एमाले प्रदेश कमिटिको वैठक आज चित्रेमा, दर्जन बढि केन्द्रिय नेताहरु पर्वत आउँदै

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

कुशुम समाचार/ १६ माघ पर्वत । नेकपा एमालेको प्रदेश नं ४ को सचिवालय वैठक पर्वतको पर्यटकीय गाउँ चित्रेमा हुँदैछ । नेकपा एमाले पर्वत जिल्ला कमिटिको ब्यवस्थापनमा उक्त वैठक आयोजना हुन लागेको हो ।
प्रदेश कमिटिमा रहेका १३ सदस्यीय एमालेको केन्द्रिय टोली उक्त वैठकमा भाग लिन पर्वतको चित्रे आउने भएका हुन । वैठकले पार्टीले सञ्चालन गरेको ४ महिने जनपरिचालन अयिभानको आवद्यिक समिक्षा र थप कार्य योजना निर्माण, एमालेले सञ्चालन गर्ने मेचि महाकाली अभियान अन्तर्गत नवरपरासीको कावासोतीमा हुने आमसभाको तयारी र स्थानीय तहको निर्वाचनका सन्दर्भमा वैठक केन्द्रित रहने एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज गणेश तिमिल्सीनाले जानकारी दिए । तिमिल्सीनाका अनुसार वैठकले प्रदेशको विकास निर्माणको खाकाका समेत छलफल गर्नेछ । यसैगरी एमालेको प्रदेशका विभाग र निकायहरुलाई समेत पूर्णता दिने समेत तिमिल्सीनाले बताए ।
एमालेको प्रदेश सचिवालयमा पोलिटब्युरो सदस्य किरण गुरुङ, संयोजक पोलिब्युरो सदस्य गणेश तिमिल्सीना सह संयोजक र वैकल्पिक पोलिटब्युरो सदस्य जगत विश्वकर्मा सचिव रहेका छन ।
यसैगरी प्रदेश कमिटिका सचिवालय सदस्यमा केन्द्रिय सदस्य मायानाथ अधिकारी, केन्द्रिय सदस्य पदमा अर्याल, वैकल्पिक केन्द्रिय सदस्यहरु तिलक महत, भुपेन्द्र थापा, मानबहादुर जिसी, गोबिन्द नेपाली, मना केसी, प्रतापलाल श्रेष्ठ र सिता सुन्दास रहेका छन । वैठकको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरुङ समेत आउने सह संयोजक तिमिल्सीनाले जानकारी दिए ।
वैठकलाई ब्यवस्थित बनाउन आर्थिक ब्यवस्थापन तथा मूल संयोजनको जिम्मेवारी एमाले जिल्ला अध्यक्ष पदम गिरी, स्थानीय स्तरको ब्यवस्थापन र स्वागतका लागि उपाध्यक्ष भक्त कुवंरलाई जिम्मेवारी प्रदान गरिएको छ । वैठकसंगै चित्रेमा एमालेको क्षेत्रीय स्तरको आमसभाको समेत तयारी भईरहेको एमाले पर्वतका अध्यक्ष पदम गिरीले जानकारी दिए ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.