पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा

कुशुम समाचार/पर्वत २ माघ, पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको सवैजसो तयारी पुरा भएको हो । अहिले महोत्सव स्थल घेराबन्दी गर्ने र स्टल निर्माणको काम भैरहेको छ । सदरमुकाम कुश्माबजारमा व्यवस्थित खेलमैदान र सिटीहल स्थापना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।
हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय वटा स्टल रहने भएको छ । अहिलेसम्म ९५ प्रतिशत स्टल बुकिङ्ग भैसकेको स्टल संयोजक शिवशर्मा पौडेलले जानकारी दिए । २ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ४ करोडको कारोबार गर्ने अपेक्षा छ । महोत्सव अबलोकनका लागि आउने दर्शकका लागि साधारण रु ६० र विद्यार्थीका लागि रु ४० रुपैया टिकट दर तोकिएको छ ।
समग्र पश्चिमाञ्चाल क्षेत्रको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानिय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सवमा कालीगण्डकीमा ¥याफ्टीङ, प्याराग्लाईडिङ्ग, अष्ट्रिच प्रदर्शनी, नेपालकै अग्ला र लामा तीन वटा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, पश्चिमाञ्चल स्तरिय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, साहित्यिक कार्यक्रम, बाल बैज्ञानिक अमन पौडेलका सृजनाहरु प्रदर्शनी, राष्ट्रिय खानाका परिकार, स्थानिय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ ।
अहिलेसम्म ९० प्रतिशत भन्दा बढि तयारी सकिएको मुल संयोजक हरिओम शर्मा लामिछानेले जानकारी दिए । उक्त महोत्सवबाट ४० लाख रुपैया बचत गर्ने र उक्त रकमले कुश्मामा व्यवस्थित खेलमैदान तथा सिटी हल निर्माण गर्ने उद्धेश्य राखिएको छ ।
महोत्सवलाई एनआइसी एशिया बैंकले मुख्य प्रायोजन गरेको छ । झण्डै दुई महिनादेखि पर्वत सदरमुकाम कुश्माबजारमा शाखा संचालनमा ल्याएको बैंकले मुख्य प्रायोजकका लागि सम्झौता गरिसकेको छ । रु चार लाख रुपैयामा मुख्य प्रायोजक बन्नेगरी सम्झौता भएको पर्वत उद्योग बाणिज्य संघ पर्वतले जनाएको छ ।
पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवका लागि नेपाल उद्योग बाणिज्य महासंघ, जिल्ला विकास समिति पर्वत र कुश्मा नगरपालिका साझेदार छन् । भने सह आयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, घरेलु तथा साना उद्योग विकास समिति पर्वत, कुश्मा बलेवा यान्त्रिक पुल, पश्चिमाञ्चल क्षेत्रका जिल्ला नगर उद्योग बाणिज्य संघ, र पर्वतमा ४७ गाविसहरु रहेका छन् । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

You might also like More from author

Leave A Reply