कुश्माको बालमन्दिरका विद्यार्थीलाई पुर्व विद्यार्थीको सहयोग

कुशुम समाचार/माघ १० पर्वत, सदरमुकाम कुश्माबजारमा सञ्चालित बाल मन्दिर प्राथमिक विद्यालयका पुर्व विद्यार्थी सरोजकृष्ण पुरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि टाई बेल्ट खरिदका लागि नगद सहयोग गरेका छन् ।

आफुले अक्षर चिनेको विद्यालयमा सहयोग पु¥याउने उद्देश्यले पुरीले बालमन्दिरमा अध्ययनरत १ सय ५० जना छात्रछात्राका लागि १६ हजार रुपैया उपलब्ध गराएका छन् । कार्यक्रममा श्रोत व्यक्ति प्रेम शर्मा सुवेदीले पुरीको कार्यलाई प्रशंसा गर्दै पुरीले जस्तै सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार विद्यार्थीहरुका लागि सवैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

सहयोग हस्तान्तरण गर्दै पुरीले आफुले अक्षर प्रारम्भ गरेको विद्यालयलाई सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको बताउँदै आगमी दिनहरुमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सोमप्रसाद आचार्यले स्वागत गरेका थिए भने सञ्चालन शिक्षक प्रेम प्रसाद शर्मा र प्रधानध्यापक लोकबहादुर रानाले धन्यवाद ज्ञापन गरेका थिए ।

You might also like More from author

Leave A Reply