गायक सुर्य खड्काको माघ महिना असुभ (भिडियो सहित)
कृष्ण अखेली/ कुशुम समाचार
पर्वत ४ माघ, लाखौँ परदेशी नेपाली हरुको पिडालाई टपक्कै टिपेर बनाईएको अनि केहिदिन देखी सामाजिक सञ्जालहरुमा अत्याधिक छाईरहेको गितकार नारायण कंडेलको शब्द रहेको यस्तै छ कहानी परदेशीको को भाग -२ “हरेकदिन नेपाली परदेशमा रुन्छ” को चर्चा सेलाउन नपाउदै परदेशी गायकको रुपमा निकै चर्चा बटुल्न सफल गायक सुर्य खड्काको सुमधुर आवाजमा रहेको पञ्चैबाजाको गिति एल्वम “सिन्दुर पोते पराईको लायौ मायाँले” बजारमा आएको छ।
गितमा खड्कालाई स्वरमा साथ दिएकी छन बर्षकै सफल र चर्चित लोकदोहोरी गायिका देबि घर्ती ले। विपेश धिमिरे र ईश्वर कंडेलको संयुक्त प्रस्तुति का रुपमा बजारमा आएको उक्त गितमा गणेश अधिकारी को लय र विपेश घिमिरे को शब्द रहेको छ। चर्चित अभिनेत्री आसा खड्का र विपेश घिमीरेको निकै उत्कृष्ट अभिनय रहेको गितमा बबिता श्रेष्ठको निर्देशन सह्रानिय छ।
रमेश हुमागाई को छायाँकन तथा रमीत वली ले सम्पादन गरेको भिडियो लाई प्रियसी म्युजिक ले बजार ब्यबस्थापन गरेको छ। उक्त गितमा जापानको स्टुडियो बाटै खड्का ले स्वर दिएको हामीलाई जानकारी गराउदै अब केहिदिन मै शिब अखेलीको मनछुने शब्दरहेको बहुप्रतिक्षित गित एकहजारको नोटले पनि बजारमा ल्याउने तयारी गरिरहेको अबगत गराए।
भिडियो