केपि ओलीको योजना कार्यान्वयनमा : धौलागिरी अञ्चल र पोखरा लोडसेडिङमुक्त भए

कुुशुम समाचार/पर्वत २० पौष, लामो समय देखि अघोषित रुपमा भएनि लोडसेडिङ्ग कमै मात्रामा बेहोरेका पर्वत, बागलुङ्ग , म्याग्दीका साथै पोखरा पनि औपचारिक रुपमै लोडसेडिङ्ग मुक्त हुने भएका छन । नेपाल बिद्युत प्राधिकरणले पर्वत लगायत धौलागिरीका बागलुङ्ग तथा म्याग्दी जिल्ला र छिमेकी पर्यटकीय शहर पोखरालाई पनि औपचारिक रुपमै लोडसेडिङ्गमुक्त घोषणा गर्ने तयारी गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले उद्योगी ब्यबसायीहरु संगको कुराकानीमा यी क्षेत्रमा लोडसेडिङ्ग हटि सकेको बताएका हुन। यी क्षेत्रमा अब लोडसेडिङ्ग नहुने पनि उनले स्पष्ट पारे । धौलागिरीका तीन जिल्लामा अघोषित रुपमा लामो समय देखि लोडसेडिङ्ग भएको छैन। समय समयमा अघोषित रुपमा बत्ती जाने समस्या भने हट्न सकेको छैन। “लोडसेडिङ पहिलेको जस्तो अब हुँदै हुँदैन,” उनले भने “आधारभूत रुपमा लोडसेडिङ हटिसकेको अवस्था छ ।’
पर्वत जिल्ला मुलुककै ठुलो कालीगण्डकी ए जलबिद्युतकेन्द्रको पनि प्रभावित जिल्ला हो भने यहाँ बनेका १४ दशमलब ८ मेघावाटको मोदीखोला र १० मेघावाटको तल्लो मोदीखोला एक जलबिद्युत आयोजनाबाट बिद्युत उत्पादन भैसकेको छ। अन्य आयोजनाहरु समेत निर्माणचरणमा छन। म्याग्दीमा पनि ठुला र मझौला जलबिद्युत आयोजनाहरु निर्माणको चरणमा छन । यसले गर्दा पनि यस क्षेत्रमा लोडसेडिङ्ग नगर्ने योजनामा प्राधिकरण रहेको बुझिएको छ । कार्यकारी निर्देशक घिसिङ्गले मुलुकमा आधारभूत रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले लोडसेडिङ पूर्ण रुपमा हटाउन लागि परेको जानकारी दिँदै मुलुक अब आधारभूत रुपमा लोडसेडिङमुक्त भएको बताए ।
सानातिना प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध हुने गरेको उनको भनाई छ । उनले काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, बाग्लुङ, पर्वत र म्याग्दी पूर्ण रुपमा लोडसेडिङमुक्त भइसकेको बताएका छन् । यस्तै पूर्व क्षेत्रमा पनि लोडसेडिङ नभएको उनले जानकारी दिए । तत्काल लोडसेडिङ् हटाउन भारतबाट बिजुली आयात बढाइएको उनले जानकारी दिए । प्राधिकरणले उपत्यकाबाहिर पनि औसत दैनिक २ घण्टा मात्र लोडसेडिङ भएको बताएको छ ।
शनिबार राती १२ बजेदेखि भारतबाट थप ४० मेगावाट बिजुली आयात भएको छ । यो समेत गरी भारतबाट बिजुलीको आयात बढेर ३४० मेगावाट पुगेको छ । भारतको मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयात भएको हो । यस्तै अर्को महिना प्रणालीमा थप ४० मेगावाट बिजुली थप हुनेछ ।डसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको छ । नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट थप बिजुली आयात गर्न लागेको हो । जलप्रवाह कम भएपछि कालिगण्डकी, मध्यमस्र्याङदी, मस्र्याङदी र खिम्तीलगायत ठुला आयोजनाबाट विद्युत उत्पादन आधा घटेको छ ।
साउनयता ९७ मेगावाट क्षमताका आधादर्जन जलविद्युत आयोजना सम्पन्न भइ प्रणालीमा ३३ मेगावाट बिजुली थप भइसकेको छ । अन्य आयोजनाबाट परीक्षणका रुपमा विद्युत उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । यस्तै अन्य प्रसारणलाइन निर्माण र स्तरोन्नतिको काम भइरहेकाले सम्पन्न भएपछि मात्र थप बिजुली आयातका लागि पीपीए हुनेछ ।जसअनुसार कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारणलाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयातका लागि पीपीए हुने प्राधिकरणले जनाएको छ ।
कटैया–कुसाहबाट हाल १३० मेगावाटसम्म आयात भइरहेकोमा क्षमता बढाएपछि थप ५० र परवानीपुर–रक्सौलबाट थप ५० मेगावाट बिजुली आयात हुँदैछ । अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो।

You might also like More from author

Leave A Reply