लेभान्डोस्कीले गरे नयाँ सम्झौता, ५ वर्ष बार्यनमै रहने

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

२९ मंसिर, काठमाडौं । बार्यन म्युनिखका स्ट्राइकर रोवर्ट लेभान्डोस्कीले क्लबसँग नयाँ सम्झौता गरेको छ । र, अब उनी २०२१ सम्म बुन्डेजलिगा जाइन्टमा रहनेछन् ।

पोल्याण्डका २८ वषर्ीय लेभान्डोस्की २०१४ मा बोरुसिया डर्टमुन्डबाट बार्यन म्युनिख गएका थिए । उनले क्लबका लागि १२२ खेलमा ८६ गोल गरेका छन्, जसमा यो सिजनको १९ गोल पनि छ ।

वार्ता सफल भएकोमा म निकै खुसी छु । यसको अर्थ म बार्यनमा अझै केही वर्ष रहनेछु, उनले भनेका छन् ।

बार्यन म्युनिख अहिले बुन्डेजलिगाको शीर्ष स्थानमा छ र, लगातार पाँचौ उपाधि जित्ने दाउमा छ । साथै क्लब च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ र आर्सनल प्रतिद्वन्द्वी पाएको छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.