पाँचौ पर्वत महोत्सब आजदेखि, प्रधानमन्त्री प्रचण्ड पर्वत आउँदै

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

कुशुम समाचार/१३ माघ, पर्वत सदरमुकाम कुस्माबजारमा बिहीबार देखि शुरु हुने पाँचौ पर्वत महोत्सबको सबै तयारी पुरा भएको छ । भोलीदेखि माघ २२ गतेसम्म आयोजित महोत्सबको सबै तयारी पुरा भएको मुृल आयोजक समितिले दिएको हो । महोत्सबको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दिउँसो साढे १ बजे कुश्मा आइपुग्ने कार्यक्रम रहेको छ । कुश्मा आइसकेपछि पाँचौ पर्वत महोत्सवलाई सम्वोधन गर्ने र त्यस लगत्तै पर्वतका सरकारी कार्यालय र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएपछि साढे ३ बजे फर्किने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।
महोत्सब आयोजक समितिका मुलसंयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले महोत्सबको सबै तयारी पुरा भैसकेको र अब उद्घाटनको तयारीमा रहेको बताए । महोत्सवमा स्टल निर्माण तथा बुकिङ भने शत प्रतिशत भएको छ भने प्रचारप्रसार कलाकार ब्यबस्थापनको काम सकिएको छ । ‘महोत्सबका लागि आवश्यक पर्ने सबै तयारी पुरा भएको छ’ उनले भने ‘उद्घाटनका लागि औपचारिक समय पर्खेर बसेका छौ’ उनले यस बर्षको महोत्सब ऐतिहासिक हुने दाबी पनि गरे ।
पर्वत महोत्सवमा प्रायोजक, सहयोग दाता र स्टल बुकिङ्गबाट ६० लाख संकलन भैसकेको छ । महोत्सब मुल आयोजक समितिले दिएको जानकारी अनुसार अहिले सम्म स्टल बुकिङ्गबाट १५ लाख, प्रायोजक र सहयोगदाताहरुबाट समेत गरि ४५ लाख रुपैया सहयोग गर्ने आश्वासन प्राप्त भएको बताइएको छ । ‘अहिले सम्म संकलन भएको रकम अहिले सम्मकै सबैभन्दा बढी हो’ आर्थिक उपसमितिका संयोजक गोपी अधिकारीले भने ‘महोत्सबमा राम्रो आम्दानी हुनेछ भन्ने अपेक्षा गरिएको छ ।’ महोत्सबमा ३० लाखको टिकट बिक्री हुने र अन्य सहयोग गरि रु १ करोड आम्दानी हुने अनुमान आयोजकको छ ।
महोत्सबमा कलाकार र अन्य सबै खर्च गरि ३० लाख खर्च हुने भएकाले ७० लाख सम्म बचत गर्ने अनुमान आयोजक समितिको छ । तर महोत्सबहरुमा सोचे अनुसार कम आम्दानी हुने र खर्च बढी हुँदा बचत रकम न्युन हुँने परम्परा रहि आएको छ । पर्वत महोत्सवमा यस बर्ष अघिल्ला महोत्सब भन्दा केही पृथक आकर्षणहरु पनि थपिने भएका छन । महोत्सबमा हिमाल, पहाड र तराईलाई झल्काउने गरि चौरीगाई, र उँट साथै बिश्वकै सबैभन्दा ठुलो पंक्षी अस्ट्रीज पनि प्रर्दशनीमा राखिने भएको छ । महोत्सब अवधीभर कालीगण्डकीमा जलयात्रा गराउने तथा दुर्लुङ्गको डाडाँबाट प्याराग्लाईडिङ्ग गराइने महासचिब ठाकुर बि पौडेलले बताए । उनका अनुसार माटाको भाँडा र काठका ठेकी स्टलमा नै बनाउँदै पुरानो प्रबृधिको जानकारी दिइने छ भने बाँसका सामाग्री बुन्ने काम पनि स्टलमा नै हुनेछ । यसका साथै पर्वत जिल्लाका लोपोन्मुख सस्कृति पनि प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । यसबाहेका कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शनी, स्थानिय परिकारहरुको प्रर्दशनी पनि गरिनेछ । स्थानिय लघु घरेलु उद्यमबाट उत्पादित सामाग्रीहरु पनि बिक्री तथा प्रर्दशनमा राखिने आयोजक समितिले जानकारी दिएको छ । साँस्कृतिक उपसमितिका अनुसार यस बर्ष ख्यातीप्राप्त कलाकारहरुलाई स्टेजमा उतार्ने तयारी आयोजकको छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.