कुश्मा नगरपालिकामा नक्सा नियमित गराउनेको संख्या न्यून, नगरपालिकाले थप कडाई गर्दै

कुुशुम समाचार/पर्वत २० पौष, कुश्मा नगरपालिकाले विनाशकारी भुकम्प गएको अगाडि बनेका घरहरुको नक्शा नियमित गराउन पटक पटक सुचना गरेपनि नक्सा नियमति गराउनेको संख्या ज्यादै न्यून देखिएको छ ।

निर्माण सम्पन्न भएका घरहरुको नक्शा नियमित गरी घर सम्पन्न प्रमाण नगरपालिकामा पेश गर्न नगरपालिकाले ताकेता गरेपनि नगरबासीहरुले भने अटेर गरेका हुन ।

कुश्मा नगरपालिकाका इन्जिनियर आशीष शाक्यका अनुसार हालसम्म जम्मा ७३ जनाले नक्शा नियमित गरेका छन । ‘निर्माण भएको भवनको संरचना सहितको जानकारी नगरपालिकामा पेश गर्नुपछ’ शाक्यले भने–‘धेरै पटक सुचना गरेपनि नगरबासीले अटेर गरेको अनुभव हामीले गरेका छौं ।’ उता, नगरपालिकामा नक्शा नियमित नगराउनेहरुलाई नगरपालिकाको सेवा सुविधाबाट बञ्चित गर्ने योजनामा नगरपालिका रहेको कार्यकारी अधिकृत कुमानसिंह गुरुङ बताउँछन ।

२०७२ वैशाख १२ पूर्व भवन निर्माणका लागि राज्यले कडा गरेको थिएन । भुकम्पबाट ठूलो धनजनको क्षति भएपछि भने राज्यको तर्फबाट भवन निर्माण मापढण्डलाई कडाका साथ लागू गरेको छ । ‘नयाँ भवन बनाउँदा मापढण्ड अनिवार्य रुपमा पालना गर्नुपर्छ’ कार्यकारी अधिकृत गुरुङ भन्छन–‘नयाँ भवन मात्र होइन बनेका भवनको पनि नक्शा नियमति गर्नु, कर तिर्नु नगरबासीको दायित्व हो ।’

नयाँ भवन निर्माणका लागि भने चालु आर्थिक बर्षमा जम्मा ५६ जनाले निवेदन दिएका छन । यो संख्या पनि कम भएको इन्जिनियर शाक्यले भने धेरै भवनहरु नक्सा पास नगरी पनि बनाएका छन, तिनीहरु पनि कानूनको दायरामा एक पटक आउनै पर्छ ।  अर्थ वीट साप्ताहिकबाट

You might also like More from author

Leave A Reply