल्मी/तस्विर गणेश गिरी
bhukampa-parbat-11
भुकम्पबाट भत्किएको घरको–पकुवा सिल्मी/तस्विर गणेश गिरी
bhukampa-parbat-12
भुकम्पले घर भत्किएपछि त्रिपालमुनी केटाकेटी–पकुवा/तस्विर गणेश गिरी

 

bhukampa-parbat-10
राहत वितरण गर्दै एमाले नेताहरु –तिलाहार/तस्विर गणेश गिरी

You might also like More from author

Leave A Reply