कुश्मालाई दिउँसो ग्रिन सिटि र रातीमा लाइट सिटि बनाइने (बक्तब्यको पुरा पाठ)

कुश्मा नगरपालिकाको चौथो नगर परिषदबाट आर्थिक वर्ष २०७४/७५ को लागि पारित, नीति तथा कार्यक्रम र बजेट

सर्वप्रथम मुलुकमा लोकतन्त्र, राष्ट्रहित र अग्रगामी  परिवर्तनका लागि नेपाली जनताल पटक पटक गर्दै आएका सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाइ
स्मरण गर्दै नेपालभूमिको उन्नति र प्रगतिका खातिर जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धान्जलि अर्पण एवं उच्च सम्मान प्रकट गर्न चाहन्छु । शहिदहरुको
सपना र मार्गदर्शन बमोजिम नेपाललाई उन्नतिको शिखरमा पु¥kusma-napa-1याउने उत्कट इच्छालाई
कार्यरुपमा उतार्न सदा प्रयत्नशील रहँदै “सबैको रहर, समृद्ध कुश्मा नगर” भन्न नारालाई साकार तुल्याउन हामी सवैलाई प्रेरणा मिलोस भन्न अपेक्षा प्रकट गर्दछु ।

आज हामी नेपालको मध्यपहाडी क्षेत्रको प्रचुर सम्भावना भएको कुश्मा नगरपालिकाको
सुनौलो भविष्य सहितको चौथो नगर परिषदको नीति, कार्यक्रम तथा वजेटको
सार्वजनिकीकरण गर्न गईरहेका छौं । यस गरिमामय नगर परिषद उदघाटन समारोहमा नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न पाउँदा म अत्यन्त गौरवान्वित भएको छु । साथ यस पावन अवसरमा विभिन्न कालखण्डमा दश र जनताको लागि प्राण समर्पण गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
आदरणीय उपस्थित महानुभावहरु,
नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार मिति २०७१ साल बैशाख २५ गते यस
नगरपालिकाको स्थापना भएको सर्वविदित छ । नेपाल सरकारको आबधिक योजना, स्थानीय
स्वायत्त शासन ऐन तथा नियमावली तथा विभिन्न समयमा जारी भएका स्थानीय निकाय
सम्बन्धी निर्देशिका एवं कार्यबिधि, नगरपालिकाको स्थानीय आबश्यकता आदिको आधारमा हाम्रा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम, योजना र वजेटको तर्जुमा गर्दै आइरहेका व्यहोरा यहाँहरु समक्ष अवगत गराउन चाहन्छु । बिगत बर्षहरुमा जस्तै यस वर्ष पनि हाम्रा नगरपालिकामा क्रियाशील सब राजनैतिक दलका परामश समितिका सदस्यज्यूहरु, टोल
सुधार समिति, वडा नागरिक मञ्च एवं समग्रमा सम्पूर्ण नगरवासीहरुको योजना तर्जुमा प्रक्रियामा व्यापक सहभागिता रहेको जानकारी गराउन चाहन्छु । योजना तर्जुमा लगायत
अन्य कार्यहरुमा स्थापना कालदेखि हाल सम्म राजनीतिक दलहरुको सकारात्मक सोच,
सह–अस्तित्वको संस्कारले नगरपालिकालाई विकासको गतिमा अगाडी बढाउन असाध्यै
महत्वपूर्ण भूमिका निर्वाह गरेको अवगत गराउदै आगामी दिनमा पनि यस्तै सहयोगको

अपेक्षा मैल लिएको छु । त्यस्तै नागरिक समाज, विभिन्न सामाजिक संघ संस्था, सरकारी एवं गैरसरकारी संघ संस्था, निजी क्षेत्र, पत्रकार ज्यूहरु, समाजसेवी एवं बुद्धिजीवि र समग्र विकासप्रेमी नगरबासीहरुको रचनात्मक सुझावले थप अघि बढन हौसला मिलेको र आगामी दिनहरुमा पनि सबैबाट यस्तै सहयोग हुने बिश्वास लिएको छु ।

उपस्थित महानुभावहरु,

अब म नगरपालिका स्थापना पश्चात भएका उपलब्धिहरुको संक्षिप्त विवरण प्रस्तुत गन चाहन्छु ।

१) आन्तरिक आम्दानी तर्फkusma-napa-3

एकिकृत सम्पतिकर लागू गरिएको छ । साथ यसै बर्ष देखि यसलाई कम्प्यूटर सफ्टवेयर
जडान गरी अझ व्यवस्थित एवं पारदर्शी बनाइएको छ ।

२) कार्यालय व्यवस्थापन तर्फ

कुश्मा नगरपालिकाको वडा नं. ९ मा रहेको ३ तले १२ कोठे घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । संयुक्त वडा कार्यालयहरु साविक पाङ, खुर्कोट, दुर्लुङ, कटुवाचौपारी र पकुवा गा.वि.स. भवनवाट सेवा प्रवाह भईरहेको छ ।

३) कर्मचारी व्यवस्थापन तफ

नगरपालिकामा स्वीकृत दरवन्दीको आधारमा नगरपालिकाको आन्तरिक आम्दानीले धान्ने गरी अति आबश्यक विभिन्न पदका कर्मचारीहरुको पदपुति लोकसेवा मार्फत गरिसकिएको छ ।

४) सामाजिक परिचालन तफ

नगरपालिकाको सब टोलहरुमा टोल सुधार समिति गठन भइरहेको छ । साथ १७ वटा वडाहरुमा वडा नागरिक मञ्च गठन भई आ.ब. २०७३÷७४ मा पुर्नगठन पनि भईसकेको, नागरिक सचेतना केन्द्र स्थापना भएको, बाल सञ्जाल तथा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम र विभिन्न संघ संस्थाहरुको सहयोग र समन्वयमा
सामाजिक परिचालन र विकास निर्माणका गतिविधीहरु अघि बढिरहेका छन साथै यसै
आ.ब.बाट योजना तर्जुमा प्रक्रिया टोलबाट सुरु गरिएको छ ।

५) सुशासन प्रवद्र्धन तर्फ

नगरपालिका कार्यालयलाई लैंगिक मैत्री बनाउनका लागि लैंगिक डेस्कको स्थापना गरि
फोकल पर्सनको समेत ब्यबस्था गरिएको छ ।

नगरबासीहरुको सुचनाको हकलाई सुनिश्चित गर्न सुचना केन्द्रको स्थापना गरि सुचना अधिकारी समेत तोकिएको छ ।

कुश्मा क्षेत्रलाई पर्यटनको केन्द्र बिन्दुको रुपमा प्रवद्र्धन गर्नको लागि पर्यटन प्रवद्र्धन शाखाको स्थापना गरिएको छ ।
उपस्थित महानुभावहरु, अव म कुश्मा नगरपालिकाले आ.ब. २०७३÷७४ मा कार्यान्वयन गर्ने अति आबश्यक कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

क) कुश्मा नगरपालिकाको वडा नं. ९ मा रहेको २ रोपनी जग्गामा भवन निर्माणका लागि माटो परिक्षण गर्ने काम भईसकेको छ । यसै आ.व. मा भवन निर्माणका लागि केन्द्र सँग बजेट बिनियोजन गर्न बिशेष पहल गरिनेछ ।

ख) नगर यातायात गुरु योजना तयार गरि स्वीकृतिको लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पेश गरिएको छ । स्वीकृत भएपछि एमटिएमपि को मम अनुसार कडाईका साथ कार्यन्वयनमा लगिनेछ ।

ग) नगर क्षेत्र भित्रका महत्वपूर्ण वाटोहरु ठुला पुर्वाधार र नगरक्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत कालोपत्रे गरिनेछ । जसमा सहस्रधारा पाङ सडक, कुश्मा ज्ञादी झोलुङ्गेपुल र कुश्मा मुडिकुवा झोलुङ्गेपुल सम्मको सडक, चुवा रिङ्गरोड र
साइकलचोक पुर्व पश्चिम सडक पिच गरिनेछ ।

घ) फोहोरमैला ब्यबस्थापनका लागि सफा कुश्मा अभियानलाई अझै सार्थक बनाउँदै ब्यबस्थित ल्यान्डफिल्ड साइडको ब्यबस्था गरिनेछ । सफा कुश्माका लागि निजी
सरकारी सहकार्य अबलम्बन गरी प्रभाबकारी रुपमा ब्यबस्थापन गरिने छ ।

ङ) आन्तरिक आम्दानीको रुपमा हाल एकिकृत सम्पत्तिकर र नगरपालिकाले प्रदान गर्ने
सेवा शुल्क मात्र रहेकाले करको क्षेत्र बढाई व्यवसाय कर, बिज्ञापन कर र घर
बहाल कर तत्काल सुरु गरिनेछ । ब्यबसाय करका लागि पर्बत उद्योग बाणिज्य
संघ सँग सहकार्य गरि प्रभाबकारी रुपमा उठाइने छ ।

ङ) नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका र पुर्ण साक्षर तथा आधारभुत अनिबाय शिक्षाको सुनिश्चितता भएको क्षेत्र घोषणा गरिनेछ ।

च) नगरपालिकाको आन्तरिक एवं समग्र प्रशासनलाई चुस्त बनाउन स्मार्ट सिटी
को अबधारणा एवं सुशासनलाई टेवा पु¥याउन सहायक स्तरका
सम्पूर्ण कर्मचारीहरुलाई आइसिटि तालिम दिई यसै बर्ष भित्र नगरपालिकालाई आइसिटि मैत्री बनाइनेछ ।

छ) ३ वटै झोलेंगे पुल सम्मको बाटो पिच गरिनेछ । अर्को आर्थिक वर्षमा कुश्मा रिङ
रोड अन्र्तगतको यान्त्रिक पुलसम्मको बाटो पिच गरी कुश्मालाई व्रिज सिटी
का रुपमा प्रवद्र्धन गरिनेछ ।
आदरणीय महानुभावहरु,

अव म नेपाल सरकारको आवधिक योजना तथा नीतिहरुको मम एवम नगरपालिकाको
स्थानीय आवश्यकता अनुरुप कुश्मा नगरपालिकाले आ.ब. २०७४÷७५ मा अंगीकार गन प्रमुख ६ नीतिहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

प्रमुख नीतिहरु

१) नगर क्षेत्रमा ठूलो परिमाणमा रहेको एलानी पर्ति जग्गाको संरक्षण गर्न सार्वजनिक जग्गा संरक्षण समिति, गठन गरी तदारुकताका साथ सार्वजनिक जग्गा संरक्षण अभियान सञ्चालन गरिनेछ । यसको निम्ति विनियोजित वजेटको अतिरिक्त
सामाजिक परिचालनको माध्यमबाट टोल सुधार समिति तथा अन्य सामाजिक संघ
संस्थाको सहयोग लिइनेछ ।

२) बस्ती विकास, शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ को प्रभावकारी कार्यान्वयन गरिनेछ । भुकम्पीय जोखिम न्यूनीकरणका लागि भवन सम्बन्धी आधारभुत मापदण्ड कडाईका साथ लागु गरिनेछ ।

३) फोहोरमैला व्यवस्थापनलाई शुन्य फोहरको अवधारणा अनुरुप कुहिने फोहरलाइ
कडाइका साथ घरमै व्यवस्थापन गर्ने र नकुहिने फोहरलाइ पुनः प्रयोग तथा
सरसफाई केन्द्रमा जम्मा गरी बिक्री वितरण गर्ने नीति अंगीकार गरिनेछ ।

४) जनसहभागिता कम हुने तथा लागत सहभागिता शुन्य भएकोले दीगा विकासको
अवधारणा अनुरुप नभएकोले विकास निर्माणको प्रत्येक योजनामा ३०% लागत
सहभागिता अनिवार्य गरिएको छ । जसल गर्दा विकासको कार्यमा सब उपभोक्ताका
अपनत्व महशुस हुन विश्वास लिइएको छ ।

५) नगरपालिकाको समग्र गुरुयोजना निर्माण गर्ने र व्यवस्थित शहरको रुपमा विकास
गर्ने नीति अवलम्बन गरिनेछ ।

६) कुश्मा नगरपालिकामा सवारी साधनहरुको चाप बढदो क्रममा रहेको एवं पार्किङका अव्यवस्थित समस्याले विभिन्न दुर्घटनाहरु हने क्रम बढेकाले बसपार्क निर्माणका कार्यलाई सुरुवात गरिनेछ ।

अन्य नीतिहरु ः–

१) व्यवस्थित शहरीकरणको निम्ति नेपाल सरकार शहरी विकास मन्त्रालय, नगर
विकास कोष एवं अन्य संघ संस्थाको समन्वयमा ल्यान्ड पलानिङ को कार्यक्रम
सञ्चालन गरिनेछ ।

२) विकास निर्माणको कार्यमा अनुगमन तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाइनेछ ।

३) नेपाल सरकार, जिल्ला विकास समिति, शहरी विकास मन्त्रालय, सडक तथा अन्य गैरसरकारी संस्था र नगरपालिकाको योजना डुप्लिकेशन नहने योजना तर्जुमा तथा कार्यान्वयनको नीति अवलम्बन गरिनेछ ।

४) विकासको नाममा खेतीयोग्य जमिन चक्ला बन्दी गर्ने कार्य तीब्र रुपमा अगाडी
बढिरहेकोमा यसलाई व्यवस्थित गर्ने नीति अवलम्बन गरिनेछ ।

५) विकास निर्माण लगायत अन्य कार्यमा सामाजिक परिचालनलाई महत्वपूण औजारका रुपमा प्रयोग गरिनेछ ।

६) बातावरण संरक्षण, भूसंरक्षणका नीति वन कार्यालय तथा अन्य संघ संस्थाको
सहयोग र समन्वयमा बृक्षारोपण कार्य तथा जलवायू अनुकुलका कार्यक्रमहरु
सञ्चालन गरिनेछ ।

७) बाल मृत्युदर न्यून गर्न तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसविकाहरुलाई प्रोत्साहन गर्ने नीति लाई निरन्तरता दिइनेछ ।

८) गैरसरकारी संस्थाका कार्यहरुलाई अनुगमन तथा नियमन एवं एक आपसमा
समन्वय गराउने नीति अवलम्बन गरिनेछ ।

९) सेवा प्रबाहमा जवाफदेवी एवं प्रभावकारिता ल्याउने कार्य सम्पादन मूल्याङ्कनका आधारहरुमा दण्ड, पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गरिनेछ ।

१०) नगरपालिकाका जेष्ठ नागरिकहरुको मनोबल उच्च राख्न जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ तथा नगरक्षेत्र भित्र जेष्ठ नागरिक हरचाह केन्द्र, वाल अनाथालय साथ सुरक्षित महिला आवास गृह निर्माणका लागि संभाव्यता अध्ययन गरिनेछ ।

११) फरक क्षमता भएकाहरुलाई प्रोत्साहन गर्न योजना तर्जुमामा उनीहरुको
सहभागितालाई अनिवार्य गरी सीप विकास एवं आय आर्जनका कार्यक्रमहरु लागू गरिनेछ ।

१२) महिला हिंसा न्यूनीकरण समिति तथा जिल्ला प्रहरी कार्यालय संग समन्वय गरी
विभिन्न कार्यक्रमहरु अगाडी बढाइनेछ ।

१३) जनजाति, अल्पसंख्यक, मुस्लिम, बोट कुमाल र दलितहरुलाई लक्षित गरी
सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१४) बाल क्लबहरुलाई सशक्तिकरण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ साथ अतिरिक्त क्रियाकलापहरु नगरस्तरीय रुपमा सञ्चालन गरिनेछ ।

१५) विपद व्यवस्थापनलाई लक्षित गर्दै प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा गर्न
वजेट विनियोजन तथा अन्य गैरसरकारी निकायसंग समन्वय गरी कार्य गरिनेछ ।

१६) टोल सुधार समितिलाई सशक्तिकरण गर्ने विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१७) कृषि तथा पश कार्यालय र गैर सरकारी संस्थाको व्यवसायिक कृषि तथा पशुपालन कार्यक्रमलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१८) विकास निर्माण तथा अन्य र्साजनिक महत्वको विषयमा सब सरोकारवालाहरु संग गरिने सहकार्य तथा समन्वय सहभागितालाई अझ प्राथकिमता दिने नीति अवलम्बन गरिनेछ ।

१९) नगरपालिकाको आन्तरिक आय बढाउन करको क्षेत्रहरु पहिचान गरी करको दर
बढाउने भन्दा करको दायरा बढाउन करदाता शिक्षा कार्यक्रमहरु सञ्चालन गरिनेछ

२०) नगरपालिकाको आन्तरिक प्रशासन एवं व्यस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउने विभिन्न विनियमावलीहरु निर्माण गरिनेछ ।

२१) कुश्मा रिङ्गरोड, चुवा रिङ्गरोड र साइकलचोक पुर्व पश्चिम मागलाइ पिच गरिनेछ तथा खरेहा रिङ्गरोडलाई स्तरोन्नती गरिनेछ ।

२२) आगामी आर्थिक वर्षमा चुवाको डिल देखि गुप्तेश्वर क्याम्पस सम्मको राजमार्ग
दायाँ वायाँ वन कार्यालय, सडक कार्यालय संग समन्वय गरी वृक्षरोपण गर्ने र सो
ठाउँमा सोलार जडान गरी दिउँसो ग्रिन सिटि र रातीमा नाइट सिटि का
रुपमा विकास गरिने छ ।

२३) नगर शिक्षा समितिको पहलमा नगर शिक्षा योजना निर्माण गरिने छ ।

२४) एकिकृत सम्पत्ति कर प्रणाली लागु भै सकेकोले सो लाई समयानुकुल समायोजन एवं परिमार्जन गर्दै लैजान यस आ.व. भित्र सम्पति कर विज्ञ व्यक्तिहरु सम्मिलित एक कार्यदल गठन गरी सो कार्यदलल दिएको प्रतिवेदनका आधारमा कर प्रणालीलाई बैज्ञानिक र समयानुकुल बनाउँदै यसलाई नगरपालिकाको मुख्य कराधारको रुपमा विकास गरिनेछ ।

२५) जिल्लामा क्रियाशिल सबै पत्रकारहरुसँग नियमित अन्तरक्रिया गरी नगरपालिकाबाट प्रवाह गरिने सेवा सुविधाहरु एवं नगरमा संचालित विकास निर्माणको अवस्थाबारे नगरबासीलाई सु–सुचित गर्ने पद्धतिलाई अवलम्वन गरी स्थानीय संचार माध्यमको
संरक्षण र सम्वद्र्धनका लागि आवश्यक सहयोग गर्ने नीति लिइनेछ ।

२६) कुश्मा नगरपलिकाले गरेका राम्रा कामहरुलाई संचार माध्यममा प्रभावकारी ढंगल प्रकाशन÷प्रसारण गर्ने संस्था एवं पत्रकारलाई प्रोत्साहन गरिने छ ।

आदरणीय उपस्थित महानुभावहरु,

अव म आगामी आ.व. को प्रस्तावित बजेट तथा कार्यक्रम पेश गन चाहन्छु । आगामी आ.व. २०७४÷०७५ को लागि चालु तर्फ केन्द्रीय चालु अनुदान रु. ५० लाख ६० हजार, आन्तरिक चालु बजेट रु. १ करोड १५ लाख ६२ हजार ५ सय तथा सामाजिक
सुरक्षातर्फ रु ५ करोड ७३ लाख गरी जम्मा रु. ७ करोड ३९ लाख २२ हजार पाँच सय
रुपैंया बजेट विनियोजन गरेको छु । पूँजीगत बजेट तर्फ पूँजीगत निसर्त केन्द्रीय अनुदान
रु. २ करोड ९४ लाख ९२ हजार, नगर क्षेत्र पुर्वाधार विकास कार्यक्रम तर्र्फ रु. १ करोड
५६ लाख ९० हजार, ठुला पुर्वाधार तर्फ रु. १ करोड, आन्तरिक पूँजीगततर्फ रु. १ करोड ३४ लाख ३७ हजार ५ सय, सडक बोर्ड नेपाल तर्फ रु १५ लाख, जगेडाकोष भौतिक निर्माणतर्फ रु. २ करोड गरी जम्मा पूँजीगत बजेट रु ९ करोड १ लाख १९ हजार ५ सय रुपैंया गरी जम्मा रु १६ करोड ४० लाख ४२ हजार ५ सय रुपैंया बराबरका कुल बजेट प्रस्ताव गरेको छु ।

प्रस्तुत बजेट मध्य समपुरषक कोषका लागि रु.७६ लाख सात हजार, विभिन्न कोष तथा विशेष कोषहरुतर्फ रु.११ लाख, लक्षित वर्गतर्फ रु. ७६ लाख ४४ हजार, आर्थिक÷सामाजिक÷भौतिक पूर्वाधार विकासतर्फ रु. १ करोड ४१ लाख ९६ हजार, ठुला पुर्वाधार तर्फ १ करोड र नगर क्षेत्र पुर्वाधार तर्फ रु. १ करोड ५६ लाख ९० हजार बजेट विनियोजन गरेको छु ।

जगेडा कोषतर्फ नगरपालिका भवन निर्माणको लागि रु १ करोड र वान्द्रेविणी
बसपार्क निर्माणको लागि रु १ करोड बजेट प्रस्ताव गरेको छु । आन्तरिक श्रोत तर्फ रु.
२ करोड ५० लाख मध्ये चालु तर्फ रु. १ करोड १५ लाख ६२ हजार ५ सय र पूँजीगत तर्फ रु. १ करोड ३४ लाख ३७ हजार ५ सय रुपैंया बजेट प्रस्ताव गरिएको छ ।

आदरणीय उपस्थित महानुभावरु,

उपरोक्त नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनका लागि यस समारोहमा उपस्थित सम्पुर्ण अतिथिज्यूहरु एवं सम्पूर्ण नगरबासीहरुबाट सल्लाह र सुझावको अपेक्षा गरेको छु । प्रस्तुत बजेट तर्जुमा गर्न क्रममा सहयोग पु¥याउनुहुने राजनीतिक दलका नेताज्यूहरु, वुद्धिजीवि, समाजसेवी, राजश्व परामश समितिका सदस्यज्यूहरु, एकीकृत

योजना तर्जुमा समितिका सदस्यज्यूहरु, नगरस्तरीय समन्वय समितिका पदाधिकारीज्यूहरु, वडा नागरिक मञ्चहरु एवं सम्बद्ध सवैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु । साथ यस कार्यमा अहोरात्र खटने कुश्मा नगरपालिकाका कर्मचारीहरु, वडा सचिवहरु र सामाजिक परिचालकहरु समेत धन्यवादका पात्र हनुहुन्छ ।

अन्त्यमा, हाम्रा निमन्त्रणालाई स्वीकार गरी आफनो कार्यव्यस्तताका बावजुद उपस्थित भई नगरपरिषदको गरिमा बढाइ दिनु हुने अतिथिज्यूहरुमा विशेष आभार प्रकट गर्दछु । विकासको एक्लो कर्ता सरकार मात्र होइन भन्न धारणा विकसित भइसकेको वर्तमान
सन्दर्भमा कुश्मा नगरपालिकाले सध विकासका साझेदारहरुलाई स्वागत गर्दै साझेदारी,
समन्वय र सहकार्यको माध्यमबाट कुश्मा नगरको समृद्धि निम्त्याउन प्रतिवद्ध रहेका
व्यहोरा समेत यस शुभ अवसरमा निवेदन गर्दछु । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटका कार्यान्वयनका लागि यहाँहरु सवैको सहयोग र प्रेरणा मिल्नेछ भन्न विश्वास व्यक्त गद पुनः प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने क्रममा प्रत्यक्ष तथा परोक्ष रुपमा
सहयोग पु¥याउनुहने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।
धन्यवाद ।

कुमान सिंह गुरुङ

प्रमुख एवं कार्यकारी अधिकृत कुश्मा नगरपालिका

You might also like More from author

Leave A Reply